कहिले टुङ्गिएला नेपाल–भारत सिमा विवाद

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, १७ चैत्र
२०२७÷२८ सालतर्फ भारतीय सिमा सुरक्षा बलको नेपाली सिमानामा
रहेका पिल्लर तथा सिमानाको बारेमा त्यति चासो थिएन, ०३४÷३५ सालतिर नेपाल तर्फको भूभागमा नयाँ बस्ती बस्दा कुनै कुनै बदनियतवाला नेपालीहरुलाई भारतीय कृषकहरुलाई नेपालतर्फ बोलाई सरकारी जग्गा अधियामा खेती गर्न लगाई आधा खेती पाएकै लोभमा भारतीय नागरिकलाई लामो अवधिसम्म खेती गर्न दिएको सरकारी पक्षबाट रेखदेख गर्न सिमासम्म पुग्नलाई बाटाको अभाव, वर्षातको समयमा जान नसकिने, बेलौरी, बैबाहतर्फका पिल्लरको निरिक्षण गर्न जानुपर्दा भारतकै बाटो भएर जानुपर्ने भएकोले हाम्रा सिमानाहरु सुरक्षित राख्न सकिएका थिएनन् । यस्तो समस्या आउला भनेर महाकाली अञ्चाधिश टेक बहादुर राईमाझीले हुन त २०२८ सालदेखि नै बेलौरी एरियामा भूपु सैनिकहरुलाई ३÷३ विगाहा जग्गा कमाउने गरी सिमाको सुरक्षा समेत गर्न भनेर थोरै पुर्व सैनिकहरुलाई बारबोर बन्दुकको इजाजत समेत दिएर बस्न लगाएका थिए । त्यहाँ पिल्लर नं. ३८ रहेको क्षेत्र केही सुरक्षित रहेको देखिन्थ्यो, र २०३५÷३६ सालतर्फ अधियामा खेती गर्ने भारतीय नागरिकले कुनै कुनै ठाउँमा पिल्लर सारी अधिया बनाएको क्षेत्र आफ्नै हो भन्ने गरेका थिए । त्यतिबेला कञ्चनपुर जिल्लामा ३४÷३५ सालसम्म सिमा शाखा भन्ने एक शाखाको रुपमा जिल्ला प्रशासन कार्यालयमा नै थियो जसका इन्चार्ज १ जना खरदार मात्र थिए ।
यस्तै यस्तै मौका छोपी ब्रहमदेवको पुलको पुर्व दक्षिणतर्फको भूभागमा रहेका सिमा पिल्लर भन्दा आधा किलोमिटर पुर्वतर्फ बबुलको बृक्षारोपण इन्डियनहरुले गरेका थिए । त्यो घटना २०४७÷४८ कै भएपनि १ जना पत्रकार गोपाल गुरागाईले स्थलगत अध्ययन गरी जनमञ्च पत्रिकामा प्रकाशित गरेका थिए । त्यसको लगत्तै टनकपुर सन्धी हुँदा ती मुद्दा समेत सिमा स्तम्भ सितै हराएका हुन् । २०४१÷०४२ साल तिर नेपाल भारतको सिमा टोली आई
बेलौरी कलकत्तामा एक महिनासम्म क्याम्प राखी नदीले बगाएका तथा हराएका स्तम्भहरु खोजतलास गरेका थिए ।
सिमा पत्ता लगाउने निसानी थिए खैयरको रुखदेखि २ सय मिटर दक्षिणसम्म यति नम्बरको पिल्लर भन्ने उल्लेख गरेकोमा खोज्दा खैरको रुख समेत महाकाली नदीले बगाई सकेको हुँदा सहि पिल्लरहरु पाउन सकेका थिएनन् । सुरु देखि नै अलमल धन्दाले गर्दा नेपाल भारतका सिमाना विवाद आजसम्म सुल्झिएको देखिदैन् । (नेपाल–भारत) दुई देशको सीमाना छुट्¥याउने कञ्चनपुरका ‘सीमा स्तम्भ’को अवस्था जीर्ण बन्दै गएको छ । समयमै उचित मर्मत सम्भार हुन नसक्दा सीमा स्तम्भ अर्थात पिल्लरको अवस्था नाजुक बन्दै गएको हो । कञ्चनपुरको पूर्वी दक्षिण डोकेबजार देखि उत्तर पश्चिम ब्रम्हदेबसम्मका सीमा पिलर भत्किने, ढल्ने अवस्थामा पुगेका छन् ।, भने कतै हराएका छन्, भने कतै निर्माण भएका छैनन् । डोकेबजार देखि ब्रम्हदेबसम्म १ सय २९.५ किलोमिटर दुरीमा रहेका सीमा पिलर बाहिर र भित्र देखि कमजोर अवस्थामा पुगेका छन् । पिलरको आयु र बाहिरी रुपमा हावापानीका कारण समेत जमिन संगै सर्पोटका लागि राखिएका ईटा पिलरबाट अलगिदा पिलरको अवस्था नाजुक
बनिरहेको हो । बनबासा–गड्डाचौकीको एच–०१ सहित ७८ पिल्लर बाहेकको अवस्था सुकेर ढल्लै लागेको रुखको अवस्था जस्तै भएका छन् । केही पिलरको माथिबाटै इटा खुसेका छन्, भने विच विचको भाग र केहीको जमिनको सतहै बाट खसेका छन् । कञ्चनपुरको पुर्नवास नगरपालिका–११ डोकेबजारमा रहेको ७५३ नम्बरको पिलर सहित ९ पिलर मर्मत गर्नुपर्ने देखिएको
छ ।
महाकाली नदिले मुख्य १ पिलर ढलाएको र १ पिलर बनाएको छ । चार वर्ष अघि दार्चुलामा गएको वाढिबाट ढलेको भीमदत्त नगरपालिका ९ ब्रम्हदेव खल्लामछेट्टीको ८१३ नम्बरको पिल्लर ढलेकै छ, भने महाकाली नदीले बगाएको ८११ नम्बर पिलर अहिलेसम्म फेला परेको
छैन् । शसस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार कुल ३ सय ९० सीमा पिलर मध्ये कुल ७८ पिलर साबुत अर्थात ठिकै अवस्थामा छन् । २५ मुख्य, ४७ सहायक र ६ सानो पिलर गरि कुल ७८ पिलर मात्रै साबुत अवस्थामा छन् । भने २ सय २२ पिलर निर्माण हुनै बाँकी छन् । मुख्य १६, सहायक ११७, साना पिल्लर ८९ गरि २ सय २ पिलर निर्माण भएका छैनन् । जसमध्ये ३८ पानीमा
हराएका र १८४ निर्माण नै भएनन् । ९ पुर्ननिर्माण र ४५ पिलर मर्मत गर्नुपर्ने देखिएको छ । मुख्य ४, सहायक ५ पुर्न निर्माण गर्नुपर्ने र मुख्य १२, सहायक ३२ र १ सानो गरी कुल ४५ पिलर मर्मत गर्नुपर्ने देखिएको छ । अहिलेसम्म ३४ पिलर फेला परेका छैनन् । मुख्य ५, सहायक २१ र साना ८ गरि ३४ पिलर अहिलेसम्म फेला
परेका छैनन् । कञ्चनपुरमा ६४ मुख्य, २ सय २२ सहायक, साना १ सय ४ पिलर रहेका छन् ।
स्थानीयले सरकारको वेवास्ताका कारण सीमा पिलर हराएका, गायब भएका र मर्मत हुन नसकेको गुनासो गरेका छन् । सीमा क्षेत्रमा बसोबास गर्ने कञ्चनपुरका स्थानीय करन भण्डारीले सम्बन्धीत निकायको वेवास्ताका कारण दुई देशको सीमा
छुट्टाउने स्तम्भको अवस्था नाजुक बनेको बताए ।
‘सीमाका स्तम्भ जोर भारत र बिजोर नेपालले पूर्ननिर्माण गर्नुपर्ने भएपनि सम्बन्धीत मुलुकले चासो दिएका छैनन् ।, ‘उनले भने, ‘कञ्चनपुरको उत्तरी पश्चिम क्षेत्रका पिल्लर महाकालीमा आएको वाढिका कारण ढलेका छन् ।’
कञ्चनपुरका सीमा स्तम्भको अवस्था बारे पटक पटक माथिल्लो निकायमा जानकारी गराएको शसस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय कञ्चनपुरका अधिकारीले बताएका छन् । शसस्त्र प्रहरी बल सीमा
सुरक्षा कार्यालय कञ्चनपुरका प्रमुख
कृष्णराज पाठकले सीमा स्तम्भको अवस्था बारे माथिल्लो निकायका साथै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा प्रतिवेदन पेश गरेको बताए । ‘शसस्त्र प्रहरी बल सीमा कार्यालय बाट स्तम्भ पूर्ननिर्माणका लागि माथिल्लो निकायमा प्रतिवेदन पेश गरिसकेको छौँ ।’, उनले भने,‘तर पनि हालसम्म पूर्ननिर्माणका काम हुन सकेको छैन् ।’ उनका अनुसार सीमा र पिलरको सुरक्षाका लागि शसस्त्र प्रहरी बलले साप्ताहिक, मासिक अध्ययनका साथै सीमा क्षेत्रमा नियमित गस्ती गरिएको छ । सीमा सुरक्षाका लागि संयुक्त गस्ती, अनुगमन, पिलरको अवस्थाको अवलोकन गर्ने, संयुक्त बैठक लगायतका काम गरिरहेको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *