के हामी शक्तिकै पुजारी हौं ?

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

–बलदेव अवस्थी । एक समय थियो नेपाल शक्तिको सहपाटी थियो तर आज नेपालीहरु हामी शक्तिका पुजारी रहेका छौं, भएका छौं किन ? के हामीमा स्वाभिमानको ह्रास भएको हो ? अंग्रेज विश्वमा सबै भन्दा शक्तिशाली रहेको बेला पृथ्वीनारायण शाह, बहादुर शाह त्यसपछि जंग बहादुर राणा समेत अंग्रेजका सहपाटी रहेर आफ्नो देशमा आफैले चाहेको शासन सत्ता चलाए । नेता तथा राजा मात्र हैन हामी सर्वसाधारण नागरिक पनि न्यायका पुजारी नभई शक्तिका पुजारी बनि रहेका छौ । कोही कोही विद्वानहरु पनि कुरा गर्छन तर उनीहरु पनि खतरा मोललिन चाहादैनन् । अन्तमा गएर विद्वान प्रोफेसर, ओकिल सबै शक्तिका पुजारी भएका छन् यो देशका सर्वसाधारण समेत न्यायको खोजी र सञ्चालनमा कोही छैन, पहिले राजाहरु सित भन्थ्यौ संविधान माथि भए तर आज संविधानको माथि नव उदयमान नेताहरु खडक प्रसाद ओली, पुष्पकमल दाहाल, शेर बहादुर देउवा र एक दुई जना अरु पार्टी प्रमुख भएका छन भने बाबुराम भट्टराई भने संविधान निर्माणपछि संविधान भित्र छिरेका छन् ।

बाह्य शक्तिको सामु झुके पनि नेपाली सर्वसाधारणको संविधान भन्दा माथि रहेका छन्, त्यही कारणबाट आज नेपालको संविधान निरिह बन्ने अवस्थामा पुगेको छ । नेपाली हामी निरिह सर्वसाधारण जनता राणाकालमा विक्टोरिया चादीका रुपयाको भारी काकडा र टिष्टाबाट समेत काठमाडौं पुगे । बोक्नेहरुले एक रुपैया पनि भारीबाट झिकेनन्, राणाकालमा राणाकै शक्तिभित्र बस्यौ, राणा हटेपछि हटाउने शक्तिका पुजारी रह्यौ । राजाको राज्यकालमा राजाकै पुजारी भयौ । २०४६ पछि अर्को शक्ति र त्यसपछिको शक्ति माओवादी प्रचण्ड र बाबुरामको शक्तिका पुजारी रह्यौ, बन्धुकधारीका पुजारी सम्पूर्ण नेपाली र नेताहरु रहे । नेता गिरिजा प्रसाद, शेर बहादुर देउवा, माधव, केपी ओली जस्ता सबै नेताहरु प्रचण्डको आसिर्वादमा बाचे, यी यस्तै घटनाले गर्दा देशका बुद्धिजिवी वैज्ञानिक, डाक्टर तथा होनहार युवाहरुले नेपाली नागरिकता परित्याग गरेर वा नगरेरै भएपनि विदेश पलायत भए ।

एक देश, एक भाषा, एक नीति आफ्नो सनातन धर्ममा टिकी रहेको नेपाल शक्ति राष्ट्रहरुको छातामुनि बस्न रुचाएको छ । देशमा अनेकता उत्पन्न भएको छ । सनातन धर्म रितिरिवाज सबै नष्ट पारिएका छन् । अव धर्म के हो अधर्म के हो छुट्याउनै नसकिने भएको छ । जनताको भोटबाट माथि पुग्न मात्र जनतालाई भगवान मानेको बहानावाजी गरी देशको प्रधान मन्त्री हुदा पनि ईश्वरको नाममा सपथ नलिई जनतालाई लोभ्याउन र खुसी पार्न जनताकै नाममा सपथ लिन्छु भनि सपथ ग्रहण प्रधानमन्त्री केपीले समेत गरेका छन् । अव कहाँ रह्यो धर्म, कहा रह्यो सनातन । नेपालको संविधानको निर्माण पनि भेदभावपुर्ण तरिकाले भएको छ । जाती धर्मको भेदभाव गरिएको छ । विश्व राजनीति र नियमले रंगभेद, जाती भेद, लिङ्ग भेद प्रतिबन्ध गरेको छ तै पनि नेपालले अझै छोड्न सकेको छैन ।
कुनै कुलतमा फसेझै लोभ लालच त्याग्न नसकी विदेशीको फन्दामा समेत परेका छन् । शक्ति र सहन गर्नेको पनि सिमा हुन्छ केही हदसम्म, तर हाम्रा नेताहरुको कुरा गर्दा तपाई शक्तिशाली राम्रो नेता हो तर राजसंस्थाले ओझेलमा पारेको छ भनि विदेशी शक्तिले इसारा दिनु विदेशी स्वतः प्रभु बन्यो । जव विदेशी प्रभु अथवा भारतीय राजदुतले गिरिजा बाबु सित भनेका थिए कि राज संस्था राजा हटाउने निर्णय गर, म एक घण्टामा दिल्लीको समर्थन ल्याई दिन्छु, नेताहरु ज्यादै खुसी भएका थिए । जवसम्म माओवादी नेताहरुले जनताको नाममा केही राम्रा सुझावका माग राखी सरकारसँग विन्ती गरेको थियो त्यसबेला अति राम्रा माग पनि स्वीकृत भएनन्, जव गाउँघरमा गई शिक्षक सेना प्रहरीमा कार्यरतहरुलाई घर घर सडक सडकमा चार अंंगुल माथि छोटो पार्ने कि तल छोटो पार्ने भनि हप्काई छोट्याउने काम सुरु गर्यो । त्यसबेला देखि नेपाली प्रजातन्त्रवादी नेताहरु जसले जनताको रक्षा गर्न सकेनन् ।
बरु अन्तमा स्वयम माओवादीको कोल्टामा पारिए परे । यस्ता अदूरदर्शी नेता जसले पार्टी दर्तासम्म पनि गरि दिएन त्यो हात गिरिजाको थियो किनकी उनकै बर्चश्वको विगविगी थियो । आज देशलाई कहाँ कुन अवस्थामा पुर्याई दियो पाठकहरुको गहन अध्ययनको विषय हुनेछ र छ पनि ।

हामी साना सर्वसाधारण देखि नेता सम्मका व्यक्ति कति रैछौ शक्तिका पुजारी भन्ने चिन्ता हो हाम्रो, हामीले शक्तिका हैन कि प्राकृतिक न्यायका पुजारी बन्न सक्नु पर्दछ । शक्तिको प्रयोग कहाँ किन गरिएको छ, त्यो बुझ्नु हाम्रो दायित्व हो हामी त मानिस हौ शक्तिका लक्षण बुझ्न सक्नुपर्छ । मनुष्य हामी शक्तिशाली पशुहरुमा बढी दुध घ्यूउको लोभले भैसीका पाडा फाल्ने गर्दथे र त्यो भैसी पनि पाडा फाल्नेलाई माया गर्दथ्यो किन कि उ पनि शक्तिको पुजारी थियो तर आज शक्तिहीन भएका छन् । हाम्री गौमाताहरु हामीलाई आफू लैना छदा दुध गौत गोवर दिएर अन्तमा हामीबाट नै उनी घर निकाला भएकि छन । हामीले गाईमाताबाट पाउन सक्ने सबै थोक पाएपछि परित्याग गरेका छौ । त्यस्तै हो यो नेपाल आमाको निर्माण गरी नेपाललाई विश्वसामु पहिचान बनाई राख्ने राजसंस्थालाई नष्ट पार्न सर्वप्रथम राजा विरेन्द्रको बंशनाश हुने गरी हत्या गर्यो अन्तमा जिवित राजा ज्ञानेन्द्र र राजसंस्था एकै साथ नष्ट गर्यौ हटायौं, गौमाता त पशु हुन प्रत्यक्ष शक्तिहीन हुन र थिए कस्तो हाम्रो बहादुरी । नेपाल निर्माण गर्दा र विखण्डन गर्दाको बहादुरीको तुलना गर्ने पर्ने हुन्छ । आज नभए पनि एक दिन अवश्य हुनेछ । हामी शक्तिका पुजारी भोली जो शक्तिवान हुन्छ निस्कन्छ हामी उसैको पुजा गर्ने छौ । हामी शक्तिका पुजारी, केवल शक्तिका पुजारी१ यदि हामी न्यायको पक्षमा नगई शक्तिको पक्षमा गयौं भने अवश्य हाम्रो अस्तित्व मेटिनेछ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *