राज्य व्यवस्थाको एकीकरण र प्रादुर्भाव

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

राजोतराधिकारीहरु मध्ये पृथ्वीले नाबालिग अवस्थामा गद्दीनसीन हुनुपर्दा मुख्तियारी र नागवत्वको नेतृत्वमा राष्ट्रको राजकाज चल्नु
परेको कारणबाट भारदारहरु बीच व्यक्तिगत स्वार्थ र शति संञ्चय गर्ने प्रबृतिबाट सिर्जना भएको वैमनश्यता, षड्यन्त्र घात प्रतिघात लगायत तत्कालिन अबस्थामा वाध्य भई तिव्वत चीन ब्रिटिस कम्पनीसंग परेको युद्धका कारणहरुले १८२५–१९०३ को पछिल्लो भागलाई संकटमय तुल्याईदिएको पाइन्छ ।
श्री ५ बडा महाराजधिराज पृथ्वी नारायण शाहले ५३ वर्षको
उमेरमा स्वर्गारोहण पश्चात् मौसुफका उत्तराधिकारीहरुले पनि नेपाल राज्यको विस्तार कार्य जारी राख्नुको साथै नेपालीहरुको एकता र विश्वास कायम राखी राजाकै नेतृत्वका जनता र मुलुकको कल्याण गर्ने प्रयासहरु
जारी नै राखेका छन् । तर इतिहासको क्रुर विडम्बना स्वरुप त्यतिबेला स्वार्थ र शक्ति संचय गर्ने प्रवृतिमा बृद्धि भएको कारणबाट सिर्जना भएको बैमनस्यता, षड्यन्त्र, घात प्रतिघात लगायत तत्कालिन अवस्थामा वाध्य भई तिव्वत, चिन, ब्रिटिस कम्पनीसंग गर्नु परेको युद्ध र नावालिग अवस्थामै गद्दीनसिन हुनुपर्दा मुख्तियारी र नायवत्वको नेतृत्वमा राष्ट्रको राजकाज चल्नु
परेको कारणहरुले १८२५–१९०३ को पछिल्लो भागलाई अल्झाउन खोजेको पनि पाइन्छ ।
श्री ५ बडामहाराजाधिराज पृथ्वी नारायण शाहका सुपुत्र श्री ५ प्रताप सिह शाह १८०८–१८६४ को
राज्यारोहण २३ वर्षको उमेरमा भयो । मौसुफको शासनकालमा नेपालको
राज्यविस्तार कार्य अन्तर्गत उपदाङ्गढी र चितौनसम्म फैलियो । यसै अवधिमा उव्जनी अनुसार जग्गाको वर्गीकरण गर्ने कार्य पनि भयो र जग्गाको आम्दानीको छ भागको एक भाग मात्र कर तिरे पुग्ने न्यायोचित कर व्यवस्था पनि लागु भयो ।
त्यसपछि नेपालको राजगद्दीमा श्री ५ रण बहादुर शाह अढाई वर्षको नावालिग उमेरमै गद्दीनसीन हुनु
परेको कारणबाट मौसुफलाई सघाउन श्री ५ राजेन्द्र लक्ष्मीको नायवत्मा मुलुकको शासनव्यवस्था संचालन हुन थाल्यो । यस अवधिमा भएको
राज्यविस्तारको प्रक्रियाले पश्चिममा कास्की, लमजुङ, तनहु, पल्लो नुवाकोट, पैयु, पर्वत, मुस्ताङ, भिर्कोट, रिसिङ जस्ता राज्यरजौटाहरु आफ्नो अधिनमा
लियो । ८ वर्षपछि श्री ५ राजेन्द्र लक्ष्मीको स्वर्गारोहण भयो र राज्यको
मुख्तियारीको दायित्व श्री ५ बहादुर शाहमा आयो ।
श्री ५ बहादुर शाहको मुख्तियारी काल राज्य विस्तारको दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण
मानिन्छ । यसै अवधिमा नेपालको सीमाना पश्चिमको अल्मोडासम्म पुगेको थियो । तर यसै अवधिवीच नेपाल चीन लडाई भयो र १८४८ मा चीन भोट नेपाल सन्धिमा हस्ताक्षर पनि भयो । युवावस्थामा पुगेपछि श्री ५ रण वहादुर शाहमा गद्दीको अभिभारा आयो । चीन र तिव्वतसंगको लडाइबाट नेपालको आर्थिक स्थिती त्यतिवेला दयनीय भएको थियो । श्री ५ रण वहादुर शाहबाट नेपालको एकता कायम गर्ने उद्देश्यले त्यतिबेला छुवाछुत अन्त्य गराउन टुडिखेल नगिच र जगन्नाथ मन्दिरको निर्माण गरेर सवै जातका व्यक्तिलाई भोजमा सम्मिलित गराइयो । कुसविर्ता जग्गा पनि सरकार लाग्ने गरिएपछि कट्टर पन्थीहरुले मौसुफको विरोध पनि गरे । मौसुफबाट एक वर्षका नावालिग श्री ५ गीर्वाण युद्ध विक्रम शाहलाई गदीनसीन गराई सन्यास लिने काम गनि भयो । आपसी वैमनस्यताको
कुर निष्कर्षको परिणाम स्वरुप १९६३ मा श्री ५ रण बहादुर शाहको हत्या गर्ने जघन्य कार्य पनि भयो ।
श्री ५ गीर्वाण युद्ध विक्रम शाह १८५४–१८७३ को राज्यकाल
राष्ट्रियताको प्रवर्दनको दृष्टिकोणले अत्यन्त महत्वपुर्ण ठहरिन्छ । यसै अवधिमा नेपालको सीमा पुर्वमा टिष्टा, पश्चिममा कागडासम्म पुगेको थियो । तर १८७१ बाट शुरु भएको नेपाल
र ब्रिटिश कम्पनी सरकार बीचको घमासान युद्ध पश्चात् १८७२ मा सम्पन्न भएको सुगौली सन्धिबाट नेपालले
धेरै क्षेत्र गुमाउनु पर्यो ।
त्यसपछि पुन ः तीन वर्षका नावालिग श्री ५ राजेन्द्र विक्रम शाह १८७०–१९३८ को काधमा गद्दीको दायित्व पर्न गयो । जिज्युमुमा श्री ५ ललित त्रिपुरा सुन्दरीको नायवत्वमा चलेको शासनकालमा शक्ति र सम्पतिको लुछाचुडी हुने भारदारी षड्यन्त्रहरु चरम सीमामा पुग्न थाले । आपसी वैरभावबाट अरुले फाइदा उठाउने शाश्वत सत्यको उदाहणबाट नेपाल अलग्गिने प्रश्नै हुदैन । १९०३ को असोज २ गतेको दिन जंग बहादुरले जुन भयानक र ह्दयविदारक हत्याकाण्ड (कोतपर्व) गरे, त्यसले राजाको सक्रिय नेतृत्वको छहारीपाई श्री ५ बडा
महाराजाधिराज पृथ्वी नारायण शाहको दिव्यउपदेश बमोजिमको समुन्नत र सुदृढ नेपालको विकास गर्ने नेपाली जनआकांक्षालाई १०४ वर्षसम्म अन्धकार युगमा जकडिदियो ।
राज्यको एकीकरण र विस्तार, राष्ट्रको निर्माण र एकता विभिन्न मुलुकको हकमा विभिन्न कारणबाट भएको पाइन्छ । नेपालमा यी कुराको परिकल्पना अनुसरण र साकार पार्ने काम राजाबाट भयो र राजाले यस्तो लक्ष्य जनआकांक्षाको कदर गरी जनताकै समझदारी र सहयोगबाट सम्पन्न गरे । त्यसैले नेपालमा राजा र जनता बीचको सम्बन्धको इतिहास,
परम्परा र विशेषता बुझ्न अरु
मुलुकका स्थिति र उदाहरण सम्झेर सकिन्न । नेपालमा राजा सक्रिय रहँदा नै नेपालको एकीकरण भयो, राज्य विस्तार भयो, समाज र रीतिथितिको व्यवस्था भयो, न्याय र कल्याणको काम भयो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *