चैतमा प्रादेशिक बजेट ल्याउने तयारी

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

काठमाडौं–प्रदेश सरकारले आगामी चैतमा पेश्की बजेट ल्याउने तयारी गरेको छ । मन्त्रिपरिषदको पहिलो बैठकले गरेका घोषणा कार्यान्वयन गर्न नीति निर्माणदेखि आयोजना छनोटका लागि मुख्यमन्त्रीले निर्देशन दिएका छन् ।
प्रादेशिक विकास एवं सुशासन प्रवर्द्धन समितिको शुक्रबार बसेको पहिलो बैठकमा मुख्यमन्त्री गुरुङले मन्त्रिपरिषदले गरेका निर्णय कार्यान्वयनका लागि तयारी गर्न र प्रादेशिक गौरवका आयोजनाका खोजी गर्न निर्देशन दिएका छन् ।
पञ्चवर्षीय आवधिक योजना नै बनाएर सरकारलाई गति दिने मुख्यमन्त्रीको तयारी छ । ‘मन्त्रिपरिषदको घोषणा कसरी कार्यान्वयन, प्रादेशक गौरवका आयोजना छनोटदेखि आगामी बजेटसम्म छलफल भयो’ प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले भने । चैत अन्तिममा ४ महिने बजेट ल्याउने तयारी छ । बजेट अघि नीति तथा कार्यक्रम ल्याउनुपर्ने भएकाले त्यसको तयारी भइरहेको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बस्नेतले जानकारी दिए ।
‘त्यही नीति तथा कार्यक्रमकै आधारमा पहिले ४ महिने बजेट ल्याउने तयारी छ,’ बस्नेतले भने । चैतमा ४ महिने बजेट ल्याएर असारमा आर्थिक वर्ष ७५र७६ को बजेट ल्याउने तयारी भइरहेको हो । नीति तथा कार्यक्रममा समावेश गर्न प्रादेशिक गौरवका आयोजनाको खोजी गर्ने काम सम्बन्धित मन्त्रालयले गरिरहेका छन् । साथै २१ गते बस्ने संसदको बैठकमा पेश गर्न केही कानुनी विधेयक तयार भइसकेका छन् ।
अब प्रत्येक बुधबार ९ बजे मन्त्रिपरिषदको बैठक बस्ने तय भएको छ । ‘नियमित बैठक बसेर अब प्रादेशिक आयोजना तथा कार्ययोजना बनाएर अघि बढ्ने बताएका छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *