महाकाली अञ्चलमा ३ सय ५३ वटा २० वर्ष पुराना सवारीसाधन विस्थापित हुदै

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, ३ चैत्र
प्रदेश नं. ७ अन्तर्गत महाकाली अञ्चलमा ३ सय ५३ वटा २० वर्ष पुराना सवारी साधन रहेका छन् । २० वर्ष पुराना सवारी साधन नचल्न पाउने गरेको नियम अनुसार महाकाली अञ्चल यातायात कार्यालयले पनि उक्त नियमलाई आत्मसाथ गरेर पुराना सवारी साधनलाई विस्थापित हुन लागेको बताएका छ । सार्वजनिक यातायातका रूपमा सञ्चालन भएका पुराना सवारी साधनले वातावरण प्रदूषण गरेको भन्दै सरकारले १ चैतबाट सञ्चालनमा रोक लगाएको पछि यातायात व्यवस्था कार्यालय महाकालीमा दर्ता भएका २० वर्ष पुराना सवारीसाधन बिहीबार (१ चैत) बाट चल्न नपाउने भएका छन् । सरकारले १ चैत ०७२ मा २० वर्ष पुराना सवारीसाधन हटाउने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयन स्वरूप पुराना सवारी साधन सञ्चालनमा रोक लगाएको हो । यातायात व्यवस्था कार्यालय महाकालीमा मात्रै २० वर्ष पुराना ३ सय ५३ वटा सवारीसाधान छन् ।
यातायात व्यवस्था कार्यालय महाकाली अञ्चल महेन्द्रनगरका कार्यालय प्रमुख हेमन्त सिंहले विभागको निर्णय अनुसार कार्यालयमा दर्ता रहेका २० वर्ष
पुराना सवारीसाधन हटाउन लागेको जानकारी दिए । कार्यालय प्रमुख सिंहका अनुसार यस क्षेत्रमा २० वर्ष पुगेका सार्वजनिक सवारीसाधनमध्ये भाडाका बस धेरै रहेका छन् । महाकाली यातायात व्यवस्था कार्यालय कञ्चनपुरमा १२४ वटा भाडाका बस, १ सय ७ वटा भाडाका ट्रक,२ वटा भाडाका मिनि बस, १० ओटा भाडाका टिप्पर, भाडा कन्टेनर १ वटा,भाडा मिनि ट्रक १ वटा भाडा ट्याकर ३ वटा भाडाका जिप ५२ वटा र भाडाका टेम्पो ३५ वटा रहेका छन् ।
सरकारले २० वर्ष पुराना सार्वजनिक सावारि सञ्चालनमा रोक लगाउने निर्णय अनुसार अञ्चल यातायात कार्यालय कञ्चनपुरले बिहिबार अनुगमन गरेको छ । यातायात व्यवस्था कार्यालयका २ जना कर्मचारी र ट्राफिक कार्यालयको टोलीले अनुगमन गरेको यातायात व्यवस्था कार्यालय महेन्द्रनगरका कार्यालय प्रमुख हेमन्त सिंहले बताए । उनका अनुसार अनुगमनमा २० वर्ष पुराना सार्वजनिक सवारि भेटिए विभागको निर्णय अनुसार नियन्त्रणमा ल्याउने बताए ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *