प्रदेश नं. ७ को कैलाली, कञ्चनपुरमा सबैभन्दा बढी क्षयरोगका विरामी

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार्
धनगढी, १० चैत्र
प्रदेश नम्बर ७ को कैलाली कञ्चनपुरमा सबैभन्दा बढी क्षयरोगका
विरामी रहेको एक तथ्यांकले देखाएको छ ।
क्षेत्रीय स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार यस प्रदेशको नौ वटा जिल्लामध्ये वर्षेनी कैलाली र कञ्चनपुरमा मात्र ६१ प्रतिशत भन्दा बढी क्षयरोगका
विरामी रहेको देखाएको छ ।
निर्देशनालय दिएको तथ्यांक अनुसार आर्थिक वर्ष २०७३÷७४ मा यस प्रदेशमा तीन हजार ७१ क्षयरोगीका विरामी रहेकोमा सबैभन्दा बढी कैलालीमा रहेको देखाएको छ ।
तथ्यांक अनुसार गत आर्थिक वर्षमा कैलालीमा एक हजार दुई सय एक र कञ्चनपुरमा आठ सय ७१ गरि दुई
हजार ७२ जना क्षयरोगीका विरामी रहेको देखाएको
छ ।
निर्देशनालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७३÷७४ मा डोटीमा एक सय ८५, अछाममा एक सय ८३, बैतडीमा एक सय ६३, बझाङमा
एक सय ३३, बाजुरामा एक सय सात, डडेल्धुरामा एक सय १६ र दार्चुलामा एक सय १२ जना क्षयरोगका विरामी रहेका
छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *