देशप्रतिको माया अमर रहनुपर्छ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

कोही व्यक्ति कसैको मन नपर्न सक्छन् त्यो अलग कुरा हो तर देशप्रतिको माया अमर रहनु पर्दछ । जसरी आफ्नोे नितान्त निजी घरजग्गा यहि देशको माटोमा हु“दा जती माया त्यो सम्पत्तिको लागी हुन्छ त्यो भन्दा हजारौं गुणा बढी माया देशको हुनुपर्छ । आज देशको सिता खाने मित्रहरुले देशलाई सक्दो सेवा गर्नु कर्तव्य हो । सिंहदरबारका अधिकार मात्र हैन नायारणहिटीका अधिकारहरु गाउ गाउ“ पुगेका छन्, पाइने भएका छन । गाउ“ गाउ“ आएर गाउ“को सेवा गर्नु नै देशको सेवा गर्नु हो भन्ने सोचेर सम्पूर्ण राष्ट्रसेवक शिक्षक कर्मचारीहरुले घरदैलोमा रही सेवा गर्नु उत्तम नै ठहरिने भएकोले आफ्ना निजी र सामुहिक हक हितको सुरक्षाका साथै गाउ“को सेवा गर्नु नै हाम्रो धर्म र कर्तव्य हो । गाउ“ गाउ“मा नया“ संरचनाहरु निर्माण भएका छन् तर पनि जनताले नया“ अनुभव गर्न र उपलब्धीको अनुभूति गर्न पाएका छैनन् । देशका साझा सम्पत्तिको दुरुपयोग भई रहेको छ, जसले जती लुट्न सक्यो लुटी रहेकै छन । यौटा दुईटा जनप्रतिनिधिले मात्र केही गर्न सक्दैन, मतदाता सबैले देशको खातिर देश र जनताका साझा सम्पत्ति साझा अधिकार जोगाउने संरक्षण गर्ने काममा अग्रसर हुनु पर्दछ । गाउ“ गाउ“मा हरेक प्रकारका विकृतिहरु फैलिएका छन् तर हामी चुपचाप छौं, छिमेकीले घरेलु मानव हिंसा र गौ हिंसा गरेको हामीले देखेका छौं, जानेका छौं । सार्वजनिक सम्पत्तिमा अनधिकृत कब्जा जमाएर बस्नेहरु बसेका छन् । हामी हाम्रो के गर्यो सरकारको हो गर्न देउ लुटन देउ सके तिमी पनि लुट तर तिमी सक्दैनौ त हामी के गरौं भन्ने धारणा हामीमा रहन्छ भने यो देश हाम्रो
कसरी भयो ?

सबैका सामु छ गाई चरन, मसानघाट, पानीघाट जस्ता सार्वजनिक स्थलहरुमा सरकारी कर्मचारी र नेताहरुको अनधिकृत मिलेमतोमा एकाधिकार गरी बेची सक्यो, हामी किन भन्दैछौं भने प्राकृतिक तथा मानवीय नियम कानूनले पनि साना नदी र ठूला नदीका किनारा कति छोडेर बसोबास गर्नु पर्छ भनि तोकिएको छ । तर पनि नेता कर्मचारीको बदनियतले आज न हामीस“ग गौचर, पाटीबाट रह्यो न मसानघाट । मसानघाट सम्म नराख्ने हामी जनता हाम्रा नेता कर्मचारी कस्ता हौं ? नगरको विकास गर्न खोलिएका नगर विकास समितिहरुले साझा सम्पत्तिको दुरुपयोग गरेको हामी सबै सामु छ जो सित अधिकार छ उसले भागबण्डा मिलाउछ बा“की कसैको कुरा कोही सुन्दैन । नगर कस्तो हुनुपर्छ गुरुयोजना बनाएर शहर बसाएको हुन्छ र रेखदेख गर्न नीति निर्माण गर्न नगरपालिका महानगरपालिकाको जिम्मा जनताले लगाएको हुन्छ तर ति अधिकारीहरु आज निरिह बनेका छन् । रातीराती भिमदत्त नगरपालिका क्षेत्र लगायत देशका विभिन्न ठाउ“हरुमा रातोरात अनधिकृत तरिकाले मापदण्ड विपरितका भवनहरु निर्माण भैरहेका छन् । नगरपालिकाबाट बजार क्षेत्रमा भवन बनाउदा नक्सा पास नगरी बनाउन नपाउने प्रावधान नियम कानून छन तर कसले हेर्ने र रोक लगाउने दण्ड सजाय गर्ने वा नियमित गर्ने अधिकार अन्यौलमा रहेको छ । खै कहा“ कसबाट नियमको पालना भएको छ । नभएकोमा कसले हेरेको छ । अख्तियार अर्थात अख्तियार दुरुपयोग निवारण संस्थाहरुबाट पनि रेडियोमा केवल विज्ञापन दिएर जनताको चित्त मात्र बुझाएको पाइन्छ । अपराधमा बढोत्तरी भई रहेको सबै सामु छ । सबै अधिकारवादीहरुलाई यो देशको माया हुनु पर्यो कि परेन ?

हरेक व्यक्तिलाई नया“ कुरा चाहिन्छ, नया“ घर नया“ जग्गा नव दम्पत्तिमा काम गर्ने उत्सुकता रहन्छ । आज हाम्रो देश नेपालका नेपालीले नया“ नेपालको उत्पत्ति गर्न खोजिरहेको बेला हरेक नया“ चाहना नया“ थोक नेपाली गर्न चाहिरहेका छन् खासगरी नेताहरु । यदि नेताहरुले जनताको राय मत लिन्छन् भने हामीले दिनुपर्दछ त्यो हाम्रो कर्तव्य पनि हो । नया“ संरचना भैरहेको देशमा देशको खातिर राष्ट्रसेवकहरुले आधापेट खाएर पनि आफ्नो इमान र धर्म सम्झी अग्रणी भूमिका निभाउने नेताहरुको लायक ठहरिएको काम कुरामा साथ दिनुपर्छ । नेताहरु नीति वनाउने हुन त्यो नीति देशको हितमा छ वा छैन अध्ययन गरी उच्च ओहदाका कर्मचारी तथा नेताहरुले देशप्रतिको माया अमर रहने क्रियाकलाप गर्नु पर्दछ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *