पुर्व प्रम शेरबहादुरले सिफारिस गरेका ३ जना बदर खारेज भएको भनिने प्रधान न्यायाधीशद्वारा लिएको सपथ ग्रहण के हुने ?

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

यस्तै यस्तै राजनीतिक दुषित क्रियाकलापले गर्दा २०१७ साल आएको प्रष्ट हुन्छ भने आवको
राजनीतिक पार्टीहरुको भागवण्डाले देशको अवस्था कहाँ पुग्ने हो न्यायालयलाई कसको नियन्त्रणमा
राख्ने हुन ? नेताहरु, गोविन्द केसी उपर लागेको अदालतको मानहानीलाई प्रधान न्यायाधीश गोपाल पराजुलीको मानहानीमा सिमित राख्नु सर्वोच्वका न्यायमुर्तिहरुको गलत धारणा हो । आज क्रमैसित प्रधानन्यायाधीश तथा न्यायाधीश माथि हमला त
भैरहेकै थियो तर अव नयाँ प्रकरण देखियो जसरी महिला नै महिलाको विरुद्धमा खडा भएका घटना देखिन्छन् ।
त्यस्तैगरी न्यायाधीशहरु प्रधान न्यायाधीशको विरुद्धमा गैरहेका देखिन्छन् । त्यो न्यायाधीशको लागी खतरा हो । जसरी नेपालको सत्ता फेर्न नेताहरु भारतमा गई मलाई हाम्रो पार्टीलाई सत्तामा पुर्याई दिनु पर्यो भनी भारतीय नेताहरु सित अदृष्य गुहार माग्छन् मागी रहेका छन् । त्यस्तै घटना नेपालको न्यायालयमा हुने संकेत देखिदैछन् कि अव वकिलहरु जो स्वाभिमानी छैन उहाँहरु न्यायाधीश बन्नको लागी बलियो पार्टीको साथ गर्न बाध्य पारिएका छन् । योज्ञताको भन्दा पनि सेवा चाकरीको बढी प्रशंसा हुदै गरेको छ । अव देशले अमनचैनको श्वास फेर्ला भन्ने ग्यारेन्टी छैन ।
सर्वोच्व न्यायालय सबै नेपालीको साझा भएकोले सम्मानमा आँच पुर्याउने सबैलाई कठोर सजाय हुनु पर्दछ । त्यसबाट न्याय परिषद्को सचिवलाई कुनै हालतमा उन्मुक्ति दिनु हुदैन, किनभने उनी विरामी परेपछि मात्र डाक्टरको खोजीमा गई जनतालाई बेवकुफ बनाउने काम गर्यो भने अर्को कुरा प्रधानन्यायाधीश नियुक्ति गर्ने पदाधिकारीहरुलाई त्यो भन्दा ठूलो सजाय हुनुपर्छ । प्रधानन्यायाधीश
पराजुलीले १० कक्षा पास नगरेको जन्ममिति राख्दै नराखेको भए पनि सम्पूर्ण नेपालीले स्वीकारी अनपढलाई न्यायाधीश बनाई सकेपछि विवाद गर्नु अपराध हो, धन्य हो नेपाली विद्वानहरु तपाईहरुलाई त के दोष तपाईले अध्ययन गरेको शिक्षण संस्था र शिक्षा दिने गुरुलाई पनि धिक्कार दिने मन लाग्नु अनौठा होईन, यो देश यसरी चल्दैन । अराजकता फैलाउने नेता तथा अन्य सबै अधिकारीहरुलाई धिक्कार छ ।
न्यायालयतर्फको व्यईज्जतीको
भरपाई नेताहरुले गर्नुपर्छ । प्रधान न्यायाधीशको
बारेमा भन्दा सुगौली सन्धीको बारेमा तथा १९५० को सम्झौताको दफा ९ को भूमि गुमायो, त्यसपछिका महाकाली सम्झौताले सुगौली सन्धी जिवित गराउने प्रयास भए । आफ्नो देशका सर्वच्व अंगमाथि आक्रमण गरी विदेशी पोस्ने काम तुरुन्त बन्द गर्नु पर्ने
ठान्दछौ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *