सिंहदरबार गाऊँसम्म

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

–थानेश्वर प्रसाद भट्ट । परिवर्तनको रुवरुप सिंहदरबारको अधिकार गाउँसम्म पुगेको बारम्बार भन्ने गरिएको छ, विकेन्द्रित शासन व्यवस्थाको अन्तरनिहित मर्म भित्र यही मौलिक विषय परेको र आम सर्वसाधारणको सत्तामा प्रत्यक्ष सहभागिता वस्तुतः प्रजातन्त्रको आत्मा हो, लीक्ष्छवी कालमा गणराज्यहरुको अवधारणा व्यवहारिक रुपमा क्रियाशील भएको ऐतिहासिक पृष्ठभूमि वर्तमान परिवेश कत्तिसम्म सार्थक र सफल हुन सक्ला यो निकट भविष्यले देखाउने नै छ तर विहानीले दिनको संकेत गर्दछ भने झै अहिलेको अत्यवस्था कर्मचारीतन्त्रको असहयोग ज्ञान सिपको कमीले आम जनमानसमा सिंहदरबारका
नकारात्मक पक्षहरु मात्र प्रकट भइरहेको देखिन्छ, तीन तहका राज्य सञ्चालन अपेक्षा गरे अनुरुप सफल हुन सक्छन् कि व्यवधान आउँछ त्यसको सान्दरर्भिकता विषय बस्तुको गहन समीक्षा आवश्यक लागेको हुनाले अभिव्यक्तिको प्रयास हो ।

व्यक्तिगत रुपमा आफूलाई संघात्मक प्रणालीको विरोधी र यसबाट राष्ट्रको अखण्डता माथि खतरा हुनेमा आतंकित छु, इमान्दारीपुर्वक सुव्यवस्थित हुन सकेत भने एउटा सवल अखण्डित राष्ट्र असफल हुन सक्छ भन्ने मान्यता राख्दछु, राष्ट्रप्रति समर्पण पदसत्ता, पैसाको आशक्ति गरीव देश नेपालमा यथेष्ट मात्रामा रहेको हुनाले व्यक्तिगत लाभ हानीमा नै केन्द्रित रहने यथार्थ पदवीहरुका हानथाप माथि देखि तलसम्म भयानक रुपमा प्रकट भइरहेका छन्, मन्त्री पदमा मात्र होइन कुन मन्त्रालय लिनेमा समेत घोर आकांक्षाबाट आश्चर्यमा पर्ने स्थिति छ, जो मन्त्रालय भए पनि राज्य सञ्चालन कै लागि हुन कसमा गए के लाभ वा हानि हुन्छ बुझी नसक्नु भएको छ, आकांक्षा राख्नु गलत होइन तर यसका लागि मरिहत्ते गर्ने प्रवृत्तिले सकारात्मक संकेत दिदैन, वर्चस्व र सत्ताको लडाई आम सर्वसाधारणका लागि वेसरोकारको विषय रही आएको छ ।

बहुसंख्यक जन समुदायमा परिवर्तनको अनुभूति देखिदैन, मूल कानून संविधानमा खाद्य, स्वास्थ्य, शिक्षा जस्ता विषय मात्र होइन, आत्म सम्मान पुर्वक बाच्न पाउने मौलिक अधिकार भित्र पारिएका छन् यी अन्तर महत्वाकांक्षी विषय हुन सफल भएमा त जनचाहना त्यही हो तर भोकै मर्न पर्ने, सीटामोल समेत नपाउने लूट खसोटको प्रवृत्ति भ्रष्टाचारको गायत्रीमन्त्रले राष्ट्रको दुर्गति भएको छ । संविधानको कितावमा लेखेर मात्र हुने भए त्यो त प्राप्त भई सकेको छ तर कल्पनाले त पेट भर्देन, गर्मीमा लू लागेर जाडोमा शीत लहर, वर्षातमा बाढीको प्रकोप महामारी लगायत आम सर्वसाधारणले भोग्नु परेको पीडामा बढोत्तरी हुँदै गएको उदाहरण भूकम्प, बाढी ग्रस्त अवस्था ज्यूका त्यू छ, वर्षौदेखि अभाव दुःख प्रत्यक्ष देखिने गरेको यथार्थ छिपाएर ढाकिने होइन । विभिन्न राष्ट्रिय अन्तर राष्ट्रिय क्षेत्रहरुबाट प्राप्त अनुमान घुसखोरहरुले सखाप पारे उदाहरणका लागि त्रिपालमा खाद्यमा भ्रष्टाचार भएको सुन्दा शरम लाग्छ बंगलादेशबाट प्राप्त चामल वर्षौसम्म गोदाममा थन्किएर अन्ततः कुहिएर खाडलमा पुर्नु पर्दा पनि निर्लज्जहरुलाई केही नभएको स्थानीय सरकार भन्ने विषय प्रहसन जस्तो बनेको छ । मुर्दाका लागि लडाईएका कफन समेत खान नहिच्काउने डरलाग्दो प्रवृत्तिमा कुनै अंकुश देखिदैन । अरवौंका घोटालाबाजहरु पैसाका बलमा सुरक्षित महशुस गर्छन् । दण्डहिनता शीर्षमा छ, बाहुवलीहरुको दवदवा जताततै व्याप्त छ, यस्तो स्थितिमा जिउधनको सुरक्षा असंभव जस्तै बन्न पुगेको छ, अव स्थानीय, प्रदेश र संघका बीचमा द्वन्दको स्थिति अवश्यमभावी छ । ऐन कानून सबै बनेका छैनन् बस्न्ने खाने कार्यालय सञ्चालन गर्ने स्थान नभएर झोलामा कार्यालय सञ्चालन भई रहेका छन्, वैदेशिक सहयोग पनि चरम दुरुपयोग भएर विकासका योजना अस्तव्यस्त छन्, कति कानून के का लागि कसको के अधिकार कसरी प्रयोग गर्ने भन्ने जानकारी क्षमता र निष्टाको अभाव सबैलाई सुविधा र भत्तामा जोरले गर्दा सिंह दरबारका अधिकार गाउँसम्म त के देशकै अस्मिताको प्रश्न खडा भईसकेको छ ।

भागबण्डाको राजनीति कर्मचारी तन्त्रमा छाडा प्रवृत्ति दलीय आस्थामा आधारित भएर जताततै राजनीतिक कारणबाट कही दलीय व्यवस्था परिवर्तन धरापमा पर्ने त होइन भन्ने प्रवल आशंका देखिएको छ । यसबाट आम जनमानसमा गहन उदासीनता वितृष्णा उत्पन्न हुने क्रम तिव्र बन्दै गएको छ । रोजगारीका नाममा करोडौं नेपाली युवा युवती दासत्वको जीवन विताउन बाध्य हुँदा पनि कथित शाशकहरुमा त्यस्तो चिन्ता देखिदैन, यसको सट्टा रेमिटान्सबाट आएका
रकम आसेपासेहरुमा भागबण्डा ब्रहमलुट हुने गरेको छ । औषधी उपचारका नाममा करोडो. रकम कारण विषेशमा बाड्ने क्रम रोकिएको छैन कमाउने माध्यम बनेको छ । लूट गरेर रजाई गर्ने त्यसको ओचित्य पुष्टी गर्ने प्रयास काटिएको घाउमा नून चुक छर्कने प्रवृतिले सिंहदरबारहरु गाउँमा कसका लागि किन आएका हुन ? यसको जवाफ खोज्नु पनि अपराध परिभाषित हुने संभाव्यताबाट नेपाल नामको देश कहाँ पुग्ने हो
त्यसको प्रतिक्षा बोहक विकल्प पनि केही देखिदैन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *