बाजुरामा जलविद्युत् केन्द्रको नहर भत्किँदा विद्युत् अवरुद्ध

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
बाजुरा, ३ चैत्र
जिल्ला सदरमुकाम मार्तडीमा
रहेको त्रिवेणी साना जलविद्युत् केन्द्रको नहर भत्किँदा आजदेखि विद्युत् अवरोध भएको
छ ।
नहर नजिकै बडिमालिका नगरपालिकाले खानेपानीको ट्यांकी निर्माण गर्ने लागेको अवस्थामा बिहीबार राति आएको वर्षाले नहर भत्काएपछि विद्युत् अवरोध भएको त्रिवेणी साना जलविद्युत्का व्यवस्थापक दयाराम पण्डितले जानकारी दिनुभएको छ । व्यवस्थापक पण्डितका अनुसार खानेपानीको ट्यांकीको भित्ताको पर्खाल भत्किँएपछि विद्युत् सेवा अवरोध भएको हो ।
विद्युत अवरोध भएपछि जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालय प्रभाबित हुनाका साथै जिल्लामा सञ्चालन हँुदै आएका अन्य कार्य समेत बन्द हुने भएका छन्
भने विद्युत् ग्राहक समेत मर्कामा परेका
छन् ।
विद्युतको नहर भत्किँएका कारण पुनःनिर्माण गर्न दुई दिन लाग्ने भएको उनले बताए ।
विद्युत् अवरोधका कारण जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयको दैनिक कामकाज ठप्प हुने भएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *