ग्रामिण क्षेत्रमा बैंकहरु विस्तारमा ढिलाई

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

ग्रामिण क्षेत्रमा बैंकहरु विस्तारमा ढिलाई
दिशानिर्देश समाचार
बैतडी, २६ फागुन
बैतडीका अधिकांश ग्रामिण भेगका क्षेत्रहरुमा बैंकको पहुँचबाट टाढा रहेका छन् । त्यस्तै सिगास गाउँपालिका भने अझै पनि बैंकको शाखा विस्तारमा ढिलाई भएको छ । जनताहरुलाई छिटो छरितो सेवा प्रदान गर्नको लागि बैंक खोल्नु पर्ने आवश्यकता खडकिएको छ । बैंकिङ क्षेत्रको कामकाजको लागि ग्रामिण भेगका कर्मचारी तथा जनताले २ दिनको बास बसेर बैंकङ काराबार गर्नुपर्ने बाध्यता सिर्जना भएको छ । बैतडीका अधिकांश गाउँपालिकामा बैंकिङ सेवा विस्तार हुन सकेको छैन । सरकारी स्तरबाट बैंक खोल्नु पर्ने सिफारिस भएपनि सरोकारवाला निकायले त्यतातिर ध्यान नदिदा अझै सुचारु हुन सकेको छैन ।
त्यस्तै सुविधालाई ध्यानमा राखेर बैंकहरु बैतडीको ग्रामिण क्षेत्रमा विभिन्न बैंकका शाखा स्थापनासंगै स्थानिय तहवाटै बैंकिङ्ग कारोबार गर्न सजिलो भएको छ । सुर्नया गाउँपालिकाको वडा नं २ सतबाँझमा नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडको शाखा स्थापना भएसंगै बैंकिङ्ग कारोवार गर्न सजिलो भएको त्यहाका नागरिकले बताएका छन् । सदरमुकाम धाउनुपर्ने बाध्यता हट्दै जानुका साथै गाउमै बैंकिङ्ग कारोवार गर्न सजिलो भएको गाउँपालिका अध्यक्ष वीर वहादुर विष्टले जानकारी दिनुभयो । सुर्नया गाउँपालिकामा बैंक स्थापना भएसंगै बैंकिङ्ग कारोवार गर्न सजिलो हुनुका साथै ग्रामिण अर्थतन्त्रमा पनि सुधार हुने उनले बताए ।
नेपाल ईन्भेष्टमेण्ट बैंकको सतबाँझमा यही फागुन १५ गते शाखा स्थापना भएको हो । शाखा स्थापना भएपश्चात हालसम्म ८० जनाले बैंकमा खाता खोलेको बैंकका शाखा प्रबन्धक गोविन्द वहादुर विष्टले जानकारी दिनुभयो । जसमध्ये १५ महिला र ६५ पुरुष रहेका छन् । सतबाँझमा रहेको नेपाल ईन्भेष्टमेण्ट बैंकले बैंकिङ्गसम्बन्धी सम्पुर्ण कारोवार गरिरहेको जनाएको छ । बैंकले अन्य बैंकका चेक जम्मा गर्नेे पनि शाखा प्रबन्धक विष्टले बताउनुभयो । यसका साथै बैंकले रेमिट्यान्स सेवा समेत
दिईरहेको छ । जुनसुकै देशवाट पठाएको पैसा विभिन्न रेमिटमार्फ सजिलै पाउन सकिने बैंकले जनाएको छ । बैतडीको सतबाँझसहित दिपायल, मंगलशेन र धनगढी गरी प्रदेश नम्बर ७ मा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडका ४ वटा शाखा रहेका छन । बैंकले ग्रामिण क्षेत्रका ग्राहक सेवालाई ध्यानमा राखी प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तार गरेको हो । आठ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकले हाल ९८ वटा एटिएमबाट सेवा प्रदान गर्दै आएको छ । सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, दोगडाकेदार गाउँपालिका, डिलासैनी गाउँपालिका, मेलौली नगरपालिका बाहेक बैतडीका अन्य ४ स्थानिय तहमा बैंकिङ्ग सुविधा रहेको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *