आदिवासी जनजाति को हुन् ?

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

–पृत बहादुर विष्ट । हाम्रो देश बहुजातिय बहुसाँस्कृतिक र बहुभाषिक विशेषताले भरिपुर्ण देश हो त्यसैले यहाँ भाषिक, जातिय साँस्कृतिक किसिमबाट विविधता र असमानता रहको हुन्छ । नेपालका बसोबासी जातिहरुमा कोही राजनैतिक, आर्थिक रुपमा सम्पन्न देखिन्छन् भने कोही राज्य सुखसुविधाबाट बन्चित र निम्न आर्थिक अवस्था भएका छन् । मानव सभ्यताको सुरुवातमै जीवनयापन गरिरहेका छन् ।

आदीवासी जनजातिहरुको विभिन्न व्याख्या भएको पाइन्छ । कसैले आदिवासी जनजाति शब्द एक अर्काका पर्यायवाचीको रुपमा प्रयोग गरेका छन् भने कसैले यि दुईमा भिन्नता देखाएको छ । वास्तवमा हेर्दा यी दुवै एक अर्काका पुरक भएर फरक फरक विषय वस्तु हुन् । आदिवासीे भनेको कुनै भौगोलिक क्षेत्रमा कालान्तरदेखि बसोबास गरी रहेका रैथाने मानव समुदाय हो भने जनजाति भनेको हिन्दुवर्ण व्यवस्थामा आस्था नराख्ने केवल समानताको
आधारमा संगठित मानव समुदाय भन्ने बुझिन्छ । तात्पर्य हेर्दा आदिवासी शब्द ऐतिहासिक भौगोलिक कालक्रमसँग जोडिएको छ ।
हाम्रो देशमा राई, लिम्बु, थकाली, गुरुङ, मगर, राउटे, नेवार, शेर्पा इत्यादि सबै जनजातिका रुपमा परिचित रहेका छन ।
आदिवासी जनजाति भनेका उक्त ठाउँका रैथाने हुन जहाँ उनीहरुको पसिना बगेको हुन्छ, त्यहाको प्राकृतिक देनहरुमा उनीहरुको आत्मीय नाता हुन्छ त्यस्ता भूमिपुत्र आदिवासी जनजातिको परिभाषा भित्र पर्दछन् ।
मानव शास्त्रीहरुले रुपरंग आकृतिको आधारमा विश्वभरी छ किसिमका मानवजातिको उल्लेख गरेको छ यी हुन्ः मंगोलियन, आर्यन, मलायन, समेटिका, रेड इण्डियन, निग्रो ।
हाम्रो देशमा जनजातिहरुको पहिचान गरी छुट्याउने सन्दर्भमा २०५४ सालमा राष्ट्रिय जनजाति विकास समितिले ६१ वटा जातिय पहाडी जनजाति यस अन्तर्गत नेवार, राई, सुनुवार, धामी, तामाङ, दुरा, छन्त्याल, पहरी, भुजेल, सुरेल, बरामो, कुशवडिया, कुसुण्डा, वनकरिया, हयोल्मो पर्दछन् ।
हिमाली प्रदेशमा ः भोटे, शेर्पा, थकाली, डोप्लो,
छैरोतन, व्यासी, स्याङतान, चिम्तन, ल्होमी, ठिन्तन, मार्फाली, ल्कोपा, सिमार, लार्के मुगाली, मनाङे, बाह्रगाउले, बालाङ, तोप्के थुदाम, गोला गरी २२ संख्या रहेका छन् ।
तराई प्रदेशमा ः कोचे, धिमाल, गनगाई, धानुक, मेचे, थारु, किसान, सतार, झागड, ताजपुरिया आदिवासीहरुको बसोबास देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *