एउटा डाक्टर, एउटा न्यायाधीशको यथार्थ पुनः भन्न मन लाग्यो यो लेख मार्फत

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

यो कुनै दन्त्यकथा नभएर यथार्थ, २०२७ सालमा मैले सरकारी सेवाको नियुक्ति २०२७।४।४ मा कञ्चनपुर जिल्ला अदालतको तहबीलदार पदमा भएको थियो । त्यहाँ प्रमोशनको गुञ्जायस त्यतिबेला नलागी लोकसेवाद्वारा मेरो सिफारिस महेन्द्रनगर स्वास्थ्यकेन्द्र (हालको अञ्चल अस्पताल) को प्रशासन फाँटमा भयो । म अस्पतालमा जाँदा त्यहाँ एक लगभग २७÷२८ वर्षीय युवा डाक्टर धु्रवमान श्रेष्ठ हुनुहुन्थ्यो । त्यसबेला त्यहाँ स्वास्थ्य केन्द्रमा एक जना डाक्टर, एक अ.हे.ब. र दुईजना पिएन तथा एक जना प्रशासन तर्फ मुखियाको दरबन्दी थियो । प्रशासनतर्फ खास केही काम थिएन चिठीपत्र लेख्ने, दर्ता–चलानी गर्ने र महिनामा एकदिन तलब बितरण गर्ने काममा मात्र सीमित थियो ।
बिरामीको चाप अत्यधिक थियो । कञ्चनपुर जिल्ला घना जंगलले भरी–भराउ थियो । मलेरिया, हैजाको प्रकोप धेरै थियो । अस्पतालहरू थिएनन् । मेडिकलहरू पनि एक मात्र पाटनी मेडिकल थियो । जुन मेडिकल आज सौजन्य मेडिकलको नामले चिनिन्छ ।
त्यसबेलाको स्वास्थ्य केन्द्र महेन्द्रनगरमा ल्याब थिएन । न कञ्चनपुर जिल्लामा कुनै अन्य ठाउँमा थियो । डा. धु्रवमान श्रेष्ठ बिरामीहरूको बिरामीसित एक्लै लडी रहेका थिए । महेन्द्रनगरमा भर्खरै खुलेको परिवार नियोजनको कार्यालय पनि थियो । त्यसमा एकजना अधिकृत कामेश्वर
राणा, एकजना खरिदार पियन र नर्सको दरबन्दीमा पछि दुईजना अ.हे.ब.हरू पनि रहेकोले केही सुविधा भयो डा. धु्रवमान श्रेष्ठलाई । दिउँसो काम गर्न परिवार नियोजन विदेशी सहयोगमा आधारित थियो । अस्पतालको कामभन्दा पनि नियोजनकै काममा व्यस्त रहेपनि परिवार नियोजनमा डाक्टर नहुँदा त्यहाँ पनि धु्रवमानले नै हेर्दथे ।
स्वास्थ्य केन्द्र र बिरामी प्रतिको जिम्मेवारी…..
२०२८ अषाढ भित्रकै कुरा थियो महाकाली अञ्चलाधीश टेकबहादुर राइमाझीले आफ्नो टूर मुकाममा डाक्टरलाई डडेल्धुरा लैजानको लागि
(असताल) स्वा.के.मा पत्र पठायो, तर डा.ले इन्कार ग¥यो र भन्यो– “म मेरा बिरामीहरूलाई छोडेर टूरमा जान असमर्थ छु” भनेपछि अञ्चलाधीश र डा.को मनमुटाव रहेको झल्किएको मात्र नभई बिरामी प्रतिको माया जिम्मेवारी देखियो । त्यही समयको आसपासमा गोबरैयामा एउटा गरिब सार्कीको छोरा लगभग १२÷१५ वर्षको थियो जामुन खान जामुनको रुखमा चढेपछि फेदमा मालुबेलाको झ्याङ
रहेछ त्यसभित्र ठूलो पाटे बघेनी सुतेकी रहेछ । त्यो केटा डराएर रुखबाट ओर्लदा ठिक बघेनीकै पिठ्यूमा खसेछ र बाघले २ पटक पञ्जा हानी उसलाई फालेर बघेनीले त्यो ठाउँ छोडीदिएपछि रुखमा उ केटासँगै चढेका अरु केटाहरूले खबर गर्दा आफन्त र उसकी आमाले बोकेर स्वास्थ्य केन्द्रमा डा.धु्रवमान समक्ष ल्याए । एन्टीबायोटिकमा टेट्रासाईकलिन केप्सुल स्वा.वि.बाट निकासा भएका १०० क्याप्सुल इमरजेन्सीको लागि राखेका थिए । इन्जेक्सनमा त्यसबेला पेन्सलीन चल्दथ्यो, ति नै प्रयोग गरे । त्यो बाघले झम्टेको केटाको टाउकोमा २÷३ इन्च जति हड्डी थिएन । गिदी मुटु चलेझैं चलिरहेको प्रष्ट देखिएको थियो । कही साधन सम्पन्न अस्पतालमा लैजान सक्ने अवस्थामा केटाकी आमा नरहेकीले
रेडक्रसका अध्यक्ष गणेश सम्शेर
जबरासँग एक बेड मागी वर्तमानमा इमरजेन्सी रहेको भवनमा नै करीब ४०÷४५ दिनसम्म राखी उपचार
गरी निको पारेका थिए । पछि टाउकोको हड्डी बढेर गिद्धिको सुरक्षा पनि भैसक्यो । दिनमा ३÷४ पटक रातीमा, २÷३ पटक त्यो केटाको निरीक्षण गरी रहन्थे उनी ।
बिरामीको चापले गर्दा कहिलेकाही त रातभर सुत्न पाउदैनथे । म त्यहाँ कार्यरत रहँदा सडक नजिकको सानो क्वाटरमा बस्दथे । बिरामी आउँदा राति मलाई नै जानकारी हुने हुँदा जति पटक राती जोसुकै बिरामी आए पनि मेरो क्वाटर देखाई दिनु वा आफै आउनु भन्नुहुन्थ्यो । स्वस्थ्य केन्द्रमा एकजना पियन (पाले) को रूपमा हुन्थ्यो । जुन डाक्टरकै निवासमा बस्ने गथ्र्यो । आफ्ना स्टाफसित भन्ने गर्दथे– बिरामीहरू हाम्रा ज्ञानका डण्डार हुन्, पुस्तकका पाना हुन् ।
त्यस्तै ठ्याम्मै समय याद छैन, २०३२–०३४ भित्रकै कुरा हो कञ्चनपुर जिल्ला अदालतमा एकजना न्यायाधीश थिए । राष्ट्रप्रति बफादार रही देश, जनता, पीडित प्रति न्याय दिन सक्नुपर्छ । झगडिया कोही परिबन्धले हुन्छ कोही जानी जानी अपराध गर्छन् जे जसरी भए पनि हामीले विना लोभ लालच सेवाग्राहीको काम गरीदिनु पर्दछ भन्नु हुन्थ्यो । अदालतका प्रत्येक कोठामा पृथ्वी नारायण शाह तथा राजा महेन्द्रका वाणीहरु उल्लेख गरी राखेका थिए । एकदिन सुडा, दैजी अण्डया पटयाको गाउँमा यौटा गाई कसैको हातबाट मरेछ त्यो केसमा प्रहरीले मिलाई दियो, गाई राष्ट्रकी माता हुन राष्ट्रिय जनावर हो उसमाथि भएको अपराध छिपाउनु हुदैन खुलाई कारवाही गरी गाईलाई न्याय दिनु हाम्रो धर्म हो । प्रहरीबाट मुद्दा नचल्नेगरी मिसिल आएकोले पुनः मौका तहकिकात गर्नुपर्छ भनी अदालतबाट कारवाही गरेको कुरा याद आउछ । उनी त मुस्लीम न्यायमूर्ति थिए तैपनि गाईप्रति देखाएको इमान्दारीताको प्रशंसा गरेका भए पनि सम्बन्ध पक्ष भने रिसाएकै थिए । देशको सेवा गर्न राष्ट्रसेवकहरुको आत्मा पवित्र हुनु पर्दछ । उहिलेका र आजका राष्ट्रसेवकमा धर्ति आकाशको फरक छ । न्यायको ठाउँमा अन्याय तर्फ नै हात पसारे पनि
राजनीतिक पार्टीको भक्त भए त्यो पुग्यो सबै अपराध अदृष्य हुन्छन् र निरपराध घोषित गरिन्छ । सरकारी ढुकुटीबाट तलब खाई कुनै एक पार्टीको झोला बोकुवा मात्र नभई न्यायबाट पनि बन्चित गराउने काम भएको यथार्थ छ । पार्टीगत मित्रता रहेका (कर्मचारी)
राष्ट्रसेवक मार्फत गर्न नहुने काम
गरे पनि बात लाग्दैन ।
एक मुसलमान न्यायाधीशले राष्ट्रिय जनावर गाईप्रति गरेको न्याय र आजका हामी हिन्दु परिवारले वर्षभरी गाईको दोहन गरी थोकपछि कोही जंगलमा लगेर रसीले बाँधेर आउछन् भने कोही सडकमा छोडेर जान्छन् । गाईको पक्षमा इन्साफ गर्ने कोही
छैन ।
हाम्रा जगद्गुरु महाराज मोहनशरण देवाचार्य एक मात्र हुनुहुन्छ तर दण्ड दिन सक्ने अधिकार उनमा पनि छैन । केवल दया प्रकट गर्ने मुर्खहरुलाई सम्झाउने काम गर्नु भएको छ । तर अपराधीले सजाए पाउन उनै मुस्लीम न्यायधीश ताहिर अलि अन्सारीको आवश्यकता खड्कि रहेको महसुस
गरिएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *