खानी तथा भुगर्भ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

पाँचौ योजनाकालमा पनि खनिज अन्वेशणको कार्यलाई बढी वैज्ञानिक बनाउने तर्फ आवश्यक कार्यक्रमहरु कार्यान्वयन गर्नेका साथसाथै खनिज खोजीलाई वस्तुगत र क्षेत्रगत रुपमा विस्तार गर्दै लैजाने कार्यलाई कायमै राखियो ।
देशको खनिज सम्पदाको सदुपयोग गर्दै लैजाने तर्फ यस वेलासम्म केही सकरात्मक प्रतिफलहरु देखिन थालिसकेका थिए । यिनमा सिमेन्ट
कारखाना, म्याग्नेसाईट उधोग, सीसा जस्ता उद्योगहरुको स्थापनातर्फ उठाइएका कदमहरु उल्लेखनिय छन् । यसरी लामो समय र ठुलो लगानी साथ पता लगाइएको खनिज सम्पदाको औद्योगिक उत्पादन गर्ने प्रक्रियाले केही वस्तुहरुमा देशको पैठारी प्रतिस्थापन गर्नुका साथै निकासी आर्जनमा समेत सकरात्मक प्रवाह ल्याउने विश्वासको सृजना हुन थाल्यो ।
पाँचौ योजनाकालमा तेल तथा प्राकृतिक ग्यासको खोजी बढी आधुनिक तथा वैज्ञानिक ढंगबाट संचालन गर्न एरोम्याग्नेटीक सर्वेक्षण गरियो र यसवाट उत्साहजनक परिमाण निस्केको छ । सिमेन्ट, एफ, एम, पी, मलखाद तथा फलाम र ईस्पात उधोगको स्थापना हुनसक्ने देखियो । सेरामिक्स र सिलिकालाई उद्योग स्थापना सम्बन्धी अध्ययन समाप्त पारिनुका साथै खनिज अन्वेषणको कार्य योजनावद्ध ढंगबाट संचालन गर्न बाह्य सहयोग अन्तर्गत एउटा छुटटै परियोजना संचालन
गरियो ।
पाचौ योजनाकालसम्म भएको खनिज खोजीबाट प्राप्त अनुभवहरुबाट खनिज कार्य र पता लागेका
भण्डारहरुको उपयोगमा समेत ज्यादै ठुलो लगानीि हुने देखिएकोले छैटौ योजनामा खनिज खोज र विकासको उधेश्यमा खनिज सम्पदाको पहिचान र विकास गरी राष्ट्रिय अर्थतन्त्रलाई ठोस सघाउ पु्रयाउने भन्ने राखियो ।
यस योजनाकालमा पत्ता लागिसकेका भण्डारहरुको सदुपयोग माथि जोड दिई राष्ट्रिय अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्ने तर्फ खनिज विकासको प्रयासलाई केन्द्रित गर्ने
कुरामै प्राथमिकता प्रदान गरियो । छैटौ योजना अवधिमा क्षेत्रिय भौगर्भिक अध्ययन अन्तर्गत २५० बर्गमाइलको भौगर्भिक नक्सा तयार पारिएको, २५००० वर्गमाईलको नक्सा कम्पाईलेशन, २७००० वर्ग माईलको नक्सा प्रिन्ट भएको रसाइसीक स्टेशनहरुको स्थापना भएको छ । रोल्पा जिल्लामा गरिएको सुन खोजकिो उत्साहजनक परिणाम निसकेकोछ र युरेनियम खोजीतर्फ
चुरे पहाड शृङ्खलाको २६०० वर्गमाईलमा प्रारम्भिक अन्वेशण भएको छ ।
अधातु खनिज अन्वेशण अन्तर्गत १५०० वर्ग किलोमिटरको फस्फोराइट अन्वेशण, धनकुटा जिल्लामा चून ढुङ्गाको विस्तृत अध्ययन र संखुवासभाको ३०० वर्ग किलो
मिटरमा अर्धाकिमती पत्थर खोजी गर्ने कार्य भएको छ ।
यस योजनाकालमा खनिज खोजी कार्यमा सबभन्दा महत्वपुर्ण उपलव्धि तेलको खोजीमा देखिन आएको छ । यस आयोजना अन्तर्गत विश्व बैंकको सहायताले १२५० माइल रिकनीसेन्स सर्भे र ६०००० वर्ग किलोमिटरको फोटो जियोलजिकल इण्टरप्रिटेशन सम्पन्न भएको छ । यसबाट प्राप्त भएको सकरात्मक
परिणामहरुबाट तेलको भण्डार उपयोगमा विदेशी लगानीलाई आकर्षित गर्न संयुक्त राज्य अमेरिका, ब्रिटेन तथा नेपालमा प्रवद्र्धन बैठकहरु सम्पन्न
गरिएका छन् ।
काठमाडौं उपत्यकाको प्राकृतिक ग्यास अन्वेषणतर्फ यस योजना अवधिसम्ममा उपत्यकाको दक्षिणी भागको करीब २६ वर्ग किलोमिटर क्षेत्रमा ग्यासको संभाव्य क्षेत्र पता लगाइएको, टेकु इलाकाको करीब ४ वर्ग किलोमिटर क्षेत्रमा ४. ७६ करोड क्युविक मिटरको ग्यास भण्डार रहेको अनुमान गरिएको तथा ५०० क्यु
मिटरको नमुना ग्यास प्लाण्ट समेत स्थापना गरिसकिएको छ ।
३. विगत २५ वर्षको प्रगति समीक्षा
यस प्रकार पंचायत व्यवस्था लागु भएपछि खनिज खोजीका लागि निरन्तर प्रयासको क्रम जारी राखिएको छ । यी २५ वर्षहरुमा गरिएको खनिज खोजी कार्यबाट कतिपय सकरात्मक परिणामहरु हसिल गरिएका छन् ।
खनिज अन्वेषणकै आधारबाट काठमान्डौ र हेटौडामा सिमेन्ट उद्योग स्थापना भइसकेका छन् भने सुर्खेत
र धनकुटामा यस्तो उधोग संचालन गर्न आवश्यक चुन ढुङ्गा संचित प्रमाणित भइसकेको छ । सिन्धुपाल्चोकमा खरिढुङ्गाको उधोग तथा रसुवामा सिसाजस्ता उधोग स्थापनाको कार्य भइरहेको छ ।
पेट्रोलियम खोजीको सकारात्मक परिणाम र यसमा विदेशी लगानीकर्ताहरुले देखाइएको अभिरुचीबाट देशको इन्धनको समस्या हल गर्नमा ठुलो योगदान पुग्ने संभावना प्रबल भएर आएको छ ।
हालसम्म पत्ता लागेका कतिपय खनिज भण्डारहरुको उपयोग लगानीको अभावले हुन सकेको छैन भने कतिपय प्रमाणित भण्डारहरु साना हुनाले पनि उपयोगमा ल्याउन सकिएका छैनन् ।
खनिज अन्वेशणको कार्य ज्यादै समय लाग्ने र खर्चालु हुने भए तापनि पंचायती व्यवस्थाले प्रादुभार्व पछि यसमा देशको आफ्नै आन्तरिक स्रोतहरु
परिचालन गरी यस क्षेत्रको विकासमा आफ्नो प्रतिबद्धता देखाइएको छ । यसैको फलस्वरुप खानी क्षेत्रमा भएको विकासले देशको अर्थतनत्रमा सघाउ पुग्न जानुका साथै खनिज अन्वेषणका लागि आवश्यक जनशक्ति र
पुर्वाधारहरुको विकास गरिसकेको छ । खानी क्षेत्रको विकासले आगामी वर्षहरुमा राजस्वमा योगदान बढाउन, रोजगारी सृजन गर्न, पैठारी प्रतिस्थापन गर्न, विदेशी मुद्रा आर्जन गर्नमा समेत एक महत्वपुर्ण भुमिका निर्वाह गर्ने आधारशिला तयार पार्न सफल हुने संकेतहरु देखिन थालेका छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *