प्रदेश ७ मा एक अर्ब बढी बजेट ल्याइदै : आर्थिक मन्त्री बोहरा

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, १७ चैत्र
प्रदेश नं. मा एक अर्बको बजे ल्याईने भएका छ । प्रदेश नं ७ का आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले कृषिलाई विशेष प्राथमिकतामा राखी रु एक अर्ब दुई करोड पाँच लाखको बजेट ल्याउन लागिएको बताए ।
वेदकोट नगरपालिकास्थित दैजी छेला औद्योगिक क्षेत्रको निरीक्षणका लागि शुक्रबार पुगेका मन्त्री बोहराले प्रदेशमा रु २५ करोडको तरकारी भारतबाट भित्रिने गरेको उल्लेख गर्दै भारतीय तरकारीलाई विस्थापन गर्न किसानमुखी बजेट ल्याउन लागिएको बताए ।
दैजी छेला औद्योगिक क्षेत्र निर्माणलाई प्राथमिकतामा राखी काम अगाडि बढाइने उहाँले
बताए ।
दैजी–जोगबुढा सडक, खानेपानी, स्वास्थ्य, शिक्षा, तटबन्ध निर्माणका लागि काम अगाडि बढाउन र अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न जग्गाको नापनक्शा बनाई जग्गाधनी पुर्जा दिने काम अगाडि बढाइदिन नगरपालिकाका प्रमख अशोककुमार चन्दले मन्त्री बोहरा समक्ष आग्रह गगरेका छन् ।
प्रदेश नं. ७ को समग्र विकासको लागि अग्रसर हुदै जाने बताएका छन् । ग्रामिण भेगका जनतालाई सुखमय जीवन बेतित गर्नको लागि शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात लगायतका कुरालाई उच्च प्राथमिकतामा रहेका छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *