पैतृक सम्पत्तिको हकदार छोरा कि छोरी ?

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

हाम्रो समाजमा ऋषिमुनि तथा विद्वानहरूको अन्तिम अनुसन्धान पछि छोरीले बिहा गर्न अर्काको घर जाने नियम र प्रचलन बनेको छ । यो नियम धार्मिक, वैज्ञानिक दुबै कुराले ठिक छ तर वर्तमानको समाजले चाह्यो भने छोरीको ठाउँमा छोरालाई अर्काको घरमा विहा गरी दिन कन्यादानको ठाउँमा छोरा दान गर्ने चलन चलाए पनि हुन्छ । त्यसो गर्न न महिलाले सक्छे न पुरुषले । सम्पत्तिको हकदार एक ठाउँमा हुने हो । माइतमा छदा बुवाको र बिहापछि लोग्नेको सम्पत्तिका हकदार प्राकृतिक नियमले बनाएको छ । यदि छोरीको उमेर ३५ पुगिसकेसम्म बिहा भएन भने बुवाको सम्पत्तिको हकदार भाइछोरा सरह हुनेछ भन्ने विद्वानहरूको मत अनुसार मात्र नभई सामाजिक मत पनि रहेको छ । तर राजनीति गर्ने आफ्नो छोरालाई अर्काको घरमा पठाउन र ल्याउन नसक्नेहरू मात्र सामाजिक अपराध गरी समाजमा अशान्ति फैलाउन यी कुरा गरिरहेका छन् । जुन कुरा गर्नु नै हुँदैन । यी कस्ता विद्वान हुन् कि मूर्ख ? या त छोरालाई अर्काको घरमा पठाई छोरीलाई आफ्नै घरमा राखी छोरीको घरबार बसाउन छोराझैं केटा खोजी घरमा नै बिहा गरिदिनु प¥यो र पैतृक सम्पत्ति छोरीकै नाममा रहने कानुन बनाउनु प¥यो, अन्यथा लोग्ने र बुवा दुबैको सम्पत्ति कसरी हडप्न सकिन्छ । नियम कानुनको
कुरा गर्दा यो यस्तो हुन्छ भने भाइसितको भाग अंश छोरीले लिन पनि मान्दैन, दिनेले दिन पनि मान्दैन । अचेलका नेता तथा नेतृहरूको भनाई केवल समाजलाई विक्रान्त पार्ने काम मात्र भएकोले यस्ता विचारकले सर्वप्रथम आफ्नो छोरालाई केटी पक्षको घरमा पठाई बिहा गरिदिनु पर्छ । होइन भने महिला–पुरुष दुबैलाई प्रकृतिले समान अधिकार दिएकै छ त्यसको
इमान्दारिताका साथ पालना गर्नु गराउनु पर्ने देखिन्छ । महिला हिंसाको कुरा गर्दा हिंसा पुरुषबाट मात्र
हुँदैन । महिलाको सहभागितामा महिलाहिंसा हुने देखिएकोले महिला पुरुष दुबैले सतर्क रहनु पर्दछ । वृद्धाश्रममा आउने वृद्ध महिला कसबाट पीडित भएकी हुन् त्यसतर्फ विद्वानहरूको ध्यान जानै पर्दछ ।
जव राजनीतिक नेता तथा नेतृहरुले भाषण गर्न मञ्च पाउछन् त्यसबेला गर्जाहट हुन्छ नारी अधिकार । मानौं मञ्चमा झुन्डिएको छ भने झैं बढी बखान गर्दछन्, घरमा गएपछि उनीहरुबाटै त्यहि अधिकारको हनन् भएको पाईन्छ ।
७ नम्बर प्रदेशको नामाकरण सम्बन्धमा
आज कुनै पनि प्रान्तका नाम राख्ने हिम्मत नेताहरुमा छैन् । अधिराज्यहरुमा प्रान्तहरु बेनामी छन्, नाम राख्नलाई यदि पौराणिक र ऐतिहासिक हिसावले राख्न सुझाव दिएपनि सभासद्हरु मान्दैनन् किनभने उनीहरु त आज पुराना संरचनाहरु, ऐतिहासिक तथ्यहरु मेटाई नयाँ नयाँ आफ्ना मन परेका नातेदार नेताहरुको नामबाट नामाकरण गर्न चाहन्छन्
त्यसकारण हाम्रो भन्नु त व्यर्थ हो तैपनि ७ नं. प्रदेशको नामाकरण ऐतिहासिक पौराणिक पृष्ठभूमिबाट
राख्ने हिम्मत भए मानसखण्ड प्रदेश राख्न उचित
छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *