सुप विश्वविद्यालयमा खेलकुद सप्ताह सफल पार्न समिति गठन

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार्
महेन्द्रनगर, १० चैत्र
सुदूरपश्चिमाञ्चल विश्वविद्यालय खेलकुद सप्ताह सफल पार्नको लागि समिति गठन गरिएको छ । खेलकुदलाई भब्य र सभ्य साथ सफल पार्नको लागि एघार मुल आयोजक समिति गठन गरिएको छ ।
भोलीबाट सञ्चालन हुने खेलकुद प्रतियोगितामा विद्यार्थीहरुको रुची अनुसार विभिन्न खेल प्रतियोगिताहरु खेलाईने आयोजकले जनाएको छ ।
विद्यार्थी कल्याण तथा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय खेलकुद शाखा प्रमुख शंकर दत्त भट्टको संयोजकत्वमा समिती गठन गरेको हो । विश्वविद्यालयले विद्यार्थीमा भएको शारीरिक तथा बौद्धिक तर्फ
गरि १२ विधामा विभागीय र खुला प्रतिस्पर्धामा खेलकुदहरु खेलाईनुका साथै विभागीय प्रतिस्पर्धा अन्तर्गत पुरुषतर्फ फुटबल र क्रिकेट एवम् पुरुष र महिला भलिबल, बास्केटबल, एथलेटिक्स (दौड, हाइजम्प, लम्जम्प, जेब्लिङ्ग थ्रो र सटफुट, ब्याडमिन्टन, टेबलटेनिस र हाजिरी जबाफ प्रतियोगिता हुने आयोजकले जानकारी दिएका छन् । उनका अनुसार खुला तर्फ चेस, लोकगित,गजल, मुक्तक, कविता, वादविवाद, वकृतित्वमा प्रतिस्पर्धा हुने छ । यसै
गरि १२ वटै खेलकुदका लागि संयोजक तोकिएका छन । जसमा टेकेन्द्र भट्ट, कमल लेखक, प्रदिप तिवारी फुटबलमा, क्रीकेटमा टिकाराम खरेल र देवकी महरा भलिबल, मनबहादुर शाह र देवकी साउँद एथलेटिक्स, शैलेस पालर प्रकाश साउँद ब्याडमिन्टन र टेबलटेनिस र हाजिरी जवाफ,चेस,लोकगीत, गजल, मक्तक, वादविवाद, वकृतित्त्व
इसपेज र विश्वविद्यालय एकसेल्यान्ट प्रतियोगिताको लागि संयोजक विनोद जोशी लाई जिम्मेवारी दिएका छन् भने स्वयंसेवक
परिचालनको जिम्मेवारी मानबहादुर शाह, खेलकुद सामाग्री व्यवस्थापन प्रदिप तिवारी र सूचना सम्प्रेषण तथा खेल प्रवक्ताको लागि विनोद जोशीलाई जिम्मेवारी दिएको आयोजकले बताए । खेलकुद प्रतियोगिता चैत्र १२ गतेदेखि सञ्चालन हुने छन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *