कम उमेरमै आमा बन्दा स्वास्थ्यमा समस्या

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, १० चैत्र
प्रदेश नं. ७ मा कम उमेरमै आमा बन्नेको संख्यामा बृद्धि भएको छ । कम उमेरमै विवाह हुने गरेकाले बच्चा चाडै जन्माउने गरेका कारण आमा तथा बच्चाको स्वास्थ्यमा प्रतिकुल असर पर्दै गएको छ । ग्रामिण भेगमा बसोबास गर्दै आएका समुदायमा चेतनाको अभावका साथसाथै सानै उमेरमा विवाह गर्नुपर्छ भन्ने कुप्रथाले गर्दा यस्तो समस्या निम्तिदै गएको छ । कम उमेरमै प्रेम गरी भागेर विवाह गर्नेको जमात बढ्दै गएको छ । शहरी इलाका भने चेतना स्तर माथि उठेपनि कम उमेरका युवायुवती प्रेममा परे कमै उमेरमा भागी विवाह गर्दा आमा र बच्चाको स्वास्थ्यमा समस्या हुने गरेको छ ।
यस्तै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका क्षेत्रमा बढ्दो बालविवाहका
कारण उमेर नपुगिकनै गर्भवती हुनेको संख्या बढ्दो छ ।
जनचेतनाको कमी र गरिबीका कारण अधिकांश बालिकाको विवाह
किशोरावस्थामै हुने गरेकाले २० वर्षमुनि गर्भवती हुनेको संख्या बढ्दो रुपमा
रहेको पाइएको छ । नगरपालिकाको पिपलाडी स्वास्थ्यचौकीमा दश महिनामा जाँच
गराउन आएका गर्भवतीमध्ये २७ जनाको उमेर १६ देखि १९ वर्ष रहेको स्वास्थ्य चौकीका प्रमुख दिलीप सिंह साउदले
बताए । सोही अवधिमा २० वर्ष उमेरका मात्रै ३० गर्भवतीले स्वास्थ्यचौकीमा
सुरक्षित प्रसूति गराएका छन् ।
उनका अनुसार गत वर्ष सोही अवधिमा २६ जना उमेर नपुगेका महिलाले स्वास्थ्यचौकीमा प्रसूति गराएका थिए । झलारी स्वास्थ्यचौकीमा गर्भ जाँच
गराउन आएकामध्ये २३ महिलाको उमेर १७ देखि २० वर्षमुनि रहेको पाइएको
छ ।
अधिकांश कम उमेरमै आमा बन्नेमा जनजाति र दलित समुदायका बढी छन् । अन्य समुदायका गरीबीको अवस्थामा रहेका परिवारका महिलासमेत गर्भवती भएको देखिएको छ । कम उमेरमै आमा बन्नेहरुमा पाठेघर खस्ने, जन्मने शिशुको तौल कम हुने र विभिन्न प्रकारका प्रजननसम्बन्धी रोग लाग्ने समस्या देखापर्ने गरेको छ, ।
पिपलाडी स्वास्थ्यचौकी प्रसूति गृहका अनमी कुसुम रानाले बताए । चेतनाका अभावमा आमाबुबाले उमेर नपुगीकन विवाह गरिदिँदा १९ वर्षमै आमा बनेँ, उनले भने शारीरिक समस्या सँगै बच्चाको तौल कम हुँदा निकै सास्ती खेप्नुप¥यो । उमेर नपुगीकनै गर्भवती हुनुहुँदैन भनेर समाजमा जनचेतना फैलाउन आवश्यक भए पनि कम
उमेरमा विवाह गर्ने क्रम नरोकिनु दुःखद भएको उनले बताए ।
प्रसूतिगृहमा सुरक्षित रुपमा प्रसूति हुन आउने उमेर नपुगेका आमाले जन्माएका शिशुको तौल निकै कम हुने
गरेको उनले बताए । कम तौल जन्मिएका शिशुका आमालाई मायाको अँगालोमा
राख्न लगाइने गरिएको छ, उनले भने,
शरीरमा प्रतिरोधात्मक क्षमता कम हुँदा शिशुलाई निमोनियाको समस्या र कुषोषित हुने बढी सम्भावना रहन्छ ।
पौष्टिक आहारको कमीका
कारण अधिकांश कम उमेरका गर्भवती कुपोषित रहने गरेको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख तीर्थराज भट्टले बताए ।
महिला र पुरुषको उमेर २० वर्ष पुगेपछि मात्रै विवाह गर्ने कानूनी प्रावधान भए पनि यहाँ भने लागू हुनसकेको छैन । कानून अनुसार बालविवाह गराइएमा तीन वर्ष कैद र जरिवानाको व्यवस्था रहे पनि व्यवहारमा भने कडाइ गरेको पाइँदैन । कञ्चनपुरमा मात्रै २० प्रतिशत बालिका
र १० प्रतिशत बालकको बालविवाह हुने गरेको अनुमान गरिएको छ । बालविवाह गरी कम उमेरमै शिशुलाई जन्म दिने देशको सूचीमा नेपाल दक्षिण एशियामा बंगलादेश र भारतपछि तेस्रो स्थानमा पर्छ । बालकको तुलनामा संंख्यात्मक रुपमा बढी बालिकाको विवाह १८ वर्ष नपुग्दै हुने गरेको अध्ययनबाट देखिएको छ । बालविवाहका कारण वैवाहिक जीवन दिगो नहुने, परिपक्व नभई सन्तान जन्माउँदा स्वास्थ्य सम्बन्धी विभिन्न समस्या देखिने, लैंगिक र यौनजन्य हिंसा, बालश्रम, बेचबिखनजस्ता थप हिंसाले बालिका र महिला थप प्रताडित हुने भएकाले
यसलाई रोक्नका लागि काम अगाडि
बढाइने उपनगर प्रमुख तुलसीदेवी हमालले बताए ।
बालविवाह रोक्नका लागि जनचेतनासँगै कडा कानून बनाएर लागू गर्छौ उनले भने ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *