के सनातन हिन्दुधर्म नष्ट भ्रष्ट गर्लान ?

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

आज सनातन धर्ममाथि आक्रमण भई रहेको छ, मलिन भईरहेको छ, धमिलो बनाईदैछ । सनातन धर्म बचाउन हिन्दुहरुलाई धौ धौ परिरहेको छ ।
जसरी एक समूहमाथि आक्रमण हुन्छ त्यस्तै आज सनातन धर्मको भइरहेको
छ । मलिन बनाईदैछ, त्यस कारण यसको सुद्धताको लागि हिन्दहरुको तपश्यामा निर्भर रहनेछ रहेको छ । जव जव
हिन्दुधर्म माथि संकट आउथ्यो तव हिन्दुधर्मावलम्बीहरुले तपश्या गर्दथे र हिन्दुधर्ममाथि आएको मलिनताको जड खोजी उसको निदान हुन्थ्यो । सत्यको खोज जति गरे पनि सत्यसँग कोही पुगेको छैन, बेदपुराण उपनिषद्हरुको सिर्जना एक साथ भएको होइन आवश्यकता पर्दै निर्माण हुदै गरेका हुन ।
जसरी राणा शासन कालमा निर्माण गरिएको मुलुकी एैन त्यसपछिका मुलुकी ऐनहरु परिमार्जन हुदै गए ।
राणाकालमा छिटो हाल्ने जातीको पानी नचल्ने भनि उल्लेख भएकोमा राजा महेन्द्रको पालामा त्यहि मुलुकी ऐनलाई परिमार्जन गरी समयानुकुल जनभावनामा आधारित छुवाछुत दण्डनिय कानून
बन्यो । त्यस्तै भर्गपतनमा ज्यान मुद्धा झै सजाय गरिन्थ्यो तर आवश्यकता र जनभावना आवाज अनुसार गर्भपतन गर्न पाउने भनि ऐन संशोधन गरियो । मानव अधिकारवादीहरुले पनि त्यसलाई छुट गरे । उपनिसद बेद पुराणहरु नयाँ नयाँ बन्दै गए विद्वान ऋषिमुनिहरुका मत बाझिए सत्य के हो सत्यको पत्ता लाग्न सकेको छैन । अझै पनि सत्यको खोजीमा साधकहरु साधनामा रहेका छन् । मनुष्यको आचरण समयानुसार फेरवदल हुँदै जान्छ र गएको छ २ सय वर्ष वा एक सय वर्ष पुर्वको आचरणमा हामी रह्यौ भने हामी निरासाको कुवामा झर्छौै ।
एक समय थियो बहुपति प्रथा आज बहुपति प्रथा समाजवाट बहिस्कृत गरियो र नियम बन्यो । चोरका हात खुट्टा काट्ने कानून थिए के आज त्यस्तो सम्भव छ ? बालिकाको विवाह बाल विवाह वैध थियो आज दण्डनिय भएको छ ।
हिन्दुधर्म जड बन्न अस्वीकार गर्दछ । ज्ञान अनन्त छ सत्यको शक्तिका नयाँ नयाँ सोध भई रहेको छ र भइनै
रहनेछ, हामी अनुभवको आधारमा नयाँ नयाँ पाठ पढ्दैछौ । परिवर्तन गरिरहेका छौ तर सत्य के हो थाहा छैन, बेदलाई सत्य भन्छन वेद अनादी छ तर पर्व रुपमा कसलाई थाहा छ ? आज जो वेद विख्याता छन उनीहरु पनि करोडौं हिस्साको एक हिस्साको पनि जानकार छैनन् । वेदको अर्थ के हो थाहा छैन । आज आत्म ज्ञान प्राप्त गर्न मनुष्य दगुरी रहेका छन । जव आत्म ज्ञान छैन भने ब्रहमाण्ड के हो कसरी थाहा हुन्छ । सानो कुरा राजनीतिमा नेपाल नै हेरौं हामीहरु कै सामुन्यमा कस्ता कस्ता प्रथा हराए । सति प्रथा, बालविवाह प्रथा, त्यस्तै व्यवस्था जहानिया शासन, प्रजातान्त्रिक शासन हराए लोकतन्त्र जनतन्त्रको नाममा रुपानतरण भएका
छन् । त्यस कारण राजनीतिज्ञहरुको एकमत छैन । मत मतान्तरणमा विभक्त भएका छन् ।
आज देशभक्त अर्काको विचार माथि लात मार्ने मात्र देशभक्त होइन भन्ने बुझाउन सकिएको देखिदैन । लेलिन, आमोका अनुवाईहरु यस देशका देशभक्त राष्ट्रवादी हौ भनि उर्लिरहेका छन् । नेपालमा नेपालीको बाद लागु हुन सकिएन राजा महेन्द्रको दर्शन माओवदी लेलिनवाद अलग अलग धार देखिएका पनि सबैको आफ्आफ्नै महत्व रहेको पाइन्छ । समयले हरेक परिवर्तन नाकाव सिद्ध हुँदा रहेछन् भन्ने कुरा २००७ लाई ४६ ÷४७ लाई ६२ ले झुटा सावित गरि दिएको छ । यसबाट के बुझिन्छ भने नेपालको राजनीतिक व्यवस्था पनि कुन सही हो कुन गलत भन्ने एकिन भएको छैन । सत्य र असत्य के हो थाहा छैन आखा बुजी बुजी देश चलेको छ । समय धकेलिएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *