अछामका स्वास्थ्य संस्था स्थानीय तहलाई हस्तान्तरण

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
अछाम, ३ चैत्र
अछामका सबै स्वास्थ्य सस्था स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले जिल्ला समन्वय समितिका संयोजक नरबहादुर कँवरमार्फत सबै स्वास्थ्य सस्था स्थानीय तहलाई हस्तान्त्रण गरेको हो ।
जनस्वास्थ्य अधिकृत झनक ढुंगानाले शुक्रवारदेखि स्वास्थ्य सस्थाहरु जिल्ला स्वास्थ्य कार्यालयको नरहेर
औपचारिक रुपमा स्थानीय तहको मातहतमा रहेको घोषणा गर्नुभयो ।
समन्वय समितिका संयोजक कुँवरले १० वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई स्वास्थ्य संस्था हस्तान्त्रण गर्नुभएको छ ।
स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्ने विषयगत कार्यालय मध्ये स्वास्थ्य कार्यालयले पहिलो पटक स्वास्थ्य संस्था स्थानीय सरकारलाई हस्तान्त्रण गरेको
हो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *