स्वास्थ्य संस्थामा स्टेचर अभाव

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
बाजुरा, १७ चैत्र
बजुराको बडिमालिका नगरपालिको बुढिगंगा स्वास्थ्य चौकिमा स्टेचर अभावमा बिरामीलाई समस्या भएको छ ।
स्वास्थ्य चौकीमा स्टेचर अभावले टाढाका
बिरामीलाई बोकेर ल्याउन समस्या भएको स्वास्थ्य चौकिकि ईन्चार्ज ललिता रोकायाले वताईन् ।
स्वास्थ्य संस्था र कुनै पनि वडाका गाँउमा स्टेचर नहुँदा बिरामीलाई डोकोमा बोकेर उपचारका लागी लग्नु परेको स्थानियले वताएका छन् । सुत्केरी महिलालाई डोकोमा बोकेर स्वास्थ्य संस्था पुयाउन् अप्ठयारो हुने गरेको स्थानिय मन वडले वताए ।
अप्ठयारो र भिरको बाटो त्यसैमा बोक्ने साधन नभएकाले निकै समस्या हुनेगरेको महिला आमा समुहकी अध्यक्ष बिस्ना साँउदले वताईन । स्टेचरका लागि स्वास्थ्य चौकी र नगरपालिकामा पहल गर्दा पनि कतै बाट सहयोग नभएको उनको भनाई छ । यस्तै बाजुराको मात्र नभई ग्रामीण भेगका स्वास्थ्य चौकीमा यस्तो समस्या हुदै आएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *