नगर नियन्ताहरुमा अभिनन्दन

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

देशका नगरपालिका मध्ये भीमदत्त नगरपालिका सम्मानित भएकोमा नगरबासीको नाताले गौरव अनुभूति हुँदा नगर नियन्ताहरुमा हार्दिक अभिनन्दन व्यक्त गर्नु नैतिक कर्तव्य हो भन्ने लागेकोले केही थप सुझाव र समृद्ध नगर साकार पार्न प्रोत्साहित गर्नु आवश्यक छ ।
भीमदत्त नगरपालिकाले पाएको नगर प्रमुख उपप्रमुख लगायतका उर्जावान नेतृत्वहरुप्रति जनमानसमा आशा र भरोसा जगाएको छ । यस क्षेत्रको विकास र सम्मान प्रत्येक नगरबासीको साझा उपलब्धि मान्नु पर्ने हुन्छ । आजका दिनसम्म विभिन्न क्षेत्रहरुबाट बसाई सराई गरेर आउनेहरुको अविश्वसनीय आगमन उत्कर्षमा पुगेको छ । प्रारम्भिक दिनहरुमा ठूला भवनहरु बनाउन धेरै जसो शसंकित देखिन्थे । विगत ४४ वर्ष देखिको प्रत्यक्ष साक्षी भएको हुनाले नगर नजिकमा समेत २÷३ हजार रु प्रति विगाहा जग्गाका खरिदार पाउन मुश्किल हुन्थ्यो त्यही ठाउँहरुमा झण्डै ३० लाख बढी कठ्ठाको मूल्यमा धमाधम विक्रि भई रहेको देख्दा स्वप्न जस्तो लाग्छ । जताततै झोपडीहरु मात्रै देखिनेमा विशाल भवनहरु ग्रामिण क्षेत्रहरुमा समेत धमाधम बन्दै गरेका छन् । महेन्द्रनगर राष्ट्रको मात्र होइन अन्तरराष्ट्रिय महत्वमा रुपान्तरित हुदैछ । महाकाली नदीमा पुल सुख्का बन्दरगाह, छेला औद्योगिक विकास क्षेत्र, नमूना नगरका लागि अरर्वौको सहयोगबाट सफा सुघ्घर पीच बाटो पुल पुलेसा, ब्रहमदेउ सडक खण्ड त्यस्तै छोटो समयमा जोगबुडा बाटो सहज यात्रा, घना वस्तीहरु धमाधम निर्माण हुदै महेन्द्रनगर
अत्तरीया सम्म लगभग सोझै बनेका
बजारहरु, रोजगारीका असीमित सुअवसरहरु पंचेश्वर परियोजना, महाकाली करिडोर निर्माणबाट २÷३ घण्टामै पहाडी क्षेत्रहरुमा सहजै पुग्न सकिने कतिपय उन्नतशील अवस्थाहरुले जनआकर्षण तिव्र रुपमा बढ्दो छ । उहिले पहाडमा ठूलो घर खेत भैसा पैसा वाला शौकारहरु समाजमा अग्रपंक्तिमा देखिन्थे, वैवाहिक सम्बन्ध गर्दा यी सबै मुल्यांकनका विषय थिए तर आज परिस्थिति फेरिएका छन्, विवाह हुन महेन्द्रनगर घर जग्गा प्राथमिकता भित्र पर्न थालेको छ । सम्पन्नताको परिभाषा फेरिएको छ यो
निरन्तरतामा छ । विविध अवसर हुदा हुदै पनि पहाड बस्न चाहनेहरुको मानसिकता घट्दै गएकोमा त्यहाँ पनि रोजगारी र प्रगतिका
धेरै संभावना भएर पनि आकर्षण बढाउन सकि रहेको छैन । कोही मर्दा मलालीसम्म नपाईने स्थिति प्रायः देख्नमा आएका छन् ।
उपर्युक्त मनोविज्ञानलाई आत्मसात गरी महेन्द्रनगर बासीहरुका अवधारणा आजका सर्वाधिक चासोका विषय त्यस्ले मानव जनजीवनमा पार्ने असर कतिपय विसंगति आपराधिक गतिविधि लागु औषध प्रयोग कर्ताका उल्लेखनीय र अकल्पनीय बृद्धि अरुका देखासिकी तडक भडक विलासी जीवनका लागि जे पनि गर्न सक्ने मनोविज्ञान यौन
दुराचार लगायतका गतिविधि माथि नियन्त्रण गर्न सकिएन भने आकर्षणको केन्द्र नारकीय अवस्थामा रुपान्तरित हुन बेर लाग्ने छैन । अहिले स्थानीय सरकार प्रमुख सुरेन्द्र विष्ट शालीनता कि प्रतिक न्यायिक समितिका अध्यक्ष उपप्रमुख विदुषी शुशीला सिंह लगायतको टीमलाई आफ्ना सरोकार चासो र चिन्ता सुझावका रुपमा निवेदन गर्न कर्तव्य सम्झेर यस विषयमा लेखी रहेको छु ।
नगरलाई स्वच्छ सफा आधुनिक वैज्ञानिक र आकर्षण बनाउन के गर्नु पर्ला ?
महेन्द्रनगर जस्तो विशाल शहरमा सार्वजनिक शौचालय छैनन् भएका पनि लागु औषध कर्ताका अखाडा बनि रहेका छन् । नक्सा पास नगरी निर्माण गर्न नहुने जनहितको कानून सरासर अवज्ञा हुने गरेका छन् । नगर विकास भित्र समेत कुनै स्वामित्व पूर्णा अनुमति बेगर जनरजस्ती कब्जा गरेर बसेकाहरु माथि कुनै खोजवीन कार्वाही भएको देखिदैन । सार्वजनिक सवारी साधनहरु जथाभावी चलि रहेका छन् । ट्राफिक नियम औपाचारिक मात्र बन्ने गरेको छ । मुख्य बजारमा बाटो नै अवरुद्ध हुने गरी यान्त्रिक साधन पार्कीङ गरिन्छन्, त्यसका लागि सामुदायिक सेवा केन्द्र मार्फत म समेतका सम्बद्ध पदाधिकारीहरुबाट पटक पटक
अनुरोध अनुगमन हुँदा पनि समाधान भएन, स्वभाविक रुपमा बजार आउनेहरुका साधन पार्किङ गर्ने ठाउँ सम्म छैन, दुर्घटनाका यथेष्ट संभावना प्रष्ट छन् । यौनाचार असामान्य बढेको कारण सहज रुपमा विलाशीताको जीवन विताउन फेसन बन्ने गरेका संचार माध्यमहरुमा पढ्नमा आउछन् र ज्यान सम्म गएका आपराधिक घटनाको पृष्ठभूमि भित्र देखिएका छन् । जनसाधारणको मनोविज्ञान सुधार्ने तर्फ यथेष्ट प्रयास भएको पाईदैन । युवायुवती सडकमा लामबद्ध भएर हिडेका अवस्थाहरुलाई सामान्य रुपमा हेरिन्छ । विवाह भोजभतेरमा नबोलाएका जमात पस्ने गर्छन । उसरी भोज भतेर नगर्दा के नै विग्रने होला भनि बारम्बार मानस पटलमा आई रहन्छ, सामान्य रुपमा विना भोज भतेर पनि त निर्वाह गर्न नसक्ने कारण के छ ? छोरा जन्मे ठूलो खुशीयाली भारी खानपीन के अर्थ
राख्दछ ? कालान्तरमा धुन्धुकारी भए त्यस्तो अर्थहीन हर्ष बढाई निरर्थक र पिडादायी बन्ने तर्फ सचेत नरहेको देख्दा दुःख ग्लानी हुन्छ ।
नगरको इज्जत बढाउने प्रयासका लागि साधुवाद र पुनः अभिनन्दन छ । राम्रा बाटा स्पीड ब्रेकरका नाममा सडक अवरुद्ध भत्काई सार्वजनिक शौचालय व्यवस्थित ट्राफिक र पार्किङ स्थल लगायतमा अवश्य पनि
सुधारको अपेक्षा छ । क्रमशः

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *