भ्रष्टाचारको पहिचान हुन जरुरी

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

आज नेपाल सरकार अर्थात् प्रधानमन्त्रीबाट भ्रष्टाचार निर्र्मुल पार्ने घोषणा गरिसक्नु भएको छ । त्यो नेपाली पहु“च नपुगेका जनताको लागि समग्र देशकै लागि उत्साहजनक प्रकृया हो । भ्रष्टाचार रोक्न
राष्ट्रसेवकको ठूलो भूमिका रहन्छ । राजा वीरेन्द्र तथा ज्ञानेन्द्रले पनि घुस लिदैनथे तर देश भ्रष्टाचार मुक्त हुन सकेको थिएन । २०४७ पछि प्रजातन्त्रवादी भनिने नेता गिरिजा प्रसाद कोइराला स्वयं घुस लिदैनथे, तर भ्रष्टाचार गर्दथे । केवल भ्रष्टाचारको परिभाषा मात्र फरक हो । सर्वप्रथम भ्रष्टाचारको परिभाषा जनता सामु खुलासा हुनुपर्छ अनि मात्र थाहा हुन्छ कि भ्रष्टाचार कसले ग¥यो कसले गरेन भनेर । यदि राजानीतितर्फको भ्रष्टाचार हेर्ने हो भने बडो मार्मिक छ भ्रष्टाचारको कहानी । सत्ता हातमा लिने तर शासन गर्न नसक्नु, बहुमतको सरकार छदाछदै संसद भंग
गर्नु, पुनः निर्वाचन गराउनु, कलमले हुने काम गोलाबारुदको बलद्वारा क्रान्तिको नाममा देश, जनतालाई आतंकित पार्नु, देशको धनजनको क्षति जानिजानी गर्नु, जनताका साझा अधिकारमा एकलौटी गर्नु अर्थात् राज्य नष्ट, भ्रष्ट गर्नु गराउनु । नेपाली जनताका इच्छा विरुद्धका धर्म, संस्कृति, इतिहास मेटाउने जस्ता काम कुरा गर्नु । शिक्षा र स्वास्थ्यमा पहु“च हुनेले मात्र फाईदा लिनु । पहु“च नहुनेले त्यसबाट वञ्चित रहनु, सरकारी
स्तरमा रहेका विद्यालय, अस्पताल, उद्योग, यातायात पूर्ण निजिकरण गर्नु गराउनु, मालसामान, धर्म, राजनीति, औषधि, खाद्यान्न आयात मात्र गर्नु देशमा कानुनी राज्य कायम नगर्नु यी हुन् जघन्य भ्रष्टाचारका निसानीहरू । सरकारी स्कूलका शिक्षकहरूले विद्यार्थीबाट एकसय पेपर फिस उठाई
सत्तरी खर्च गरी बचत तीस रुपैया खर्च देखाई खान्छ भने त्यो र त्यस्ता प्रकारका मात्र भ्रष्टाचार हैनन् । भ्रष्टाचाररूपी कानुन बनाउनु पनि भ्रष्टाचार हो । जस्तो कि निर्माणको कामको बोलपत्र कार्यालय प्रमुख, त्यसपछि यतिसम्मको विभागीय प्रमुख, त्यसपछि सचिव, मन्त्रीपरिषद्ले स्वीकृत गर्नेछ भनी नियम कानुन भेदभावपूर्ण बनाउनु पनि भ्रष्टाचार हुने भएकोले त्यस्ता कामको नियन्त्रण नभएसम्म भ्रष्टाचार रोकिदैन । भ्रष्टाचारको परिभाषा जनतामाझ पुग्नु नै भ्रष्टाचार नियन्त्रण हो ।
७ नं. प्रदेशमा भ्रष्टाचार सु.प. विश्वविद्यालयबाट मौलाएको छ । यस्तो अस्तव्यस्तलाई भ्रष्टाचार र त्यस्तो गर्ने गराउनेलाई भ्रष्टाचारी भन्न सकिन्छ । शिक्षण क्षेत्रमा यसरी भ्रष्टाचार मौलाउनु देशको लागि हानिकारक हुनेछ । यस्तै यस्तै प्रकृतिका कृयाकलाप हुन् भ्रष्टाचारका निसानी । देशलाई क्षति पु¥याउने गरी यातायात, बजार, ब्यापार बन्द गराउनु, नेपाल बन्दको नाममा निरिह जनतालाई दुःख दिने काम पनि भ्रष्टाचारका पहिचान हुन् । कार्यालय, विद्यालय, बन्द गरी गराई काम नगरेरै तलब खानु, नपढाएका दिनको पनि पढाई शुल्क विद्यार्थीबाट लिनु जस्ता क्रियाकलाप पनि भ्रष्टाचारका निसानी भएकोले यस्ता क्रियाकलाप गर्नेलाई भ्रष्टाचार ऐन अन्तरगत सजाय हुनुपर्ने हाम्रो धारणा रहेको छ । हरेक समयमा सडकमा आगो बाली एम्बुलेन्समा हमला गरी एम्बुलेन्स भित्र
रहेका विरामीलाई बाहिर निकाली मार्नु, सार्वजनिक सम्पत्तिमा क्षति
पुर्याउनु, साझा संरचनाको रेखदेखन नगर्नु, निर्माण गरी सम्पन्न भएका तथा निर्माणाधिन रहेका योजनाहरुको लगत नराखी दोहोरा निर्माण देखाउनु यस्तै योजनाबद्ध रुपमा आफ्नो राजनीतिक पार्टीलाई फाईदा हुनेगरी दिउसोभरी ज्याला मजदूरी गरी गुजरा गर्ने मजदूरलाई मजदूरी गर्नबाट बन्दको नाममा बन्द गराउने जस्ता अनैतिक गैर संवैधानिक क्रियाकलाप गरी जनतालाई सास्ती पार्ने काम सबै भन्दा ठूलो अनैतिक भ्रष्टाचार भएकोले सबैभन्दा पहिले यस्ता कामकारवाही रोकिनु भ्रष्टाचारमाथिको नियन्त्रणरुपी हमला ठहरिने छ । छिमेकी राष्ट्र भारतमा यदि कोही सरकारी सेवा होस् वा निजी कम्पनीमा काम गर्नेको मृत्यु भएमा उसको परिवारको लागि मृतकले पाउने सबै सुविधाहरु मृतकको घर आ“गनमा पुर्याई दिने चलन छ तर नेपालमा यदि कुनै कर्मचारीको मृत्यु भयो भने कैयौं वर्षसम्म कर्मचारी संचयकोष समेत फिर्ता पाएको छैन् । थोरै वर्ष काम गरेको काठमाडौंमा आउन जान निकासा माग्न पाउने भन्दा बढी खर्च हुने भएकोले त्यहा“ नगएका तर संचयकोष फिर्ता नपाएका प्रमाणहरु हामीस“ग छन्, सुनुवाई हुदैन । जति लेखापढी गरेपनि कोही सुन्दैन भने ती पनि भ्रष्टाचारको एउटा ठूलो हिस्सा हो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *