७ नम्बर प्रदेशको स्थायी राजधानी कहाँ हुने ?

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

–कृष्ण बहादुर चन्द । हालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्र २०३७ सालको वर्षायाममा भएको भुकम्पबाट प्रभावित भएको अवस्थामा सो क्षेत्रको बस्तुस्थिति, जनजीविकाको स्थितिमा सुधार ल्याउन जनताको दुःख कष्टप्रति सम्वेदन भएर २०३७ साल भाद्र महिनामा बैतडीको पाटनमा ७ दिने क्याम्प खडा गरिएको र सोही अवसरमा क्षेत्रको भौगोलिक अवस्था सुधार, विकास प्रयासलाई तिब्रता दिन जनताको जनजीवनमा सुधार ल्याउने अभिप्रायका साथ स्व. राजा विरेन्द्र शाहबाट तत्काल २४ जिल्ला रहेको पश्चिमाञ्चल विकास क्षेत्रबाट ७५ जिल्ला नै कायम रहने गरी सेती र महाकाली अञ्चलका ९ जिल्ला मिलाएर डोटी जिल्लाको दिपायललाई पाँचौं विकास क्षेत्र घोषणा गरिएको थियो ।

नेपालको संविधान २०७२ अनुसार संघीय लोकतन्त्र, गणतन्त्रात्मक व्यवस्था भएको नेपाल संघीय संरचना (Federalism) मा प्रवेश गरिरहेको वर्तमान अवस्थामा विवेकपुर्ण, न्यायपुर्ण सापेक्ष तवरबाट ७ नम्बर प्रदेशको स्थायी राजधानी स्थापना हुन पर्दछ । “संघीयताको आधार, समृतिद्ध, समानता, विकाशका पुर्वाधार” ७ नम्बर प्रदेशको राजधानी पहाडका जिल्लामा हुनु पर्दछ, जसका लागि उपयुक्त स्थल र स्थान बैतडीको पाटन सर्वाधिक रुपमा उचित छ ।

१. यातायात सुविधाका लागी दशरथचन्द लोकमार्ग, पाटन पञ्चेश्वर सडक यातायात सञ्चालनमा रहेको र स्तरोउन्नति तिव्र गतिमा भैरहेको हवाई यातायातका लागी हवाई मैदानको स्तरोन्नति निर्माणकार्य तिव्र रुपमा भैरहेको, शिक्षा क्षेत्रमा उच्च शिक्षा तथा प्राविधिक शिक्षालयको स्थापना
भैसकेको, शैक्षिक तालिम केन्द्र लगायतका सरकारी कार्यालयहरु तथा क्षेत्रिय सडक, सिचाई जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालयहरुका साथै सुरक्षा अंग लगायतका आवश्यक निकायहरु रहेका छन् ।

२. नेपाल सरकारबाट निर्णय भए अनुसार बैतडीको पाटनलाई १० औं नयाँ शहरको रुपमा विकास गर्ने र सो का लागि आवश्यक काम कारवाहीको गति तव मात्र सम्भव हुन सक्छ जव समानता र सन्तुलन कायम हुन्छ, यसैले ७ नम्बर प्रदेशको स्थायी राजधानी पहाड जिल्लामा नै हुन अति उत्तम र फलदायी हुन्छ । प्रदेशको स्थायी राजधानी बन्नका लागि आवश्यक पर्ने प्रयाप्त जग्गा उपलब्ध हुन सक्ने, चौतर्फी खुला भूभाग प्राकृतिक नदीनाला, प्राकृतिक सौन्दर्य भू–बनोट र पर्यटकीय क्षेत्र रहेको छ ।

३. बैतडीको पाटन क्षेत्रको समुचित विकास र व्यवस्थान गर्न पाटन नगरपालिका समिति क्रियाशिल रहेको साथै शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बैतडीबाट सडक तथा भवन निर्माण लगायतका निर्माण कार्यले गति प्रदान गरेको अवस्था छ । विकासका सम्भावना बढदै जादाँ र प्रदेशको स्थायी राजधानी भएका भौतिक संरचना निर्माणका लागी स्थान, जमिन तथा स्वच्छ खुला वातावरणीय अवस्था रहेको सर्वाधिक रुपमा व्यवस्थापन गर्न सकिने अनुकुल अवस्था विद्यमान रहेको छ ।

४. ७ नम्बर प्रदशको स्यायी राजधानी तराई क्षेत्रमा हुनु हुदैन, पहाडका जिल्लामा हुन अति उपयुक्त हुन्छ । विगतका वर्षदेखि पहाडी जिल्लाका मानिसहरु निरन्तर रुपमा द्रुतगतीमा बसाई सराई, कामकाज, रोजगारी, घुमफिर रुपमा पलायन हुने क्रम बढदो अवस्थामा छ । पहाडी जिल्लाहरुको विकास नभए क्षेत्रका जनताको जीवनोसारमा अभिवृद्धि हुनै सक्दैन । त्यसैले आधारभूत रुपमा विकासका पुर्वाधार, कृषि पर्यटन, उद्योग, बनपैदावार जडिबुटी, यातायात, खनीज पदार्थ आदिको विकास तव मात्र सम्भव छ जव एकिकृत रुपमा रोजगार प्रबद्धन विकास हुने गरी योजना नीति तर्जुमा गरिनु पर्दछ ।
७ नम्बर प्रदेशमा ७ वटा जिल्ला पहाडी भूभागमा पर्दछन् भने २ वटा जिल्ला कैलाली (धनगढी) र कञ्चनपुर (महेन्द्रनगर) भारतीय सिमवर्ती भूभाग जोडिएका छन् । प्रदेशको राजधानी हाललाई अस्थायी भनिएर धनगढीलाई तोकिएको छ, जुन पुर्णयता अवैज्ञानिक, अव्यवहारिक, अपारदर्शी किसिमबाट
गरिएको जगजाहीर भएको छ । साँचो अर्थमा पहाडको विकास नभै सिंगो देशको विकास हुन सक्दैन, पहाडलाई उपेक्षा
गरीए त्यो न्योचित भएको ठहरदैन । ७ वटै पहाडी जिल्लाका मानिसहरु नै हाल तराईका जिल्ला कैलालीको धनगढी र कञ्चनपुरमा बस्ने गरेका छन् भने पहाड तिनको मूल पुख्र्यौली, पारमपरिक बसोबास स्थल हो । विना पुर्वाग्रही, पक्षपातरहित, दलगत स्वार्थ विना, विरोधाभास रहित नारा जुलुस विना पहाडबाट तराई बसोबास गर्ने र पहाडमा बसोबास गर्ने ७ नम्बर प्रदेशका जनताले भावनाको विकासका साथै ७ नम्बर प्रदेशका प्रदेश सभाका जनताका प्रतिनिधिहरुको सकारात्मक सोच र न्यायका आधारबाट ७ नम्बर प्रदेशको स्थायी राजधानी पहाडी जिल्लामा हुन जरुरी छ ।

५. ७ नम्बर प्रदेशको स्थायी राजधानी पहाडको जिल्लामा हुनुपर्ने जनमत व्यापक भएको अवस्था छ, जुन मुनासिव र न्यायोचित पनि छ । यसैले जनताको भावनाको उचित कदरका साथै विकासको गतिलाई परिणाममुखी बनाउनुपर्छ । पहाडको जिल्लाहरुमा भौगोलिक अवस्था स्थिति वातावरणीय र भौतिक पुर्वाधारका अवस्थामा हाल क्रमिक सुधार हुदै गैरहेको वर्तमान परिप्रेक्षमा यातायात सञ्जालबाट पहाडका सबै जिल्लाहरु जोडिन पुगेका छन्, यसर्थ एक जिल्लादेखि अर्को जिल्लासँगको समीपता बनिसकेको अवस्था छ, यस विषय बारेमा ७ नम्बर प्रदेशको राजधानी पहाडका जिल्लामा बन्ने कुरामा कुनै खास जटिलता र प्रश्न उठ्नु अस्वभाविक हुन्छ । पहाडका जिल्लामा नयाँ शहर निर्माण गरी बस्ती विकास गर्दै पहाडको जनजीवनमा आमूल परिवर्तनको नीति निर्धारण र निर्णय गर्ने अर्को तिर तराईका जिल्लामा दिनानुदिन जनघनत्व बढदै गैरहेको अवस्था छ । त्यही प्रदेशको राजधानी बनाउने नेपाल सरकारको अदूरदर्शिता अपारदर्शिता र असन्तुलन निर्णयले पहाडका जिल्लाको विकास कल्पनामा मात्रै सिमित रही बस्ती उजाड हुन सक्ने स्थिति आउन सक्छ कि ? आर्कोतिर पहाडका जिल्लामा समुचित विकास हुन नसक्ने भोलिका दिनमा पहाडको जनजीवनमा प्रतिकुल प्रभाव पर्नुका साथै जनजीवन कष्टकर हुँदै जाने र तराईमा बसोबास रहन सहन असहज अप्रत्यासित प्रतिकुल प्रभाव नपर्ला भन्न सकिदैन तसर्थ पहाडी क्षेत्रको विकासका लागी ७ नम्बर प्रदेशको राजधानीका आदरणीय प्रतिनिधि ज्यूहरुको बुद्धिमानी र गहन जिम्मेवारी तथा दुरगामी सोचले सकारात्मक परिणाम दिनैपर्छ । यसका साथै तराईको कैलाली (धनगढी), कञ्चनपुर (महेन्द्रनगर) मा बस्ने पहाडी मूलका जनता सबैले पहाडप्रतिको अगाध सम्बन्ध र विकास प्रतिको चाहनालाई सुस्फुर्ति सम्मानजनक रुपबाट मन, बचन र कर्मले व्यवहारबाट चरितार्थ गर्नै पर्दछ । ७ नम्बर प्रदेशको स्थायी राजधानी पहाडको जिल्लामा हुनुपर्दछ । प्रदेशको राजधानी स्थापना गर्न प्रदेश सभाबाट निर्णय गर्ने संवैधानिक व्यवस्था रहेको अवस्थामा काम चलाउ सरकारका वहिरगमन स्थितिमा ७ नम्बर प्रदेशको अस्थायी राजधानी तराईको सिमावर्ती क्षेत्रमा रहेको धनगढीलाई अस्थायी रुपमा भए पनि तोक्न अवैज्ञानिक, अपारदर्शी, असक्षमताको पराकाष्ट र पहाडलाई उपेक्षा गरिएको प्रष्ट देखिन्छ, असन्तुलन अवस्थामा देशको विकास असम्भव हुन्छ । ७ नम्बर प्रदेशको स्थायी राजधानीलाई मुख्य आधार प्रवृत्तिमा स्पष्टता, निष्पक्षता, विवेकशीलता, दुराग्रही रहित, बुद्धिमानी र न्याय गरेको ठहर्छन । साथै क्षेत्रको शुसासन र विकास Good Governance & Development को गतिमा आशातीत प्रगतिको सम्भावना बढेर जान्छ । ” Only not big buildings fine motorcars, personal greatness, selfishness as well as earn of expense too much money is not the high level to survive nor is a good ideal marked of life style but good actions Nationality, reasonable feedings & thinking is necessary for a citizen we the significant of democracy.

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *