आफूलाई कर्तव्य बोध हुनैपर्छ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

जवसम्म आफूलाई आफ्नो कर्तव्य बोध हुदैन तवसम्म न आफ्ना परिवारको उन्नति हुन्छ न देशको परिवारमा रहेका १० सदस्य मध्ये कोही जुवाडी, कोही सरावी, कोही अनुशासनहीनको अवस्थामा पुगेका हुन्छन् भने त्यो परिवारको उन्नति हुनै सक्दैन । त्यस्तै यो देशको पनि छ, जनताको पक्षमा उभिने हरेक नेता राजनीतिक पार्टीहरुले
राष्ट्रप्रतिको आफ्नो कर्तव्यबोध हुनै पर्छ । अरु कोही दार्शनिक, विदेशी दलालहरुको स्वार्थी चंगुलमा नफसेर देशप्रतिको कर्तव्य निर्वाह गर्नै पर्छ । नेपालमा जे जति राजनीतिक पार्टीहरु छन् ती सबै एकै परिवारका सदस्य सरहको व्यवहार हुन जरुरी हुन्छ । परिवारमा भाईहरु भिन्न भएझै पार्टीहरु परिवारमा भाईहरु छुट्टीएर अलग परिवार भए पनि आफ्नो कुलधर्म पौराणिक पैत्रिक आस्थामा भने समानता रहेको हुन्छ । त्यस्तै जुनसुकै राजनीतिक पार्टीहरु भए पनि राष्ट्रको पहिचान जोगाउने विश्व सामु सर्वश्रेष्ठ रहन सक्ने इच्छा आकांक्षा राखी राष्ट्रमा एकता रहनु अत्यन्त अनिवार्य भईसकेको छ । नेपाल २ सय वर्ष पुर्व आत्मनिर्भर थियो जे अरु देशमा पाईन्छ त्यो हामी सित पनि छ र यहा“ पनि पाईन्छ । दक्षिण एसिया आफ्नै ऋषिमुनीहरुको दर्शनमा अगाडी बढी रहेको बेलामा अंग्रेजहरुको आक्रमण भई एसियाका केही राष्ट्रहरुमा अंग्रेजले कब्जा
गरी शासन गर्यो, यहा“को मौलिकता माथी कुटनीतिक आक्रमण भए पनि यहा“को समाजको आस्थामा प्रत्यक्ष चोट पुर्याएको देखिदैन तर त्यसपछिका दिनहरुमा विभिन्न देश परस्पर आक्रान्त भएका छन् । जव भारत, पाकिस्तान, बंगलादेश, म्यान्मा, भुटान जस्ता देशहरु अंग्रेजको कब्जामा थिए केही हिन्दु मुस्लीम दंगासम्म समय समयमा भए पनि अन्य
आन्तरिक युद्ध थिएन । अंग्रेजले भारत वर्षका अनेकौं राष्ट्रहरु माथि शासन गर्यो (नेपाल बाहेक) उसले आफ्नो धर्मको उदय संसारभरी
गरायो र भारतले पनि त्यसबाट अछुतो रहन सकेन ।
भारत खण्डलाई दक्षिण पश्चिमबाट अंग्रेजहरुले एकिकरण
गर्यो र उत्तरी क्षेत्रबाट पृथ्वीनारायण शाहले एकिकरण अभियान सुरु
गरी सानो हिस्सा पृथ्वीनारायण शाहको कब्जामा रह्यो भने ठूलो हिस्सा विश्व विजेता अंग्रेजको जिम्मा रह्यो । त्यसबेला अंग्रेजले शासन गरेका स्थानहरुबाट सम्पूर्ण प्राकृतिक सम्पत्तिमा केही प्रयोग गर्यो केही धन सम्पत्ति हिरा, जवाहरात, सुन, चादी लगायतका बहुमूल्य धातुहरु आफ्नो देशमा लगेर गए कै कारण आजसम्म त्यही सम्पत्तिमा रमाएको छ तर नेपालले यस क्षेत्रमा रहेको प्राकृतिक सम्पत्ति आजसम्म राखेकै थिए र
छन् । त्यतिबेला नेपालको सम्पत्ति, मौलिकता सनातन हिन्दुत्वलाई कब्जा गर्न सकेको थिएन, जुन आज लुटिन लागेको छ । हामी मौन छौं । नेपालका हरेक पदाधिकारी शासकहरुले आफ्नो कर्तव्य केवल हाम्रा पुर्खाहरुको बदनानी गर्न, उनकै शालिक तोड्ने काममा समय खर्च
गर्यो गरिरहेका छन् । आफ्नो कर्तव्य विर्से, समयमा निर्वाचन गर्न बन्द
गर्यो अरु त छोडौं संवैधानिक अंगहरु जस्तै न्याय परिषद्ले प्रधान न्यायाधीश भर्ना गर्दा आवश्यकता पर्ने सबै प्रमाण माग्यो उनको बारेमा संसदमा सुनुवाईको बहस चल्यो, कही कतैबाट अवरोध भएन । अन्तमा आएर कसैको सिकायतमा उल्टा काम भईरहेको छ र भयो । यो वेइज्जत गोपाल पराजुलीको नभई सम्पूर्ण नेपाली जनताको सम्झनुपर्छ । भनिन्छ मुगु मुस्ताङका जनता जव मोटर बाटो थिएन पैदल रुपैडिया,
टनकपुर, पिथौरागढ, अल्मोडा गएर घ्यू बेची नून खरिद गरी ल्याउथे त्यसबेला व्यापार गरेको स्थान टनकपुरमा खरिद विक्रि गर्दा हिसाव
नगरी घर गएपछि कुनै शिक्षक या विद्यार्थीसित हिसाब गरी माग्थे र कहिलेकाही त आधा रकम गुमाएको आएको देखिन्थ्यो, आज त्यस्तै भएको छ यो देशमा । कुनै जिम्मेवार पदाधिकारीलाई नियुक्ति गर्दा सबै कुराको हिसाब छानविन नगरी अवकाश लिनेबेला छानविन गर्दा ठीक त्यस्तै घाटा हुन लागेको थियो । उदाहरणको लागि प्रधान न्यायाधीशको अवकाश र राजीनामा त्यसैबीचमा राष्ट्रपतिलाई सपथ खुवाउनु जस्ता अपराधिक गतिविधि गर्न गराउनु के नेपालको हितमा गरिएको हो ? त्यो कदापी हुन सक्दैन् । नेपाललाई पाईला पाईलामा गलत काम गरी गराई अथवा सही काम लाएपनि गलत देखाई यो देशलाई असफलता तिर
डोर्याउन गरिएका प्रयास र प्रमाणहरु हुन्, यस्ता व्यक्तिहरुको जिम्मा यो देश जानु दुर्भाग्यपूर्ण होईन भन्न सकिदैन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *