कञ्चनपुरमा जगतगुरु देवाचार्य गौरक्षा अभियानमा सरिक

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

महेन्द्रनगर, १९ फागुन । ७ नम्बर प्रदेश कैलाली कञ्चनपुरका जिल्लामा राष्ट्रिय जनावर गाईको वेहाल भएको भन्दै जगतगुरुले गाई रक्षाका लागि महाअभियान थालेका हुन् । जगत गुरुको अगुवाईमा कञ्चनपुरका विभिन्न स्थानका मन्दिरमा गौरक्षा महायज्ञ शुरु गरिएका छन् ।
कञ्चनपुरको उत्तरी चुरे क्षेत्र भम्केनीमा नेपाल आमाको मूर्ति निर्माणका लागि देशव्यापी अभियानमा जुटेका जगत गुरु बालसन्त मोहन देवाचार्य गौरक्षा अभियानमा जुटेका छन् ।

भीमदत्त नगरपालिका–१ भुवनेश्वरी महादेव शिवमन्दिर, ५ सुकासालको विश्वकर्मा मन्दिर र १८ कटानको राधाकृष्ण मन्दिरमा एकसाथ महायज्ञ संचालन गरिएको हो । महायज्ञमा छाडिएका गाई ल्याएर स्थानीयलाई पाल्न वितरण गरिन लागिएको छ । दुध दिन छाडेपछि स्थानीयले नै छाडेका गाईलाई महाअभियान मार्फत वितरण गर्न लागिएको छ । जगत गुरु बालसन्त मोहन देवाचार्यले कैलाली कञ्चनपुरमा राष्ट्रिय जनावर गाईको अपहेलना गरिएकाले गाई रक्षाका लागि स्थानीयलाई जागरुक गराउन महायज्ञ मार्फत गाई वितरण गर्न लागिएको बताए ।

‘गाई मानिसको माता हुन्, ‘जगत गुरुले भने, ‘नेपालको त राष्ट्रिय जनावर पनि हो, हामीले गाईलाई संरक्षण गर्नुको साटो उल्टै सडकमा छाडिरहेका छौँ ।’ गाईको दुध खाएर मानिस विवेशिल बनेको बताउदै उनले धार्मिक, साँस्कृतिक, राष्ट्रिय हिसाबले गाई संरक्षणका लागि स्थानीय जागरुक बन्नुपर्नेमा उनले जोडदिए । आचार्य घनश्याम लेखकले धार्मिक एकताको प्रतिक र राष्ट्रिय जनावर गाईको तराईका जिल्लामा व्यवस्थापन नभएका कारण वेहाल भईरहेको भन्दै यज्ञ मार्फत जागरण ल्याउने बताए । पृथ्वीमा रहेका मानव र पशुको अधिकार संरक्षणका लागि आत्यात्मिक तरिकाबाट योजना ल्याएको उनले बताए । ‘गाई संरक्षणका लागि भित्रीमनैदेखि मानिसले आँट गर्नुपर्छ, ‘उनले भने, ‘गाईलाई पशुका रुपमा मात्र नभई धार्मिक साँस्कृतिक रुपमा समेत हेरिनुपर्छ ।’

भुवनेश्वरी महादेव शिवमन्दिरका संयोजक धनसिह बडाकलले स्थानीयले घरबाट पशु चौपाया पछिल्लो समयमा विकराल बन्दै गएकाले त्यसको नियन्त्रणका लागि महायज्ञ आयोजना गरिएको बताए । छाडिएका गाई घरमा लगेर पाल्नेलाई सम्मान गरिने बताए ।

भीमदत्त नगरपालिका–१ का वडाअध्यक्ष आसेफ कुँवर(भुन्टु)ले गाई संरक्षणका लागि स्थानीय तहमात्र नभई यसरी नागरिक समाज समेत जागरुक भएपछि छाडापशु समेत व्यवस्थापन हुने बताए । स्थानीयले घरदेखि पशु छाड्दा सडकदेखि गाउँबस्तीसम्म विकराल समस्या निम्तिएको उनले बताए । समाजिक कामका लागि स्थानीय तहले समेत साथ दिने उनले बताए । कञ्चनपुरका स्थानीयले समेत जगत गुरुको अभियानको स्वागत गरेका छन् ।

कञ्चनपुरका स्थानीय समाजसेवी गजेन्द्र बहादुर चन्दले जगत गुरुको अभियानबाट स्थानीयमा गाई संरक्षण गर्नुपर्छ भन्ने जागरण आएको बताए । ‘दुधदिन छाडेपछि घरबाट गाईलाई छाड्ने परम्परा थियो, ‘उनले भने, ‘जगत गुरुले गाईको महत्व बारे जागरण ल्याएपछि स्थानीय सचेत हुँदै गएका छन् ।’ घरबाट अनाहक रुपमा छाडिएका पशुका कारण सडक क्षेत्रमा सवारी दुर्घटना, अन्नबाली नष्ट, फोहोर निम्तिएको भन्दै गाई संरक्षण अभियानले यी समस्या न्यूनिकरण हुने आशा गरिएको छ । कञ्चनपुरका स्थानीय तहले छाडा पशु चौपया व्यवस्थापनका लागि भन्दै बजेट विनियोजन गरेर काम थालेपछि समस्या समाधान हुन सकेको थिएन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *