नेपालमा हरेक क्षेत्र किन असफल भैरहेका छन ?

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

नेपालका हरेक क्षेत्रमा काम गर्ने व्यक्ति पदाधिकारीहरु पाईला पाईलामा असफल देखिएका छन् । कृषि प्रधान देशका कृषकहरु कृषि क्षेत्रमा असफल भएकै कारण अन्न विदेशबाट मगाई रहेका छन् । राजनीतिक क्षेत्रले २००७ देखिको प्रयास खासै सफल भएको छैन् । हरेक निर्णय, संविधानहरुको निलम्बन गर्दै जनताको जनमत बेगर संविधानहरु निलम्बन भए हुदै गए । २००७ देखि २०१७ सम्मको गतिविधि नेपालप्रतिको संकास्पद अवस्था र अराजकताको स्थिति नेपालीको सल्लाह सुझाव र सहभागिता भन्दा बढी निर्दोश नेपालका राजनीतिक पार्टी सिमा पारीबाट भएका देशको हित भन्दा अन्य हकहितमा बढी लागेकाले राजा महेन्द्रले २०१७ पुष १ गतेमा प्रवेश गर्नु परेको तथ्य लुकाउन खोजे पनि लुक्दैन । २०३७ सालको जनमत संग्रहपछि बनेको संविधानलाई २०४७ मा निलम्बन
गराई नयाँ संविधान २०४७ को जनम भयो त्यो संविधानको पनि नेताहरुद्वारा घाटी रेटियो । जनतालाई भेडा
बनाईयो ।
राजभक्त र देशभक्त हौ भन्ने पार्टीहरुले माओवादी नामको पार्टीलाई फिल्डमा उतार्यो जे भयो जसले जे गर्यो सबै नेता तथा आज ३० वर्ष उमेर पुगेका सम्पूर्णलाई थाहा भैसकेको छ । २०७२ सालको संविधानको जनम पत्रिका पनि थाहा छ । आज यो वर्तमानको संविधानको पनि विद्वान भनिने कानून वेद हौ भन्नेहरुबाट मात्र नभई जनताको लागी लड्ने भिड्नेहरुबाट नै संविधानको उल्लंघन भई रहेको छ ।
आज सबै भन्दा दुःख लाग्ने कुरा के पनि भएको छ भने हाम्रो साझा न्यायालय माथि प्रत्यक्ष आक्रमण भएको छ । आज एक न्यायाधीशबाट अर्का प्रमुख न्यायमुर्तिको व्यईज्जती भएको छ । भोलीको दिनमा उनी पनि चोखो रहने छैनन्, उनी माथि पनि आक्रमण हुनेछ । जसले सर्वोच्व अदालतका बेच्न बहिस्कार गरे । भनिन्छ कार्यालय प्रमुख इमान्दार लोभी पापी छैन र स्टाफलाई घुसखान, ढिलासुस्ती गर्ने माथि कारवाही गर्ने भन्छन् भने कुनै पनि स्टाफले त्यस्ता कार्यालय प्रमुखलाई सहयोग नगरेका उदाहरण छन् । मुखमा हजुर हजुर हुन्छ हुन्छ भन्ने अन्तमा काम विगारी बदनाम गराउने षडयन्त्रमा लागेका हुन्छन् । जस्तो कि प्रजातन्त्रको पुनरवहाली २०४७ पछि कुनै काम गर्दा वैदेशिक सम्बन्ध गर्दा नेताहरु राजालाई हजुर हजुर हुन्छ सरकार भन्दै आफू खुसी भ्रष्ट काम गर्दै जादा अन्तमा २०५२ सालको फागुन १÷२ गतेको उदय
भयो । गाउँ गाउँमा त्राही त्राही मच्चियो । त्यो खेल त्यस बेलाका सत्ताधारीको थियो ।
त्यस्तै त्यस्तै खालका कुकृत्य काम प्रधानन्यायधीश माथि भन्ने कि सर्वोच्व अदालतमाथी भएको हो ? अव नेता दलाल ठूला भनिने व्यापारी मति भ्रष्ट विदेशी कम्पनीहरु नेपालमा आखाडा जमाई बसी रहेका र नेपालका बैंकबाट ऋण लिई व्यापार उद्योग
गरेर अन्तमा राजश्व बैंक व्याज सावा समेत नतिरी फरार हुने प्रकृतिले गर्दा नेपालका पदाधिकारीहरुलाई समेत लोभ देखाई नेपाली जनतामाथि नै आघात पार्ने खालका काम गरी गराई अन्तमा सर्वोच्व अंग सांसद, न्यायालय,
राजसंस्था माथि आक्रमण गरेका तथ्यहरु हामी सबै सामु छन् । हामी निरिह त के गर्न सक्छौ तर राज्य संचालन गर्ने शासन नेताहरुले भने नबुझी नहुने भएको छ । यदि नेता
सरकार कसैले लोभ्याउदा र विश्वासमा पार्दैमा मख्ख पर्ने हो भने भोली नेपाल रहे पनि नेपाल भित्रको श्वास रहने छैन । यस देशका कर्मचारी आफ्नो कार्य जिम्मेवारीलाई थाती राखी अनविज्ञ रहेर नेता र राजनीतिक पार्टीलाई सघाई आफ्नो जिम्माको काम विगर्नेमा लागि रहेका प्रमाणहरु हामी सँग छन् जस्तो कि आफ्नो जिम्मेवारी पुरा नगरी प्रधान न्यायाधीशको
रेकर्ड नोकरी विवरण राखी समयमा सूचना दिन नसक्ने न्याय परिषदका सचिवले अनधिकृत प्रधान न्यायाधीशलाई अवकाश दिने काम गरेका छन् । त्यो काम हेर्दा त हासो उठ्छ कि महेन्द्रनगर नगर विकास समितिका जिम्मामा
रहेको साझा सम्पत्ति रेजर्व जग्गा वदनियत पुर्वक खोका छाप्रा नामका अध्यक्षद्वारा गैर कानूनी रुपबाट अनधिकृत घडेरी वितरण गर्न लगाउनु जस्तो भएको छ । साझा सम्पत्ति माथि भ्रष्टाचार भएको सबैले देख्ने बोल्ने र व्यवस्थित कुनै पनि सरकारले नगर्ने न भ्रष्टाचारमा कारवाही गर्न पाउने आधिकारिक संस्थाबाट कारवाही
हुने । त्यस्तै यस्तै काम समयमा नगर्ने अन्तमा राष्ट्रलाई नै क्षती पुग्ने गरी वकवास गर्ने जस्ता कार्यले गर्दा नेपालको अवस्था आज यहाँ सम्म पुगको छ, देश आज जकडिएको छ ।
हरेक अवस्थामा हुने परिवर्तन व्यवस्था इत्यादि फेल भै रहेका छन् । लोभी जनता र नेताहरुलाई लोभ्याउन विदेशी सफल चालवाजीका योजनाहरुको पर्दाफास गर्नु पर्ने आजको आवश्यकता रहेको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *