के नेपालको जीत भईरहेको छ ?

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

आज नेपाल विश्वसामु हार्दैछ वा जिती रहेको छ हामी केही भन्न सक्दैनौ किनभने हाम्रो स्वाधिनता र स्वतन्त्रतामा प्रश्न चिन्ह लागेको छ । हामी सित दुई थरीको पिडि छ यौटा पुरानो शासन पद्दतिमा रमाएको अर्को पिडि छ नयाँ नेपालको नारा भित्र गुडुल्कीएको । नेताहरुले जनतालाई आस्वस्थ पार्न खोजे २०४७ को संविधानले नेपालमा सबैले राज्यमा समानता पाउनेछौं र पाएका छौं । प्रजातान्त्रिक संविधान भन्दथे हो नेपालले २०४७ को संविधानद्वारा विजय प्राप्त गरेका थिए तर लडाई जुन थोक जित्नलाई गराएको थियो त्यो थोक जित्न सकिएन । भारत अचम्बमा
रह्यो । राजिव गान्धी र राजसंस्थाको विचको मस्कामस्कीले राजसंस्था अर्थात नेपालकै जीत भयो भन्ने मनस्थितिमा भारत पुग्यो । नेपालका महान भन्ने गरेका नेता गिरिजा प्रसाद कोईरालाको कमि कमजोरी आफै थियो वा
भारतको पञ्जामा फसेका थिए
त्यसबारे प्रष्ट नहुन सकिए पनि नेपालमा भारतले जे चाहेको थियो त्यो हुन नपाएकोले नेपाल भारतको कुटनीतिक मैत्री भाव देखाउनु पर्ने स्थितिको सुरुवात भयो । गिरिजा प्रसाद
कोईरालाद्वारा बामपन्थीहरुलाई चिडाउने काम गर्न लगाई नेपालका बामहरुलाई रुष्ट पार्यो ने.का. र
भारतको विरोधमा कम्मर कसेर लाग्नै पर्ने वातावरणको सुरुवात गरायो । यौटा अर्को अदृश्य शक्तिले राजसंस्था सित घाटी जोडिएका ने.का. र राजा बीच भित्रै भित्र ठूलो अविश्वासको खाडल पर्यो । जुन खाडल २०४६ मा पुर्ने भगिरथ प्रयास भएको थियो त्यो प्रयास सफल भई बहुमतको सरकार गिरिजा प्रसादले सांसद भंग गराई मध्यावधी निर्वाचनको घोषणा भयो । देखाउदा बहुमत ल्याउछौं २ तिहाई भनि आफ्नो पार्टीलाई भन्दै गरे तर वास्तविकता केवल नेपालमा स्थिरता होईन कि अस्थिरता ल्याउन गरिएको थियो । त्यसको पीडा भोगी सकेर पनि पुन शेर बहादुर देउवाको सरकारको पालामा पनि सांसद भंग गरी मध्यावधी निर्वाचनको घोषणा भयो तर निर्वाचन गर्न सकेन किन भने निर्वाचन गराउनमा कुनै पनि पार्टी नेताहरुको भित्रि मन थिएन भित्रि मन त केवल राजसंस्था विघटन गर्न गरेका षडयन्त्र थिए नेपालमा अन्यौलको वातावरणको सुत्रपातमा बृद्धि गराई राजसंस्था, विश्व हिन्दु राष्ट्र र हिन्दु सम्राटलाई इतिहासको पानाबाट हटाउने मात्र सोच थियो माओवादी माथि सैनिक परिचालन गर्न राजा
विरेन्द्र सित प्रधानमन्त्रीले गरेको
अनुरोधमा राजा मन्जुर नहुनु । जनतालाई मारेर मराएर राजा हुनु छैन भन्ने अभिव्यक्ति राजाबाट पाउनु गिरिजाको लागि दुःखद थियो । त्यस बेला देखि नै राजसंस्था र गिरिजाको मन फाट्यो । नेपाली जनताको इच्छालाई मोड्ने प्रयास गर्यो । आफ्नै पार्टीका नेता प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा घोषणा गरिएको निर्वाचनको पक्षमा नलागी विपक्षमा गएर आफू समर्थक सभासद नेताहरुलाई साथ लिई चुनाव होईन कि भंग भएको सांसदको
पुनरवहाली गर्नु पर्यो भनी असंवैधानिक कुरा तर्फ जोर दिई अरु पार्टीहरुलाई पनि निर्वाचनको विरुद्धमा उभ्याई
रत्नपार्कमा सांसद अधिवेशन बोलाई गैर संवैधानिक काम गरे । भारतको स्पष्ट सहयोगमा आन्दोलन चलाई
रहेका माओवादी सित वार्ता गर्न धेरै पटक टोलीहरु खटिए माओवादीको अडान रह्यो वार्ता मालिक सित
(राजासित) गर्छौं अरु सित होईन भन्ने अडान प्रचण्ड र बाबुरामको रहे पनि वार्तामा बस्दै गरे तर वार्ता सफल हुने थिएन र भएन पनि । त्यसपछिका दिनहरुले नयाँ रुप लिदै गयो माओवादी, एमाले लगायतका ६ पार्टीहरुले ने.का.लाई अगाडी लगाउने र गिरिजाकै नेतृत्व मान्ने स्वीकार्दै गिरिजा ७ दलको दिल्ली सम्झौता अनुसार गिरिजाको नेतृत्व स्वीकार्दै माओवादी एमाले गरी ७ दलको सहभागीतामा १९ दिने आन्दोलन सुरु भयो ।
अन्तमा म्याद सकिएपछि पनि नयाँ निर्वाचन नगरी पुरानो सांसदलाई जिवित गर्न गरेका असंवैधानिक कदममा राजा ज्ञानेन्द्र शाहले पनि जनता
मारेर मार्न लगाएर राजा बन्दिन भनेर भंग गरेको सांसदलाई माग बमोजिम विउझायो र त्यही व्यूझाएको सभााले राजसंस्थालाई संविधान सभाको पहिलो बैठकले हटाउने छ भन्ने निर्णय गर्यो र त्यसै बमोजिम संविधानसभाको पहिलो बैठकले देशलाई गणतन्त्र गरी राजसंस्थालाई हटायो । राजा ज्ञानेन्द्रले पनि कुनै बल नगरी देश र जनताको हितको लागी भनेर जनताको नासो
राजमुकुट राजसंस्था संविधानसभालाई बुझाई मार्मिक तरिकाले राजाले सत्ता त के राजसंस्थाको चावी गरिजाको हातमा दियो ।
त्यही घटनालाई हामी नेपालको जीत भएको छ भनि रहेको छौ तर जीत होईन नेपालले विश्व सामु हारेको छ । बाधा मजदूरको रुप लिएको छ नेपालले । आफ्ना कलिला युवा युवतीहरुमा केही अर्थात २०÷२५ हजारको ज्यान द्वन्द्वकालमा लियो भने अरु नेपाली धेरै युवाहरु मात्र होइन धेरै बहिनी आमाहरु समेतले खाडी मुलुकमा रहेका महाजनहरुको घरेलु कामको रोजगारीको नाममा दासत्व जीवन विताई रहेका छन् । त्यो जीत हो कि हार ? २०४७ र २०७२ को संविधान निर्माताहरुलाई प्रश्न गर्ने मन लागेको छ । नेपालको सनातन धर्म हिन्दुसम्र्राट माथि आक्रमण गर्दैमा नेपालको जीत हुदैन हार भएको छ । गृहयुद्धको विउ रोपिएको छ । विकास होईन कि नहुनु पर्ने विकास हुनेछ । विकासको कुरा गर्दा म होसमा आउदा नेपालमा सडक एक कि.मि. पनि थिएन आज सडक, सिचाई कहाँ कहाँ पुगेको यो क्रमैसँग आवश्यकता अनुसार
गरिने र हुने कुरा हुन । जे भएपनि नेपालको जीत होइन कि हार भएको छ त्यसको सही उत्तर पाठकहरुबाट अवश्य आउनेछ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *