रक्तदान कार्यक्रम सम्पन्न

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, १० चैत्र
महेन्द्रनगर जेसिज बर्ष २०१८, दारी ग्याङ महेन्द्रनगर र युथभ्वाइस महेन्द्रनगरको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
अन्र्तराष्ट्रिय क्षयरोग दिवशको अवसर मनाउँदै संयुक्त आयोजनामा नेपाल रेडक्रस सौसाइटी कञ्चनपुरलाई शनिबार
रक्तदान गरेको हो । रक्तदान कार्यक्रममा महेन्द्रनगर जेसिजले रक्तदान गर्ने रक्तदाताहरुलाई फलफुट्रका साथै प्रमाण पत्र समेत प्रदान
गरेको कार्यक्रमका सभापति तथा महेन्द्रनगर जेसिज बर्ष २०१८ का अध्यक्ष अमर बहादुर चन्दले बताए ।
उनले भने ‘रक्तदान जिवनदान हो,यसमा सबै युवावर्ग र सामाजिक सेवामा कार्यरत संस्थाहरुको अमुल्य योगदान हुन्नु आवश्यक छ ।
त्यस्तै रक्तदान कार्यक्रममा आयोजकका साथै युवासमाज,व्यवसायि, समाजसेवी तथा नेपाल प्रहरीका
कर्मचारीहरुले समेत रक्तदान गरेका छन् । उक्त कार्याक्रममा बैलौरी नगरपालिकाका उपमेयर चित्रकुमारी चौधरीको पनि सहभागीता रहेको थियो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *