वैदेशिक रोजगार दासत्वको विउ हो, वैदेशिक व्यापार राष्ट्रको खजाना हो

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

खास गरेर २०३७ सालपछि ०४२÷४३ तर्फ निकासीमूलक गार्मेन्ट उद्योग, गलैचा उद्योगहरु काठमाडौंमा धमाधम खोलिएका थिए । नेपाली कपासबाट बनाएको धागो र त्यसबाट बुनिएका कपडाको अथाह माग थियो विदेशमा । त्यसबेलाको सरकारले वैदेशिक रोजगारी भन्दा व्यापार उद्योगमा प्राथमिकता दिएको थियो । अमेरिका लगायतका विभिन्न
राष्ट्रहरु सित व्यापार सम्झौता भएको थियो । विश्वबजारमा नेपालमा उत्पादन भएको बस्तु त्यस देशको तुलनामा दोब्वर तेब्बर सस्तो हुने गर्दथ्यो । नेपालको कपडा उत्पादनले नपुगी भारतीय कम्पनीहरुबाट कपडा खरिद गरी तयारी पोशाकहरुको निर्माण गरी तेस्रो मुलुक पठाईने
गरिन्थ्यो त्यसबाट विदेशी मुद्राहरुको आम्दानीमा बढोत्तरी भई घाटामा कमी आएको थियो । वैदेशिक रोजगारमा जनता खासगरी युवायुवती ठगिने र विदेशमा दासत्वको जीवन विताउनु पर्ने तर स्वदेशी उत्पादनबाट राष्ट्र समृद्ध हुने मात्र होईन मान सम्मान इज्जत र राष्ट्रको गौरब
ठहरिने गर्दथ्यो । युवाहरु उद्योग व्यापारतर्फ उन्मुख भएता पनि
राजनीतिमा व्यवस्था फेरवदलको चहाना राख्नेहरुबाट विदेशी शक्तिद्वारा नेपालको सरकारलाई दावपेच लगाउने काममा नेताहरुले सहयोग गर्न
थाले । जव आत्म निर्भरका प्रयास त्यसबेला गरिन थाल्यो, विदेशी षडयन्त्र नेपाली प्रजातन्त्रबादी हौ भन्ने नेताहरुद्वारा बेईमानीका खेल खेलिए । वैदेशिक व्यापार फस्टाउने समय सिमा नजिक पुग्दा २०४५ चैत्र १० गतेदेखि नेपालमाथि व्यापार तथा पारबहन नाका बन्दीको सिलान्यास
गर्यो । नेपालको वैदेशिक निकासी पैठारी व्यापार ध्वस्त पारियो । भारतबाट तथा विदेशबाट समेत भारतको बाटो भई हुने व्यापारमा प्रतिबन्द लाग्यो अन्तमा अन्तराष्ट्रिय न्यायिक जगतलाई गुहार्दा १÷२ नाकाहरु खोलिए तापनि काम गर्न कठीन हुन थाल्यो । मानौ भारतको हल्द्वानीको कागज कारखानाबाट महेन्द्रनगरमा कागज ल्याउने हो भने पनि जोगवनी नाका मात्र प्रयोग गर्न दियो जोगवनीको बाटो भई महेन्द्रनगर ल्याउदा २० गुणा महंगो पर्न थाल्यो । नेपालगञ्ज पश्चिम कच्चि सडक थियो खोलानाला पुल थिएनन् यस्तै हुदा १२ महिना सम्मको नाकाबन्दीपछि
राजाले सत्ता वर्तमानका बहुदलवादी नेताहरुको जिम्मा नै दिनु पुर्यो । नाकाहरु त खुले तर नेपालका युवायुवतीहरुले रोजगारी पाईरहेका कागज उद्योग, कपडा, धागो कारखाना, छाला जुत्ता, चिनी, सिमेन्ट मिलहरु कौडीको भाउमा निजी क्षेत्रबाट सञ्चालन गर्ने भनि विदेशी नागरिकहरु सित बेचीदियो । धेरै उद्योगहरु त कहिले पनि चलेनन् बन्दका बन्द नै रहे । २०४७ पछिको सरकारले केवल विदेशी कम्पनी उद्योगहरुबाट कमिसन लिई तयारी सामान दोब्बर भन्दा पनि बढी मुल्यमा नेपालीहरुलाई विक्रि गर्न थाले । प्रमाणको लागी भारत निर्मित साईकल, मोटरसाईकल तथा अन्य सवारी साधन छन् । २०४७ पछि देशले व्यापारघाटामा
बढोत्तरी गरेको देखिन्छ । नेपालको उत्पादनसम्म पनि निकासी गर्न सकेको छैन । जस्तो कि अदुवा र अन्य खाद्य बस्तु ।
नेपालमा धान चामल निर्यात कम्पनी थियो कृषकलाई अनुदान दिई अत्याधुनिक धान फलाई कम्पनीले धान खरीद गरी नेपालमा नै
राईसमीलहरुमा धान कुटाई चामल निर्यात गर्दा चौतर्फ किसान जनता मुनाफामा थिए धेरैले रोजगारी पनि पाएकाले वैदेशिक रोजगार न्यून
थियो । बरु विदेशीलाई अनुमति पत्र लागु गर्ने कार्यक्रम सरकारको रहेको थियो । वर्तमानको अवस्थामा पनि यदि नेपालीहरुलाई रोजगारी दिने र घरेलु उत्पादन पनि बढाउने हो भने तराई तिर अन्न उत्पादन, पहाडी जिल्लाहरुतिर फलफूल, बमौसमी तरकारी, कृषिजनय उद्योगहरु खोली सामाजिक सुरक्षा भत्ताको कोष जस्तै एउटा औद्योगिक कोष खडा गरी उद्यमीहरुलाई पुरस्कृत गर्ने र कृषि कार्य गर्ने कृषकहरुलाइृ आवश्यक पर्ने कृषि औजारहरु किटानीसाथ निशुल्क उपलब्ध गराई पहाडतिर दुई तीन किसिमका सुख्खा मेवा लगायत उत्पादन तर्फ उन्मुख गराई उत्पादनपछि बजारको ग्यारेन्टी सरकारी स्तरबाट भएमा ठूलो मात्रामा कृषिजन्य उपजहरु हामी स्वदेश तथा विदेशमा विक्रि गरी आज आर्जन गरी बैदेखिक रोजगारमा कमी ल्याउन सकिने छ । पहाडका जुनसुकै ठाउमा पनि अनावश्य बुटिनहरु काटी त्यस ठाउमा ओखर, सुन्तला, मौसमी तथा माटो परिक्षणबाट जुन किसिमको उत्पादन हुने हो त्यसको कृषि वैज्ञानिकहरुलाई अध्ययन गराई सच्चा दिलबाट सरकारले कार्ययोजनाको सुरुवात गरेमा देशको उन्नति यथाशक्य चाडो हुने देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *