युवाहरुलाई बिक्री गरेर ठगीधन्दा चलाउनेहरु गुणात्मक रुपमा वृद्धि

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

काठमाडौं–नेपालमा वैदेशिक रोजगारीको नाममा लाखौ युवाहरुलाई विक्रि गरेर ठगीधन्दा चलाउनेको संख्यामा बृद्धि भएको छ । आर्थिक अवस्थामा कमजोर भएका नेपालीहरुको सोझोपनलाई नेपाली मेनपावरका ठगहरले ठग्ने गरेका छन् । विडम्बनाको कुरा के छ भने नेपालीले नेपालीलाई नै बढी ठग्ने गरेकाई विभिन्न तथ्यांकहरुमा देख्न पाइन्छ । धेरै जसो युवा विदेशमा पुगेर अलपत्रमा पर्ने गरेका छन् । मेनपावरले राम्रो काम र आकर्षक तलब पाईने भन्दै नेपालबाट फकाएर खाडी मुलुकमा पठाउने छर्दछन् तर उता भएर भने अनुसारको काम नपाउने र विभिन्न मानसिक तथा शारिरिक यातना समेत दिने गरेको पाईएको छ । संसद वा कुनै पनि राजनीतिक मञ्चमा भाषण गर्ने नेताहरुले नेपाली युवा विदेशिनु परेको कथा हाल्न छुटाउँदैनन् । तर, वैदेशिक रोजगार विभागमा पछिल्लो ७ महिनामा परेका उजुरीहरुको सूची हेर्दा त्यहाँ ६२८ जना दलालविरुद्ध ठगीको उजुरी परेको
देखिन्छ । यो तथ्यांकले नेपालमा युवाहरुको बिक्री गरेर ठगीधन्दा चलाउनेहरुको गुणात्मक वृद्धिलाई स्पष्ट पार्छ ।
वैदेशिक रोजगार विभागमा पछिल्लो सात महिनाको अवधिमा ५८
करोड रुपैयाँ ठगी भएको भन्दै उजुरी
परेको छ । विभागमा ठगीका १२१४ वटा उजुरी दर्ता हुँदा पीडित युवाले आफूसँग ५७ करोड ९४ लाख रुपैयाँ ठगिएको दाबी गरेका छन् ।
चालु आर्थिक वर्षको माघ महिनासम्म विदेश पठाउने नाममा ठगी गर्ने ६२८ जना दलालविरुद्ध विभागमा
उजुरी परेको विभागका प्रवक्ता मोहन अधिकारीले जानकारी दिए ।
उनीहरुसँग पीडित कामदारले ४२ करोड ३८ लाख रुपैयाँ बिगो असुल उपर गरिदिन विभागसँग पीडितले माग गरेका छन् । त्यसैगरी माघ महिनासम्म विभिन्न म्यानपावर कम्पनीविरुद्ध ५८६ वटा उजुरी विभागमा परेका छन् । पीडित युवाले म्यानपावरसँग १५ करोड ५५ लाख रुपैयाँ उठाइदिन माग गर्दै उजुरी दिएका
अधिकारीले जानकारी दिए ।
कुल ५७ करोड रुपैयाँ बिगोमध्ये विभागले कामदारलाई १३ करोड ६६ लाख रुपैयाँ रकम फिर्ता गरएको छ । दलालहरुले ठगेको १० करोड २६ लाख रुपैयाँ
कामदारले फिर्ता पाएका छन् भने म्यानपावरले ३ करोड ३९ लाख रुपैयाँ मात्रै फिर्ता दिएका छन् ।
विभागले ७ महिनामा ७१२ वटा उजुरी आपसी सहमतिमा रकम लेनदेन
गराएर फरफारक गरेको छ । विभागले यसबीचमा म्यानपावरविरुद्धको एउटै मुद्धा वैदेशिक रोजगार न्यायधीकरणमा दर्ता गरेको छैन भने दलालहरुविरुद्ध भने १४३ वटा मुद्दा दर्ता भएका छन् ।
विभागले ठगी गर्ने म्यानपावरविरुद्ध एउटै मुद्धा न्यायधिकरणमा लैजाने गरेको छैन । कामदारलाई १० हजारको बिल थमाएर लाखौं ठगी गर्दै आएका म्यानपावरविरुद्ध मुद्दा लड्न अहिले कामदारलाई प्रमाणको अभाव हुने गरेको छ ।
यो वर्ष पनि कामदारले बिगो दाबी गरेको झण्डै १२ करोड रुपैयाँ म्यानपावरले त्यसै पचाएका छन् । म्यानपावरविरुद्धका ६१९ मु्द्धा फस्र्योट गर्दा विभागले ३ करोड मात्रै बिगो भराएको छ ।
विभागले फितलो अनुसन्धान गर्ने र म्यानपावरहरुलाई उन्मुक्ति दिने गर्दा पनि पीडितले ठगिएको रकम फिर्ता पाउने अवस्था छैन । विभागका अधिकारीहरु म्यानपावरको आर्थिक प्रभावमा पर्ने भएकाले म्यानपावररुले ठगेपछि त्यो रकम कुनै हालतमा फिर्ता लिन नसकिने पीडितहरुको गुनासो
छ ।
अहिले विदेश पठाउने बाहनामा ठगी गर्न दलालको गिरोह नै सक्रिय छ । आफू म्यानपावर सञ्चालक भएको दावी गर्दै ठग्नेहरुले पनि ठूलो रकम फिर्ता गरेका
छैनन् । ७ महिनाकाबीचमा पीडितले दाबी गरेको झण्डै ३२ करोड रुपैयाँ दलालबाट विभागले फिर्ता गराउन सकेको छैन । यो वर्ष दलालहरुविरुद्ध १८ करोड ३७ लाख रुपैयाँको बिगो दावी गर्दै न्यायधीकरणमा मुद्धा लगेको छ ।
‘धेरै पीडितले उजुरी नै गर्दैनन्’
न्याय नपाइने भएपछि अहिले पनि वैदेशिक रोजगारीका क्रममा हुने
ठगीका अधिकांश पीडित विभागमा
उजुरीका लागि जाँदैनन् । विदेशिने बाहनामा ठगिएका अधिकांश युवाले त उजुरी नै दिने गरेका छैनन् ।
धेरैजसो विदेशबाट फर्किएका युवाले विभागमा ठगिएको भन्दै उजुरी
दिने गरेको प्रवक्ता अधिकारी बताउँछन् ।
तत्काल न्यायको आशा नै नहुने अवस्थामा मुद्धा मामिलामा थप
रकम खर्च हुने भन्दै उनीहरु पीडितहरु चुप बस्ने गरेको वैदेशिक रोजगार विज्ञ मधुविलास पण्डित बताउँछन् ।
‘हतारमा विदेश जान लाग्दा ठगिएकाहरु थप लफडामा नपर्ने भन्दै
फेरि विदेश जान अर्को प्रक्रिया थालि
हाल्छन् । त्यसैकारण धेरै ठगीका घटना
सरकारको जानकारीमा आउँदैन,’ पण्डित भन्छन् ।
विभागले ठगी गर्ने म्यानपावरविरुद्ध न्यायधीकरणमा मुद्दा नहालेको वर्षौं बितिसक्यो । ठगी गर्ने केहीमाथि समान्य विगो भराएर थप ठगी गर्न प्रोत्सहान गरिएको आरोप पीडितहरुको छ । कति पीडितको मुद्धालाई विभागले त्यसै ‘डिसमिस’ गराएको पीडित युवाहरुको आरोप छ ।
ठगी गर्नेलाई त्यसै उन्मुक्ति दिइरहँदा म्यानपावर ठग्नकै लागि थप प्रोत्साहित हुने विज्ञहरु बताउँछन् । विभागमा
परेका उजुरीको फस्र्यौट गर्न ढिलाइ गर्दा ठगिएकाले थप निराशा भोग्नुपरेको छ ।
लेनदेनमै मिल्छ, कारवाही हुँदैन
तथ्यांकलाई आधार मान्दा विदेश पठाउने नाममा ठगी भएका अधिकांश
उजुरीहरु विभागमै पीडितको ठगिएको
रकममध्ये केही अंश दिलाएर मिलाइन्छ । ठग्नेहरुलाई कुनै कारवाही नै गरिँदैन । ठेगेपछि उजुरी परेहाले पनि थोरै कम दिएपछि विभागले नै कुरा मिलाइदिने गरेको छ ।
विभागबाट ठगी गर्नेमाथि कुनै कानुनी कारवाही पनि नहुने भएपछि दलाल तथा म्यानपावरलाई पनि ठगी गर्न थप अग्रसर हुने गरेको श्रम तथा
रोजगार मन्त्रालयकै अधिकारीहरु
स्वीकार्छन् ।
फरार रहेका दलालहरुविरुद्ध भने मुद्धा न्यायधीकरणमा पुगेको देखिन्छ । तर, सरकारले म्यानपावरबाट हुने ठगीलाई भने ‘अनदेखा’ गरिदिने गरेको तथ्यांकबाटै स्पष्ट हुन्छ ।
गत आर्थिक वर्ष ०७३÷७४मा पनि म्यानपावरले ठगी गरेको भन्दै एउटा पनि मुद्धा विभागले अदालत लगेको
थिएन ।
बिगत तीनवर्षदेखि विभागले ठगी गर्ने म्यानपावरविद्ध एउटा पनि मुद्धा न्यायाधीकरणमा दर्ता गरेको छैन । त्यसअघि पनि निकै कम मात्रामा यस्ता कसुरका म्यानपावरविरुद्ध मुद्धा दायर भएका थिए । सरकारले वैदेशिक रोजगारीमा काकदारलाई रोजगादाताले नै निःशुल्क भिसा र टिकेटको नीति लिएको छ । तर, म्यानपावर ब्यवसायीले यसलाई पालना नगरिदिँदा ठगीको समस्या झनै मौलाएको छ । ठगी गर्नेलाई कारवाही गर्न सरकार उदासीन हुुँदा पीडित कामदारको संख्या बढेको बढ्यै छ ।
गत आर्थिक वर्षमा पनि विभागमा २ हजार ३ सय ८३ वटा उजुरी दर्ता भएका थिए । पीडितले ७५ करोड ७८ लाख बिगो दावी गरेपनि विभागले १५
करोड ९४ लाख रुपैयाँ मात्रै फिर्ता गराएको थियो ।
यो वर्षको अन्तसम्म ठगीको यो गत वर्षभन्दा बढी हुने निश्चित रहेको विभागका अधिकारी बताउँछन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *