ऐतिहासिक परिवर्तनको नेपाल

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

नेपाल नामको देशमा समयक्रमले अभूतपूर्व परिवर्तन भएका छन् । यिनको स्वरूप पृष्ठभूमि भिन्न परिवेशमा भएपनि रक्तरञ्जित, घात–प्रतिघात, अविश्वास राष्ट्रप्रतिको बफादारी लगायत राष्ट्रिय भावनाका विविध स्वरूप देख्नमा आए, तर अहिले भएको परिवर्तन नितान्त भिन्न र युगान्तकारी हुन सक्छ । दुईतिहाइ भन्दा पनि भारी बहुमतले बामपन्थी सरकार सत्तामा आरूढ भएको छ र यसका शीर्ष नायक एमाले अध्यक्ष सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओली रहनु भएको यथार्थ हो । उनी कति शक्तिशाली भइसकेका रहेछन् भन्ने सन्देश एमाले पार्टीको सर्वसम्मत निर्णयबाट साविककै राष्ट्रपतिको पुनरावृति भएको छ । यसका आकांक्षी पूर्व प्रधानमन्त्री एवं पूर्व अध्यक्ष झलनाथ खनालको गहन तृष्णा अभिलाषा, राष्ट्रपति हुनका लागि समय समयमा दिएका अभिव्यक्तिहरूबाट छर्लङ्ग
भयो । कार्यकारीको शीर्ष पदमा पुगिसकेका व्यक्तिका निम्ति त्यस्तो आकांक्षा स्वतः बुझ्न सकिने ‘विषय’ हो, तर कसैलाई नमस्कार नगरी स्वाभाविक तवरले राष्ट्रपति हुन सक्ने दम्भले के.पी. ओलीलाई अप्रसन्न तुल्याउनु नै उनका लागि घातक भयो । आधा आधा मत विभाजित हुने भनिए पनि सर्वसम्मत निर्णयबाट अस्वीकार हुनु खनालको निरीहपना प्रकट भएको छ । अर्का प्रतिद्वन्दी क. माधव नेपालको समेत स्वर परिवर्तन भइसकेको देखिन्छ । यसको स्पष्ट अर्थ आजका दिनमा ओलीलाई चुनौति दिन सक्ने हैसियत कसैमा पनि रहेको छैन । विश्वासका लागि हिजोका दिनसम्म ओलीका घोर दुश्मन मधेसवादी दल शरणागतको मुद्रामा उनका सामु उभिएका छन् । संविधान संशोधन नभई समर्थन नगर्ने मात्र होइन आत्मनिर्णय सहित एक मधेसको नारा सेलाएर गएको छ । ओलीले उनका आकांक्षा पूरा हुनेगरी संविधान संशोधन गरिदिने छन् भन्नु, सोच्नु कल्पना बाहिरको छ । त्यही त उनको पुँजी हो ।
राष्ट्रवादी छवि समाप्त हुने कुनै कार्य उनको आत्मघात सिवाय अरु केही हुन सक्तैन । स्पष्ट अर्थमा अलगाववादी दृष्टिकोण राख्ने जो कोही पनि अस्तित्व विहीन अवस्थामा पुगेका छन् । जातीवादीहरू बिलाएर गए । पूर्व पञ्चहरूको अत्तो पत्तो छैन । उनीहरूका गतिविधि जनआकर्षण गर्नसक्ने प्रकृतिका
छैनन् । उनीहरूलाई विश्वास गर्नुपर्ने औचित्य पनि रहेन । त्यसैले पदवीका आकांक्षीहरूमा निरन्तर पलायन भइरहेको छ । त्यो स्वाभाविक पनि हो । संविधानलाई इच्छानुसार परिवर्तन गर्नसक्ने हैसियत चतुर ओलीले प्राप्त
गरिसकेका छन् । त्यसैले राष्ट्रलाई कुन रूपमा स्थापित गर्ने, साँच्चै जनभावना सम्बोधन हुनसक्ने गरी राज्य सञ्चालन गर्न सक्छन् कि सक्तैनन् त्यो नै अहम् प्रश्न हो ।
काँग्रेसभित्र अस्तव्यस्तको अवस्था छ । पार्टी सभापति र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा झण्डै दुईतिहाई मतले संसदीय दलको नेता निर्वाचित भएका छन् । यो दललाई कमजोर बनाउने सर्वाधिक खलनायक
रामचन्द्र पौडेल हुन् । उनको राजनैतिक
धरातल नै समाप्त भएको छ । आपूm जनताबाट तिरस्कृत हुने र जित्नेलाई पराजयको आक्षेप लगाउने, उपनेताको प्रस्ताव अस्वीकार गरी मतदानमा गएका प्रकाशमानलाई आफ्नो हैसियत बोध भएकै हुनुपर्छ । मतदानको बिहानीमा उनको अन्तरवार्तामा दलको नेता निर्वाचित हुने थोत्रो विश्वास धराशायी बन्न पुग्यो । महामन्त्री सशांक कोइरालाको भूमिका भने बुद्धिमत्तापूर्ण थियो । भविष्यका सम्भावना पैतृक विरासत अपेक्षित हुन सक्छन् । यसरी निर्वाचनबाट विपक्षीदलको नेता निर्वाचित भएपछि उनलाई तिरस्कार गर्नेहरु बिलाएर जाने निश्चित छ । त्यसरी अकारण अपमान गर्न खोज्नेहरूको दम्भ समाप्त भएको हुनाले आउँदा दिनहरूमा भागबण्डा र तुष्टीकरण होइन । विधानलाई अधिकारपूर्वक लागू गर्न कुनै बाधा देखिदैन ।
यी तमाम परिप्रेक्षमा वर्तमान बामपन्थी सरकार केवल शासन गर्न मात्र होइन नेपाललाई अभूतपूर्व दिशा दिन अग्रसर हुनैपर्ने अनिवार्यता छ । शक्ति पृथकीकरणको सिद्धान्त धराशायी हुनसक्ने खतराका लक्षण प्रष्ट देखिदैछन् । न्यायालयलाई राजनीतिमा हस्तक्षेप हुनसक्ने गरी चासो नराख्न प्रधानमन्त्रीको चेतावनी सामान्य हुन सक्तैन । माधव नेपालले त धम्कीकै भाषा प्रयोग
गरिसकेका छन् । स्वतन्त्र न्यायालयमाथि प्रहार गरिसकेका छन् । स्वतन्त्र न्यायालयको अस्तित्व समाप्त हुने त होइन सम्बन्धित सबैका लागि घोर चिन्ताको विषय बनेको छ । उसरी पनि स्वयं सर्वोच्च अदालत आफ्ना कतिपय निर्णयहरूबाट विवादित बन्दै गएको छ । न्यायिक जगत मेरो आत्मा भएको हुनाले यसका सम्भाव्य दुर्गतिले चिन्तित र दुःखी तुल्याएको छ । सेटिङ्ग मिलाउने व्यापक हल्ला हुने गर्दछन् ।
यस्तो शक्तिशाली सत्तामा आरूढ दुइतिहाइ भन्दा बढीको मत प्राप्त सरकारका लागि निरंकुशताका परोक्ष संकेतबाट खतरा पनि ल्याउन सक्छन् । आम सर्वसाधारणलाई शान्ति, रोजगार, सम्मानपूर्वक आफ्नै देशमा बाच्न पाउने संवैधानिक व्यवस्था व्यवहारमा लागू हुन सकेन र व्यवस्थित भएन भने ऐतिहासिक परिवर्तन विनाशक दुःखदायी र अन्ततः असफल राष्ट्रमा परिणत भई त्यो
परिवर्तन अस्तित्व मेटाउन सक्ने पनि हुनसक्छ । अबको मूल खतरा वित्तिय व्यवस्थापन नै हुने लक्षण सुखद हुन सक्तैन । शासकहरूका लागि ठूलो परीक्षाको घडी छ । सत्तालिप्सा, दम्भ–अहंकार, ऐश्वर्यमय विलासी जीवन भ्रष्टाचारको दावानल समाप्त भएन भने नेपाल समाप्त हुन समय लाग्ने छैन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *