गर्मीले मुहान सुक्दै जादा अछामका उच्च भेगमा खानेपानीको समस्या

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
अछाम, १७ चैत्र
गर्मीले मुहान सुक्दै जाँदा अछामका उच्च भेगमा खानेपानीको समस्या देखिन थालेको छ । गर्मीयाम लागेसँगै गर्मी बढेपछि खानेपानीको समस्या हुन थालेको
छ । अछामका प्रमुख व्यापारी केन्द्र साँफेवगर, जयगढ बजारलगायत सदरमुकाम मंगलसेन, विनायक, कमलबजारमा खानेपानीको समस्या हुन थालेको हो ।
ग्रमीयाममा मुहानहरु सुक्दै गएकाले खानेपानीको समस्या भएको कमल बजारका स्थानीय रमेश भाटले बताएका
छन् । उता खानेपानिको समस्या हुँदा खोलाको पानी खान बाध्य भएको साँफेवगर
नगरपालिकाका गोकुल भाटले गुनासो गरेका छन् । पानीको समस्या हँुदा होटल व्यावसायी २० लिटर पानिको २० रुपैयाँ तिर्न वाध्य
रहेको मंगलसेन नगरपालिका–६ की
नामसरा भण्डारीले बताइन् । ‘सदरमुकाममा नै खानेपानीको समस्या छ ।’ उनले भनिन्, ‘जिल्लाका पिछडिका क्षेत्रको अवस्था कस्तो होला ? यसमा समन्धित निकायको ध्यान जान जरुरी रहेको छ ।’ पानी ल्याउनका लागि एक घण्टा लाग्ने गरेको र त्यसमा पनि पालो कुर्नु पर्ने र कहिले काही त पानी नपाउदा रित्तै फर्कनु पर्ने अवस्था पनि आउने गरेको स्थानीय बताउँछन् ।
खानेपानी मुहान सुकेका कारण पँधेरामा अहिले नै घण्टौंको लाइन बस्नुपर्ने अवस्था रहेको र खानेपानीको मुहान नै सुकेपछि स्थानीयहरू १ घण्टाको बाटो हिँडेर खानेपानी ल्याउन बाध्य छन् । अछाममामा रहेका कुवामा पानी भर्न उपभोक्ताको बिहानै ठूलो घुइँचो लाग्ने गरेको छ । खानेपानीको आपूर्ति नहुँदा टाढाटाढा सम्म पानी लिन जानु पर्ने बाध्यता यहाँका स्थानीयको रहेको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *