नयाँखाले नववर्ष

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

वर्षैपिच्छे वसन्तमा
नयाँ पूmलको सपना देखियो
तर वैशाखहरू
नयाँ बोतलमा
पुरानै जाँड आए
यसपालि त अलिक नयाँखाले
नववर्ष पर्खिरहेछु ।
रगत आँसु र पिपहरूमा
वैतरणी बगिरहेछ देश
नववर्ष नदीहरूमा
पानी आइदिए हुन्थ्यो
नववर्ष पूmलहरूमा
अमन फुलिदिए हुन्थ्यो
बाटो बथानेर बसिरहेछु ।
जाजरकोटेहरू भन्दै थिए
‘मतिभ्रष्ट केही वर्षहरू आए
र, हाम्रा सबै हर्षहरू खाए
हामीले त आयो नुन पनि खा’छैन
हामीलाई त सिटामोल पनि था’छैन
जीवनको अँधेरो सुरुङमा नयाँ
किरणको सम्भावना
खोजिरहेछु ।
यति धेरै मृत्यु रोपिएछ माटोमा
कि लासको कुनिउँ देखेर
ज्यू सिरिङ्ङ हुन पनि छोड्यो
मान्छे मर्दा मान्छे रुन पनि छोड्यो
वृद्धहरूको दुखेसोले
बुद्धलाई छुन पनि छोड्यो
दुखान्त नाटकको पटाक्षेप पर्खिरहेछु ।
बितेको दशकमा–
थुप्रै साइलकहरू आए
शकुनि र दुःशासनहरू आए
अब आउने नयाँ वर्ष
दधीचि र कर्णहरू आऊ
म बिसेनगर्ची
साइतको दमाहा बजाइरहेछु ।
(गत वर्षको अन्नपूर्ण पोष्टबाट
साभार)
०००

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *