छ वटा नगरपालिकामा कुष्ठरोग निवारण अभियान आजदेखि संचालन हुदै

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, ३ चैत्र
कञ्चनपुरका ६ वटा नगरपालिकामा आजदेखि कुष्ठरोग निवारण अभियान सञ्चालन हुन लागेको छ ।
नगरपालिकाभित्र रहेका वडाहरुमा रहेका स्वयमसेवकलाई परिचालन गरी
कुष्ठरोगलाई निवारण गर्न लागिएको हो । प्रदेश न.७ कैलाली र कञ्चनपुरमा
कुष्ठरोगहरु लुकेर बस्ने गरेको हुँदा हाल कञ्चनपुरका छ वटा नगरपालिकाहरुमा
कुष्ठरोग निवारण अभियान कार्यक्रम संचालन हुने जनस्वास्थ्य कार्यालयले जनाएको
छ ।
जिल्ला जनस्वास्थ्य कञ्चनपुरले चैत्र ४ देखि ७ गते सम्म छ वटा नगरपालिका भीमदत्त, महाकाली, वेदकोट, शुक्लाफाँटा, कृष्णपुर र पुनर्वास नगरपालिका रहेका कुष्टरोगिहरुलाई पहिचान गरि स्वस्थ जीवन यापन गर्ने र जनसंख्या जनघत्व बढि भएको ठाउँमा तिब्ररुप हुने गरेको कञ्चनपुर जिल्लामा २०१० देखि २०१७ सम्म देखा पर्ने गरेको हुनाले केही लुकेर बसेका हुन सक्ने कारणले रोगीहरुको खोज गरि रोग न्यूनीकरण गर्ने मुख्य उद्देश्यका साथ
कुष्टरोग खोज पड्ताल टोलि घरदैलोमा
परिचालन हुने जिल्ला जनस्वास्थ्य प्रमुख भवानी भट्टले बताएका छन ।
उनका अनुसार “परिचालन टोलिका लागि २० वटा स्वास्थ्य संघसंस्थाहरु बाट ६१८ स्वयंसेवकहरु रहने र एनजीओ
र आईएनजिओहरु को पनि सहयोग रहने बताएका छन ।
समयमै उपचार गरे निको हुने र औषधि निशुल्क पाईनुका साथै कुष्ठरोग बढि किटाणु भएको (एम.बि.) र कम किटाणु भएको (पि.बि.) गरि दुई प्रकारका हुने गरेको भट्टले बताएका छन् ।
हालै कञ्चनपुरमा गत आर्थिक वर्ष तथ्यांकअनुसार ५२ कुष्टरोगी हरुको पहिचान भएका छन । नयाँ केस ५३ वटा दर्ता भएका छन ।
बेल्डाडी गाउँपालिका, बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकामा भने उक्त अभियान संचालन नहुने जिल्ला जनस्वास्थ्यले बताएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *