बेलौरी नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी नगर घोषणा गर्न अभियान सञ्चालन

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, ३ चैत्र
कञ्चनपुरको बेलौरी नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी नगर घोषणा गर्न संकल्प अभियान थालिएको छ ।
अनौपचारिक रुपमा गत साउन महिना बाटै थालिएको अभियानलाई आज विहिबारबाट औपचारिक रुप दिइएको हो । घरमा हुने सुत्केरी शुन्यमा ल्याउने र आगामी २०७५ जेठ मसान्त भित्र कञ्चनपुर जिल्ला मै पहिलो पूर्ण संस्थागत सुत्केरी नगर घोषणा गर्ने बेलौरी नगरपालिकाले योजना बनाएको छ ।
यस आर्थिक वर्ष २०७४–७५ को साउन देखि हाल सम्म बेलौरी नगरपालिका भरीका ५०० जना महिला सुत्केरी भएकोमा घरमा सुत्केरी हुने महिलाको संख्या शुन्य
रहेको बेलौरी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । घरमा सुत्केरी गराएर मात्र अभियान सफल नहुने उल्लेख गर्दै यसका लागि गर्भवति भएको समयमा नियमित ४ पटक गर्भ जाँच, १८० आइरन चक्की र १ जुकाको औषधी सेवन, टि डि खोप लगाई स्वास्थ्य संस्था मै प्रसुति गराउने र सुत्केरी भए पछि पनि ३ पटक आमा र बच्चाको स्वास्थ्य जाँच गराउनु पर्ने बेलौरी नगरपालिका स्वास्थ्य शाखाका संयोजक मान बहादुर चन्दको भनाइ छ ।
पूर्ण संस्थागत सुत्केरी नगर घोषणा गर्नका लागि महिला स्वास्थ्य स्वयंसेविकाको सबैभन्दा महत्वपूर्ण भूमिका रहने हुँदा आफ्नो टोलछिमेकमा रहेका सबै गर्भवति महिलालाई परामर्श दिई स्वास्थ्य संस्थामा ल्याउन बेलौरी नगरपालिकाका उपप्रमुख चित्र कुमारी चौधरीले आग्रह
गरिन् । नगरपालिकाले बनाएको योजनालाई सफल पार्न स्वयंसेविकाले मात्रै नभएर गर्भवति महिलाको घरपरिवारले पनि स्वय. कृयाशील हुनुपर्ने महिला स्वास्थ्य स्वयंसेविका तारा चौधरी बताउछिन् । बेलौरी नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी नगर घोषणा गर्नका लागि बेलौरी नगर कार्यपालिकाको बैठकले नै सुत्केरी भएपछि पनि ३ पटक आमा र बच्चाको स्वास्थ्य जाँच गराउने महिलाई प्रोत्साहन स्वरुप रु. तिन सय प्रदान गर्ने निर्णय भएको बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल
चौधरीको भनाइ छ । कञ्चनपुर जिल्ला मै पहिलो पूर्ण संस्थागत सुत्केरी नगर घोषणा गर्ने बेलौरी नगरपालिकाको संकल्प अभियानलाई सफल पार्न मात्र नभई स्वास्थ्य संस्थामै प्रसुति सेवा लिई आमा र बच्चाको जीवन सुरक्षित राख्न पनि यो अभियान आवश्यक छ । यद्दपी यसअघि पूर्ण खोप युक्त घोषणा, खुला दिशा मुक्त घोषणा लगायतमा यस्ता थुप्रै अभियान गरिएका थिए तर केबल ती अभियान घोषणा मै सीमित
रहेको कञ्चनपुर जिल्लामा पूर्ण संस्थागत सुत्केरी घोषणा अभियानलाई निरन्तरता दिन त्यत्तिकै चुनौती छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *