छयालिस साल पछिको उपलब्धि

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

२०४६ साल भयावह अवस्थामा थियो, केही भारतीय नेताहरु नेपालको राजसंस्था मास्नमा थिए, नेपालमा आन्दोलन चलाएर नेपाली नेता तथा राजालाई २००७ सालझै दिल्ली दरबारमा बोलाई राजा नेता बीचको विवाद मिलाउने तयारीमा जुटेका थिए त्यही क्रममा भारतकै प्रान्त सम्झी निर्धक्क साथ चन्द्रशेखर लगायतका नेताहरु नेपालमा आई आमसभा गराउदै भाषण गर्दै हिड्न लाग्दा नेपाली नेताहरु तालि बजाउदै पंचायतको नाममा
राजालाई गाली गर्दै हिड्न थाले, राजा विरेन्द्रले भारत गएर उनीहरुद्वारा मिलाई माग्नु भन्दा बरु म नेपाली नेताहरु जे भन्छन् त्यही मान्दछु भारतको शरणमा जानु मेरो राजसंस्था र नेपाल, नेपालीको मरण हुँदा आफ्ना नागरिक सित झुक्नु बेस छ भन्ने सोचे ।
नेपालमाथि २०४५ साल चैत १० गते देखि व्यापार पारवहन नाकाबन्दी लगायो पंचायतमा रहेका नेताहरु बाहेक अरु कसैले पनि त्यो नाकाबन्दीको
विरोध गरेनन् । न माओवादी अर्थात नेपाल कम्युनिष्ट पार्टीले विरोध गर्यो न नपाली कांग्रेसले किन भने जसरी आज एमाले मदन भण्डारीद्वारा प्रतिपादित भएको जनताको बहुदलिय जनवाद
परित्याग गर्दैछन त्यस्तै विपि कोइरालाको मेलमिलापको नीति परित्याग गरिसकेका थिए । नेपाली कांग्रेसले विपीको नीति छोड्दा ओरालो लागेझै एमाले पनि मदन भण्डारीको जवज छोड्दै ओरालो लाग्नेछ र त्यसपछि बाह्य बौद्धिक आक्रमण नेपाल माथि हुनेछ । राष्ट्रवादी नेपाली कांग्रेसलाई आज माक्र्सवाद लेलिनवाद अर्थात समग्रमा माओवादीले कब्जा गरी सकेको अवस्था छ । नेपालका
राष्ट्रभक्तहरुले न आफ्नो दर्शन दिन सक्यो न राजा महेन्द्र विपिको वा मदन भण्डारीको दर्शनलाई आत्मसाथ गर्न सक्यो । फलस्वरुप यी सबै वाद माओवादीको चंगुलमा फस्न गए । नेपालका
राजनीतिक दार्शनिक विज्ञहरुको अवलोकनमा अव नेपाल सुन्यमा विलाई रहे पनि भन्न र बोल्न सक्ने हिम्मत
रहेको देखिदैन । जे सुकै भए पनि २०४६ सालपछि अत्यधिक उपलब्धी नेपालले गर्यो । पहिलो कुरा मिडियाहरुको विस्तार भयो । मिडिया सुरक्षित रहन पाउने भए मिडियाहरु मार्फत जनताका सुख दुःख घरघरबाट सरकार र जनता सामु सार्वजनिक हुन थाले । पत्रकार पत्रिकाहरुले स्वतन्त्रता पायो । मिडियाहरुहरुको व्यापक रुपबाट उत्पत्ति भयो संचार माध्यमले जनआवाजहरु सबैका कानसम्म पुर्यायो र पुर्याउने कामको निरन्तरता पायो । अर्को उपलब्धी थियो निजी क्षेत्रमा शिक्षा क्षेत्रको विकास हुनु । सार्वजनिक सामुदायहरु तथा नितान्त निजी विद्यालयहरु धमाधम खुल्न थाले थोरै भए पनि युवा युवतीहरुले स्वदेशमा
रोजागरी पाउन थाले । राजनीति गर्नेहरुले पार्टी खोल्ने मौका पाए । व्यापार गर्नेहरुले व्यापार गर्न पाउने भए । आफ्ना मागहरु जो कोहीले पनि सरकार सित राख्न पाउने भए । यी विविध उपलब्धी हुँदा हुदै पनि धेरै थोक गुमाएका छन् नेपाली र
नेपालले ।
छयालीस सालपछि गुमाउनु पर्यो…
सबैभन्दा ठूलो कुरा गुमाउनु पर्यो नेपालको स्वाभिमानी जनप्रेमी
राजा विरेन्द्रको बंश नाश हुनेगरी राजा विरेन्द्रको वंश गुमाउनु पर्यो । सरकार र प्रधानसेनापति सेनाहरुले राजाको
सुरक्षाको दायित्व हाम्रो होइन भनि सजिलै सित पन्छिए । जसरी राजीव गान्धी सितको मनमुटाव रहस्यमय ढंगबाट भएको थियो । त्यस्तै भयानक मनमुटाव प्रधान सेनापति र राजा विच भएका खबर थाहा पाईएकै हुन् । सर्वप्रथम
बाबुराम भट्टराई र प्रचण्डद्वारा माओवादीका नामको द्वन्द्व चलायो जसको मुख्य कार्यालय दिल्लीको न्वईडामा
थियो । उतैबाट आएका हातहतियार आयातमा नेपाल सरकारको रोक कडाईको हिसावले नलागी देखावटी हिसावमा रह्यो । मुखले संवैधानिक
राजसंस्थाको ओकालत गरे पनि मनवचन कर्मले संवैधानिक राजसंस्थाको विनास तर्फ लागे । विरोधी नेताहरु भए द्वन्दमा मारिने थिए तर नेताहरु दुवै पक्षका कोही पनि मारिएन । गाउमा जनता मारिए या राजा मारिए मात्र । मुखले राजासित आफ्नो घाटी जोड्नेहरु पनि कर्म मन बचनले माओवादी सित आफ्नो घाटी जोड्यो जोडी रहेका छन् । जसरी आफ्नो अध्ययनको अन्तमा विपि कोइरालालाई होस् आयो त्यसै गरी लगभग डा.
बाबुराम भट्टराईलाई हजारौं निहत्ता नेपालीहरुको ज्यान लिएपछि होस आई माओवाद त्याग गरेपनि स्वदेशी नेपाली दार्शनिकको दर्शन मान्न भने तयार छैन । न आफ्नो दर्शन दिन सक्ने क्षेमतामा रहे अन्तमा पंगु भएर द्वन्दमा मारिएका नागरिकहरुको हत्याराकै रुपमा रहन पुगी पश्चातापमा रहेका छन् । त्यसको प्रमाण हो माओवाद परित्याग ।
२०६२÷०६३ मा आईपुग्दा विदेशीको निर्देशनले नेपालको राजसंस्था सनातन हिन्दुराष्ट्र र हिन्दु सम्राट गुमाउनु पर्यो देशले । हिन्दु सम्राट नेपालका मात्र थिएन विश्वभरीका सनातन हिन्दुहरुका थिए । जुन नेपालको पहिचान थियो त्यही गुमायो । नेपालको स्वाभिमान गुमायो सम्भावित खतराका ब्रान्चहरुको स्थापना भए । सर्वप्रथम २०१५÷१६ साल देखि विदेशी मित्र देशहरुले खोलिदिएका उद्योगहरु हेटौडा कपडा कारखाना, विरगंज चिनी कारखाना, बुटवल धागो कारखाना, गैडाकोट कागज कारखाना लगायत विभिन्न सिमेन्ट कारखानाहरुको मुल्यांकन घटाई विक्रि गरी उद्योग विहिन राष्ट्र बनाई परतन्त्रमा पुर्याई स्वाभिमानमा आँच पुर्याउने काम नै परतन्त्रको मुहान थियो ।
सरकारी विद्यालयहरु ध्वस्त पार्ने काम भयो शिक्षकहरु राजनीतिक पार्टीहरुका झोला बोकुवा भए र उनीहरुमध्येबाट नितान्त निजी नाफामुलक विद्यालयको स्थापना समेत गरी गराई गरिव जनतालाई समेत ठूलो लगानी लगाई त्यस्तै विद्यालयमा पठाउन बाध्य तुल्यायो ।
विद्यालय विश्व विद्यालयहरु भ्रष्टाचारका आखाडा बने यस्ता विकृतिहरु अनगिन्ती छन् जो सबै पाठकहरुलाई थाहा भएकै कुरा हुन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *