खानी तथा भुगर्भ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

१. २०१७ साल अघिको स्थिति
नेपालमा पंचायती व्यवस्थाको प्रादुर्भाव अघि खनिज सम्पदाको खोजी तथा यसको समुचित उपयोगतर्फ कुनै ठोस र योजनावद्ध प्रयास भएको
देखिदैन । देशका विभिन्न भागहरुमा स्थानीय रुपले खानीवाट निकालिएका धातुहरुबाट साना तिना व्यवसायहरु परम्परागत रुपमा संचालन गरिएको भए तापनि देशको विकासमा यसको स्थान नगण्य रुपमा थियो । खास
गरी कच्चा फलाम, तामा, गन्धक आदिको सीमित उत्खनन् र प्रयोग भएर आईरहेको भए तापनि यी भण्डारहरुको वैज्ञानिक खोजी, भण्डारमा
रहेको खनिज बस्तुको परिमाणको
निर्धारण र व्यापारिक सम्भाव्यता
आदिवारे केही जानकारी थिएन ।
२. २०१७ साल पछिको स्थिति
पंचायती व्यवस्था लागु भएपछि कार्यान्वयन भएको नेपालको दोसो्र योजनादेखि यसतर्फ विभिन्न प्रयासहरु भएका देखिन्छन् । तेस्रो योजनाको शुरु वर्षसम्ममा करीव १००० स्क्वाएर माइल क्षेत्रको भौगर्भिक सर्वेक्षण समाप्त भएको अनुमान गरिएको
थियो । यस वेलासम्म गोदावरीको
सिंगमरमर, कुलेखानी, अख्यौली र
फिवरका तामाखानी, सिंगमरमर, नेताडार्लिङ्ग र तमघासको कोबाल्ट खानी, कालीगण्डकीको सुन, काठमान्डौ उपत्यकाको मट्टीकोइला र ग्यास, फुलचोकी र लब्दीखोलाको फखाम खानी, दैलेख क्षेत्रको तेल र बन्दरे खोला क्षेत्रको खरिढुङ्गा बारे केही अध्ययन भएको देखिन्छ । यसका साथै पूर्व २ नं र पश्चिम १ नं. मा अभ्रख, काठमान्डौ र हेटौडा क्षेत्रमा चुन ढुङ्गा, पुर्व ३ नं. वाप्सामा तामा तथा ठोसेफलाम खानीको पुर्व लगानी अनुसन्धान तथा अन्वेषण कार्यहरु गरिएका थिए । यसै योजना कालमा खानी विभागका लागी प्रयोगशाला भवनको निर्माण कार्य सम्पन्न गरियो ।
तेसो्र योजनाकालमा खनिज अनुसन्धान र अन्वेषणको कार्यलाई योजनावद्ध रुपमा विकसित गर्दै लैजाने उद्देश्यले खानी विभागको अलावा खनिज अन्वेषण विभाग छुट्टै स्थापना गरियो ।
तेस्रो योजना कालमा खानी विभागले भैसे र चोभारको चुनढुङ्गाको विस्तृत सर्वेक्षण, कम्फुघाट खरिढुङ्गाको म्याग्नेसाइट, बेरिगखोला र कर्राखोलाको पाइरेट, मस्र्याङदी र सेती नदीमा सुन, लमजुगमा पेग्मेटाइट र माइका संखुवासभामा अर्ध किमती पत्थर सम्बन्धी खोजी कार्य सम्पन्न गरियो । यसका साथै खरिढङ्गा म्याग्नेसाइट खानीमा बन्र्ट म्याग्नेसाइट र फ्युज्डम्याग्नेशियम फस्फेट, कर्रा खोलावाट ग्लास, र बेरिग खोलाको पाइरेट भण्डारबाट सल्फर र सल्फरिक एसिडलाई व्यावसायिक प्रयोगमा ल्याउन सकिनेवारे प्रारम्भिक अध्ययनहरु सम्पन्न गरिएको तथा गणेश हिमालको सीसा जस्ता खानीको विस्तृत सर्भेक्षण गर्ने कार्य गरियो ।
यस अवधिमा भौगर्भिक सर्वेक्षण विभागले महाकाली, सेती गण्डकी र लुम्विनी अंचलको करीब ८५०० वर्गमीलको भौगर्भिक नक्सा तथा ३००० वर्गमीलको रेकोनासान्स नक्सा तयार पार्यो । यसका साथसाथै सिद्धिखानी, इलाम संखुवासभामा तामा खानी, काठमान्डौ उत्तरमा पेग्मेटाइट र अन्य विभिन्न ठाउहरुमा फस्फेटको
खोजी गर्ने प्रारम्भिक कार्य सम्पन्न
गर्यो ।
तेस्रो योजनाकालसम्ममा खानी तथा भौगर्भिक क्षेत्रमा गरिएका प्रयासहरुमा खनिज अन्वेषण प्राथमिकता पाउदै आए तापनि पता लागेका खानीको औद्योगिक उत्पादन गर्नेतर्फ प्रयासहरु गर्न सकेमा मात्र देशले वास्तविक रुपमा लाभ प्राप्त गर्न सक्ने हुनाले चौथो योजनामा पता लागेका खानीहरुको विस्तृत पुर्व लगानी अध्ययन गर्ने, नयाँ खनिज भण्डारहरुको खोजी गन तथा खनिज अन्वेषणका लागी प्रयोगशाला, जनशक्ति तथा अन्य पुर्वाधारहरु सृजना गर्नमा जोड दिइएको थियो ।
चौथो योजनाकालमा पश्चिमी तराइमा पेटो्रलियम, काठमान्डौ उपत्यकामा ग्यासको, लुम्विनी, सेती र माहाकाली अञ्चलहरुमा फस्फेट आदि खाजी गर्ने कार्य गरियो । यसका साथै एरोम्याग्नेटिक सर्ने गर्ने, गण्डकी, धौलागिरी र लुम्विनी अञ्चलको २५००० स्क्वायर किलोमिटरमा भौगर्भिक खनिज खोजी गर्ने, खरिढुङ्गा म्याग्नेसाइटको विस्तृत अनुसन्धान गर्ने, तनहुको भुतखोलामा पाइएको तामाको,
महाभारत शृङ्खलामा चुन ढुङगाको र इलाम र संखुवासभाको तामा खानीको विस्तृत अध्ययन, भैसे दोभान (मकवानपुर) को चुनढुङगाको विस्तृत अन्वेषण आदि कार्यहरु गरिए ।
पत्ता लागेका खनिज सम्पदाबाट औद्योगिक उत्पादन शुरु गर्ने दृष्टिले खरि ढुङ्गाको म्याग्नेसाइट, भैसेको चुनढुङ्गा, फुलचोकीको फलाम,
कर्राखोलाको ग्लास, बेरिग खोलाको पाइरेट्स उपयोग र नाइट्रोजिनस मल खाद कारखाना स्थापना गर्नेतर्फ अध्ययन गरियो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *