राजनीति गणितीय पद्धति होईन

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

विश्व जगतमा अझैसम्म पनि राजनीतिक अभ्यासकै क्रममा रहेको छ । एसिया महादेशका २ ठूला राष्ट्र भारत र चीनमा अलग अलग अभ्यास भैरहेका छन् । त्यस्तै २ देशको चंगुलबाट बच्न र देशको विकास द्रुत गतिमा चाल्न राजा महेन्द्रले दुवै देशले नअपनाएको निर्दलिय पंचायती प्रजातन्त्र नामको व्यवस्था लागु गर्यो । त्यो समय र
परिस्थितिको माग पनि थियो, त्यो यौटा उनको दर्शन पनि हो । जुन दर्शन अन्तमा नेपालमा टिक्न सक्यो न अन्त सर्न सक्यो । केवल पंचायती राज भन्ने वाक्यान्स र स्थानीय व्यवस्थामा पंचायतराज भारत सरकारले लागु गरेको छ तर त्यो नेपालले अवलम्बन गरेको माओवाद जस्तो होईन । राजा महेन्द्रको बाद भनेर खुलेआम राख्न नसकि त्यस्तो पंचायत राम्रो लागेकोले र सबैलाई समेट्न सकिने हु“दा पंचायत राजको नामबाट पंचायतको विउ जगाउन मात्र राखेको हो । जसलाई २०४६ मा नै परित्याग गरि सकेका छन् ।
आज हामी गणतन्त्रको किस्ताबन्दीको अन्तिम किस्तामा पुगेका छौं । स्थानीय निकाय गाउ“पालिका र नगरपालिकाहरुले असिमित अधिकार प्राप्त गरेका छन् । ती स्थानीय निकायलाई सही सल्लाह सुझाव दिनु बुद्धिजीविहरुको धर्म हो भने पदाधिकारीहरुले माग्नु कर्तव्य पनि
हो ।
यौटा बुझ्न नसकिने कुरा के भने नेपालमा सबै ठाउ जातजातीहरुको मात्र नभई लि·िय पहिचानलाई हामीले बढावा दिएका छौं । दलित, मदेशी, थारु आदिवासीहरुको पहिचान जिवित राख्न त पहिलेदेखि समयानुसार राखिएकै थियो आज आएर नेपालको पहिचान रहन र राख्नमा भने शंका उत्पन्न भएको छ । नेपालको पहिचान झल्कने चीज बस्तुहरु मासिने क्रम जारी छ त्यो कुरा नेताहरुले बुझेको छ वा छैन जुन पहिचान नेपालका सत्रुपक्ष नभई मित्र पक्ष हुन । नेपालको मौलिक सनातन धर्म संस्कृति असल परम्परा, सामाजिक सद्भाव, भेषभुषा नेपालीको सम्यतालाई नष्ट पार्न खोजिएको छ । यी सबैको संयुक्त पहिचान हो विश्व हिन्दुराष्ट्र, हिन्दुसम्राट राजसंस्था जसलाई शासकको रुपमा नराखी एकताको प्रतिकको रुपमा राख्नु र रहन दिनु पर्ने थियो । जुनसुकै व्यवस्थामा पनि राजसंस्था राख्न सकिन्छ । गणतन्त्रमा राख्न नसकिने भन्ने छैन । राजनीतिक यो राम्रो यो नराम्रो भन्ने गणितीय सुत्र राजनीतिमा हुदैन । नेताहरुले शुद्ध मनले राजसंस्था राखी कार्यकारी प्रमुखलाई जनताद्वारा प्रत्यक्ष चुनिने प्रचलन लगायो भने राष्ट्रले केही हदसम्म उन्मुक्ति पाउन सक्छ । त्यस्तै राजसंस्थालाई किटानी अधिकार दिएर संवैधानिक राजतन्त्र राख्न सकिन्छ नेताहरुले पनि उदार हुनु पुर्यो । यो देशको शान्ति अमनचैन स्थायी स्थापना रहोस् भन्नको लागि जसको पुर्खाले यो देशको निर्माण गर्यो र २५० वर्ष सम्म सुख दुःखको सामना गर्दै नेपाललाई बचाई राख्नेका सन्तान राजा ज्ञानेन्द्रले सत्ताबाट विश्राम लिएको घटनाप्रति सर्मिन्दा हुदा हुदै नेताहरुले पनि राष्ट्रको पहिचान गराउन विश्व हिनदुराष्ट्र, हिन्दु सम्राटको पुनरवहाली गर्नुपर्ने किन पनि देखिन्छ भने राजाले जनताको विरुद्धमा कहिल्यै जान सक्ने र गएन भने जनताले वा निर्वाचन नेताले पनि राजसंस्थाको विरुद्धमा नगए के हुन्छ । हुन त देशका कुनै पनि अप्रबन्धित नेता राजसंस्थाको विरुद्धमा गएका थिएनन्, कांग्रेस एमाले लगायतका पार्टीहरु संवैधानिक राजतन्त्रमा मन्जुर थिए भनिएको छ तर आ“खा बन्द गरेर दगुर्दा कोही फूलको थुंगामा लड्छ भने कोही खाडलमा, त्यतिवेला प्रमुख नेताहरु ७ दलले दिल्लीमा निर्णय गरे अनुसार
राजसंस्था, हिन्दु राष्ट्र र राजसंस्था उन्मुलन गर्ने भन्ने सोचेका थिएनन्, अन्तमा गएर के भएको हो स्वयम नेताहरुलाई पनि थाहा छैन भन्छन्, जस्तो राजालाई हमेसाको लागि हटाउने भन्ने निर्णय कुनै पनि पार्टीको थिएन् । अधिकार कटौती गरी सास्कृतिक राजाको रुपमा राख्नुपर्ने हुदा हुदै गिरिजा प्रसाद कोईरालाको नेतृत्वमा माओवादीको दौड सुरु हुदा १९ दिने आन्दोलनपछि राजा र जनता सबैलाई भ्रमित हुने गरी जनताको इच्छा विरुद्धमा हिन्दु राष्ट्र र राजसंस्था उन्मुलनका दस्तावेजहरु बने, जनताले जे नेता गर्छन, त्यसैलाई ऐन कानून नियम मानी प्राकृतिक नियम विपरित गएको भन्ने औपचारिक आवाज कहि कतैबाट
उठाएन । संवैधानिक राजसंस्था हुनुपर्छ भन्नेहरुको पनि कुनै सीप नलागेर राष्ट्र संघीयतातर्फ गईसकेको हु“दा अब सबै मिलेर जनताको हित हुने काममा जानु उपयुक्त देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *