छलफलका विषय केही नभएपछि प्रदेश ७ प्रदेशसभा स्थगित

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
धनगढी, १७ चैत्र
छलफलका विषय केही नभएपछि प्रदेश ७ को तोकिएको २ पटकको प्रदेशसभा बैठक स्थगन भएका छ । बैठकमा छलफलका लागि प्रस्ताव गरिने विधेयक समयमै प्रदेश सचिवालयमा दर्ता हुन नसकिरहेको कारण बैठक स्थगन गर्नुपरेको प्रदेशसभा सचिवालयका सचिव बालाराम शर्माले
बताए ।
‘आर्थिक मामिला मन्त्रालयबाट विधेयक आउँछ भन्ने सूचनाका आधारमा बैठक बस्ने मिति तोक्ने गरिएको हो’, शर्माले भने, ‘तर सम्बन्धित मन्त्रालय÷निकायबाट प्रदेश सचिवालयमा विधेयक दर्ता गर्न
भइरहेको ढिलाइले मिति स्थगन गर्नुपरेको छ ।’ समयमै विधेयक दर्ता हुन नसक्दा प्रदेशसभाको यही चैत १५ गतेका लागि तोकिएको बैठक स्थगन गर्नुपरेको
थियो । स्थगित बैठक बस्ने भनिएकोमा
पुनः स्थगन हुने जनाइएको छ । आगामी बैठक चैत २० गतेका लागि तोकिएको सचिव शर्माले जानकारी दिए ।
बिहीबार साँझ मात्र प्रदेशसभा आर्थिक कार्यविधि ऐन सचिवालयमा दर्ता गरिएको छ । प्रदेशसभा नियमावलीका अनुसार सरकारी विधेयक दर्ता भएको पाँच दिनपछि र गैरसरकारी विधेयक दर्ता भएको सत दिनपछि मात्र प्रदेशसभाको बैठकमा छलफलका लागि लैजानुपर्ने हुन्छ ।
प्रदेशसभा बैठकले अहिलेसम्म प्रदेशसभा नियमावली २०७४ लाई मात्र
पारित गर्न सकेको छ । चाहिने नियम कानून समयमै नबनेका कारण प्रदेश सरकार सञ्चालनमा कठिनाइ भएको बताइएको छ । नेपालको संविधानको अनुसूचीले
तोकेका विषयमा कानून बनाउने अधिकार प्रदेशसभालाई छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *