महिलाहरु व्यवसायीक सीप सिकेर आत्मनिर्भर बन्दै

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, ३ चैत्र
कञ्चनपुर लगायत विभिन्न क्षेत्रका महिलाहरु व्यवसायिक सीप सिकेर आत्मनिर्भर बन्दै गएका छन् ।
देशमा बेरोजगारीको समस्या दिनानुदिन थपिदै गएकोले घर परिवनर चलाउन समस्या भएपछि महिला पनि विभिन्न सीपहरु सिकेर आफ्नो गुजरा चलाउने गरिरहेका छन् । आफ्र्नै भूमिका केही गर्नुपर्छ भन्ने भावनाले यहाँका जनताहरु सीपमुलक काम तिर अगाडि बढ्दै गएका छन् । त्यस्तै कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकाका महिला आत्मनिर्भर हुनका लागि व्यसायीक सीपसिक्न तिर आक्रसित बन्दै गएका छन् । जनसंख्या बृद्धी संगै देशमा मचिन लागेको
बेरोजगारीलाई मध्य नजर गर्दै आयमुलक सीपसिक्न तिर महिला उन्मुख हुनलागेका हुन ।
बेल्डाँडी गाउँपालिकामा फागुन ११ गते देखि जेठ १० गते सम्म सामाजिक कल्याण र सहायता संगठन नेपालको आयोजनामा ३ महिने निःशुल्क सीपमुलक हाते कढाई (बुटिक) तालिम संचालन भएको छ । उक्त तालिममा बेल्डाँडी गाउँपालिकाका २० जना महिला सहभागि भएका छन् । सो कढाई बुटिक तालिम ५,६ बर्ष लामो अनुभव भएका प्रशिक्षक गणेशी चौधरीले दिई राख्नु भएको छ । उनका अनुसार “ यो ३ महिनामा सुट, साडी, ब्लोज, घुम्टी, लेहङ्गा आदीमा कढाई गर्न सिकाइने बताए ।” यो सीप सिकेर काम गर्यो भने आत्मनिर्भहुने बताए । मैले पनि यसरीनै काम सिकेर काम सिकाउन सम्म पुगेको बताए । सहभागीहरुले भने यो काम सिकिसके पछि आयमुलक काम गर्ने बताउनु भयो । कसै कसैले यस्तो काम सिकेर प्रशिक्षकको भुमिका निर्वाह गर्ने समेत जनाउनु भयो । सहभागी लक्ष्मी उपाध्यायले भने “यो काम सिकिसके पछि घरपरिवार अन्य बेरोजगार महिलाहरुलाई काम सिकार्ई सबैलाई दक्ष बनाउने कुरा बनाए ।” यस्तो काम बेल्डाँडीमा पहिलो पटक आएको बताउदै सबै सहभागिहरुले ध्यान पुर्वक सीपसिक्न अनुरोध समेत वहाको रहेको थियो ।
बजारीया कढाई भन्दा आफैले हातले बनाएको कढाई राम्रो हुने वहाँको विश्वास रहेको छ । पछिल्लो समयमा सीपमुलक कार्य सिक्नमा बेल्डाँडीका महिलाहरु उत्साहित देखीएका
छन् । यस्ता कार्य फेरी पनि ल्याउनु पर्ने सहभागीहरुको माग रहेको छ । धरै जसो महिलाले ब्युटी पार्लरको काम फेरी दिनु पर्ने बताउछन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *