सुर्नयाले थाल्यो शैक्षिक कानुन निर्माणका लागि परामर्श

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
बैतडी, १० चैत्र
बैतडीको सुर्नया गाउँपालिकाले शैक्षिक कानुन निर्माणका लागि परामर्श थालेको छ । संविधान अनुसार आधारभूत र माध्यमिक तहको शिक्षा हेर्ने जिम्मेवारी स्थानीय तहमा आएपछि आवश्यक शैक्षिक कानुन निर्माणका लागि परामर्श थालिएको सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर बिष्टले जानकारी दिएका छन् ।
उनले भने,–‘गाउँपालिकाभरी
रहेका सामुदायिक विद्यालयहरुको अवस्थाका बारेमा बुझ्न परामर्श थालिएको छ ।’ केही दिन पहिले सुर्नया २ मा परामर्श गोष्ठी
गरेको गाउँपालिकाले वडा नं ६ मा रहेको शंकर संस्कृत माविमा विद्यालयका शिक्षक, व्यवस्थापन समिति अध्यक्षलगायत
सरोकारवाला पक्षसंग पनि छलफल गरेको छ ।
दुबै ठाउँमा सञ्चालन गरिएका परामर्श गोष्ठीबाट प्राप्त सुझावको
आधारमा शैक्षिक कानुन निर्माण गर्ने गाउँपालिका अध्यक्ष बिष्टले जानकारी दिएका छन् । ‘विद्यालयहरुको संरचना, प्रशासनिक अवस्था, भौतिक अवस्था, शैक्षिक अवस्था लगायतका बिषयहरुको बारेमा जानकारी पाइसकेपछि शिक्षालाई गुणस्तरीय बनाउन कानुन निर्माण गरिनेछ ।’ उनले भने ।
सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर खस्किदै गएका बेला गाउँपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेको अध्यक्ष बिष्टले बताएका छन् ।
उनले भने, ‘गाउँपालिकाभरीबाट शिक्षाका विषय वस्तुमा धेरै सुझाव आएका र ती सुझावलाई समेटेर कानुन निर्माणका लागि कार्यपालिकामा लगिनेछ ।’
कार्यपालिकाले तयार पारेको शैक्षिक कानुनलाई गाउँसभामा लगेर पारित गर्ने उनको भनाइ छ ।
शिक्षालाई व्यवस्थित गर्ने अधिकार स्थानीय तहमा आएपछि शिक्षाको कानुन निर्माणका लागि गाउँपालिकाले थालेको पहल निकै सराहनीय रहेको रौलेश्वर माविका प्रधानाध्यापक गणेशदत्त अवस्थीले बताएका छन् ।
शिक्षालाई व्यवस्थित गर्न कानुन बनाउनु गाउँपालिकाको यो राम्रो पक्ष भएको उनको बुझाइ छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *