न्यायिक बाह्य पहुच जनप्रतिनिधि समुदायसँगको छलफल कार्यक्रम सम्पन्न

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, १० चैत्र
न्यायिक बाह्य पहुच जनप्रतिनिधि समुदायसँगको छलफल कार्यक्रम सम्पन्न भएको छ । उच्च अदालत दिपायल महेन्द्रनगर इजलासको आयोजना तथा कञ्चनपुर जिल्ला अदालत कञ्चनपुरको सह आयोजनामा कार्यक्रम गरिएकोे थियो । कार्यक्रमको उद्घाटन राष्ट्रिय गानका साथमा भएको थियो ।
उच्च अदालतका मुख्य न्याधीश डिल्लीराज आचार्यको सभापतित्व कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले न्यायालयको बारेमा प्रकाश
पारेका थिए । न्यायपालिकामा काम कारवाही छिटो छरितो, अनुगमन तथा मुल्यांकन गर्न, पारदर्शी काम कारावाही गर्न, सेवाग्राहीमा पहुँ बढाउन र सहज बनाउन मानव काम घटाउनको लागि प्रविधिको विकास हुदै
गईरहेको उच्च अदालत महेन्द्रनगरका सुचना प्रविधि अधिकृत प्रकाश बहादुर साउदले
बताए । सूचना प्रविधिको विकास हुदै जादा सर्वसाधारणले घरमै बसेर मोबाईल एप्सबाट न्यायालय सम्बन्धि सम्पूर्ण जानकारी प्राप्त गर्न सजिलो भएको छ ।
न्यायालयमा बाह्य पहुँच अभिबृद्धि गराउनको लागि आम सर्वसाधारणलाई जानकारी गराउनु आवश्यक रहेको प्रकाश कुमार अधिकारीले बताएका छ । प्रजातन्त्र भित्र जवाफदेहिता, सक्षम स्वतन्त्र न्यायपालिका र विधिको शासनलाई प्रबद्र्धन गर्ने लगायतका कुराहरु प्रस्तुत गरिएको थिए । त्यस्तै जनप्रतिनिधिहरुलाई कानून सम्बन्धी क्षेत्राधिकारको बारेमा पनि छलफल गरिएको थियो । सो छलफलबाट सबै जनप्रतिनिधिले नयाँ न्यायिक कुराहरुको ज्ञान हासिल गरेका छन् । ऐन नियममा स्थानीय निकायले कुनै मुद्दा फैसला गर्न पाउने कुनै मुद्दा हेर्न मात्र पाउने तर फैसला गर्न नपाउने र फैसला गरेको मुद्दाको पनि पुनरावेदन सुन्ने निकाय जिल्ला अदालतलाई नै राखेको कुरा छलफलद्वारा ज्ञान भएको थियो भने आगामी भाद्र १ गतेबाट मुलुकी ऐनलाई परिमार्जित गरी देवानी र फैजदारी खण्ड गरी दुई भागमा विकास गरी लागु गर्ने योजना
रहेको बताएका थिए
कार्यक्रममा न्यायालयका न्यायाधिश, निर्वाचित जनप्रतिनिधि लगायत सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *