देशको पहिचान मेटाउनेहरुबाट के आशा गर्ने ?

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

नेपाल आमाको पहिचान मेटाएर गाउँ शहर मुहल्लाको पहिचान जिवित रहनै सक्दैन । गाउँको पहिचानमा विविधता छ त्यस कारण अलग पहिचान छैन । समग्रमा नेपालको एकनासको पहिचान विश्वसामु पुगेको छ, थियो तर सप्रेका बोकारुपी नेताहरुले विश्वमा रहेको नेपालको पहिचान मेटाई गाउँ
शहरको पहिचान खोज्नु केवल मृर्ग तृष्णा तथा सर्वसाधारण जनतालाई वेवकुफ बनाउने काम शिवाय अरु केही हुन सक्दैन । विश्वमा क्रिश्चियन मुस्लीम राष्ट्रहरु रहेका छन् ती राष्ट्रहरुको लागी यो पृथ्वीमा ठाउँ हुनु तर केवल सनातन हिन्दुहरुको लागी ठाउँ नहुनु आज आश्चर्यको कुरा रहेको छ ।

नेपालको भन्दा विसौं गुणा बढी सनातन हिन्दुवादी तिस करोड भन्दा बढी भारतमा छदाछदै नेपाललाई धर्म निरपेक्ष घोषित गर्दा भारत क्षेत्र भित्रका हिन्दुहरु किन आन्दोलित भएनन् । नेपाली नेताहरु त गरिव थिए पाश्चात्य मुलुकहरुको प्रलोभनमा परे भने भारतीय नेताहरुको के स्वार्थ थियो । भारत अंग्रेजको गुलाम देश भएको कारणबाट पछि स्वतन्त्रता प्राप्त भए पनि चलि आएको कार्य शैलीलाई परिवर्तन गर्न कठिन भएकोले विश्वसामु एक मात्र हिन्दु राष्ट्र नेपाल रहेकोमा सन्तोष लिएका थिए त्यहाँका हिन्दुहरुले । आज जव नेपाल माथि धार्मिक आकर्मण भयो तव मात्र भारत भित्र रहेका तिसै करोड हिन्दूहरुलाई होस आए पनि उनीहरु भारत सरकारको नियन्त्रण शासन क्षेत्र भित्र रहेकाले अलग देशहरुको नाताले प्रत्यक्ष हस्तक्षेप गर्न सक्दैनन् तर हिन्दु अधिराज्य रहनै पर्छ भनेर उनीहरु भन्न सक्छन् र भन्नु पनि पर्छ । जव नेपालमा व्यवस्था हिन्दुराष्ट्रलाई धर्म निरपेक्ष भयो गर्यौ भनेर पुष्पकमल दाहाल, केपी शर्मा ओली, बाबुराम तथा गिरिजा प्रसाद लगायतका २÷४ जना नेताहरुले क्रिश्चियन प्रतिनिधि शुभास नेमवाङद्वारा मात्र नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनाउने अधिकार नभएपनि अनधिकृत तरिकाले बनाए । प्रजातान्त्रिक पार्टीका नेता गिरिजा र उनका अनुयायीहरुले समेत जनताका अधिकार खोसेर कुण्ठित पारेकै हुन तर विश्वभरीका हिन्दुहरुलाई तथा मानव अधिकारवादीहरुलाई पनि धिक्कार छ । जनमत बेगर नेपाललाई मुस्लिम क्रिश्चियन राष्ट्र बनाए पनि सहन सक्ने क्षमता भएका तर आफ्नो अस्तित्व मेटाउने हिन्दुहरुलाई हामी धिक्कार दिन चहान्छौं । हाम्रा छिमेकी राष्ट्रहरुका हिन्दुवादीहरुलाई मmन ठूलो धिक्कार छ । भौतिक विकास र धर्मनिरपेक्षलाई नेपालीहरुले जोडेर हेर्दैछन् । भौतिक निर्माण र विकास समयले हुने कुरा हो, हामी जहाज चड्छौं हामी टिभी हेर्छौ, हामी त्यस्तै फोन गर्छौ विकास भएको छ तर हामीले निर्माण गरेका होइनौं । विकासलाई देखाई मनपरी गर्न पाउने छुट कुनै पनि सरकार र नेतालाई छैन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *