नयाँ युगको आरम्भ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

नेपालको राजनीतिक क्षितिजमा नयाँ युगको आरम्भ भएको छ । स्वयंलाई प्रजातन्त्रको बाहक र प्रतिक सम्झने भ्रम सिर्जना गरेको दल तहस नहस भइसकेको छ । कारणका रुपमा दंभ अहंकार र शाशकीय सत्ता ब्रहलुट नै रहेको र यथार्थ नबुझी यसका पछाडी लाग्नेहरुको जीवन नै निरर्थक तुल्याउने दाश प्रवृतिको खोजी गर्ने मानसिकता रहेको र आस्था सिद्धान्त
राष्ट्रभक्ति व्यर्थ पारिएको आन्तरिक दलीय घृणास्पद प्रतिस्पर्धा गुट उपगुटले थलिएको स्थितिमा एउटै दल भित्र रहनेहरुमा पनि
पारस्परिक घृणा र तल पार्ने सकेसम्म शिध्याउने दुषित प्रवृति प्रष्ट रुपमा देखिने गरेपछि आफ्नो लागि अरुले झोला बोकी दिनु पर्ने कर्तव्य सम्झने कथित नेताहरुको कारण विशाल जनमत गुमाएको दल पुनर्जीवित हुन विश्वशनीयता जोगाउन नितान्त कठीन देखिएको छ । भूतपुर्व शाशक, दलाल र चाकडीवाजहरुको पञ्जामा परेको हुनाले बीराट व्यक्तित्व अत्यन्त लद्दु भएर समग्र नेपाल त टाढाको विषय सुदूरपश्चिम आफ–आफ्नै गृह जिल्लाको मुटुमा समेत विवादास्पद र निर्लज्ज गुटवन्दीले अवसान हुन गएकोमा कुनै सरोकार नभए पनि अन्तर मनमा निश्चित पनि क्लेष भएको छ । अव चाकडी बाजहरुले नयाँ ठूलाको खोजी गर्ने नै छन् ।
नेपाल बामपन्थमय बनेको छ, कम्युनिष्टहरुसँग धेरै विश्वास गर्न हच्किनेहरु पनि विकल्प नहुँदा त्यसैमा आत्मसात भएका देखिन्छ । एमाले प्रचण्ड विजयका साथ सत्तारुढ भएको छ, प्रधान मन्त्री ओलीको कारणले त्यस पार्टीलाई शिर्षमा पुर्याएको छ र उनलाई चुनौती दिन सक्ने सामर्थ त्यस दलमा देखिदैन । चुनौतीका नाममा निम्न स्तरका आलोचकहरु स्वयं पतनमा गएको स्थिति छ । क्रान्तिकारीका एक समयका नायक समेत उनका सामुन्ने निरीह देखिन्छन् । पार्टी एकिकरण भनि ७ बुँदे सम्झौताबाट एमालेको वर्चश्व प्रष्ट देखिएको छ एक
प्रकारको आत्मसमर्पणको झलक दिई रहेको प्रतित हुन्छ । निर्वाचन परिणामले पनि शिथिल
पारेको हुन सक्छ । सदैव अरुलाई प्रयोग गर्न सक्ने सामर्थ भएका प्रचण्ड कही ओलीबाट नै प्रयोग भएका होइनन् ? बेला बेलामा स्वयं एकिकृत दलको अध्यक्ष आलोपालो प्रधान मन्त्री हुने अभिव्यक्तिबाट तथ्य परक भन्दा पनि पीडाबोध र तृष्णा बढी प्रकट भएको देखिन्छ केही नवीन घटना पनि २÷३ दिनमा हुन सक्ने संकेत दिएको भोलि पल्टै अमूक व्यापारीका घरमा वान टु वान वार्ता भए पश्चात ७ बुँदे एकिकरण तयार भयो तर त्यसमा एमालेको जवज लगायतका महत्वपुर्ण शामेल भएका छन् । महासचिव ईश्वर पोखरेलले केही समय अगाडी दलको अध्यक्ष र प्रधानमन्त्री केपी ओली नै हुने आधिकारिक धारणा प्रकट गरेको यथार्थमा परिणत भएको छ । त्यसैले नयाँ युगमा सञ्चालनको अहम जिम्मेवारी प्रधान मन्त्री ओली माथि नै गएको छ । शुसाशनको अभिलाषा राख्ने सर्वसाधारणले निरन्तर हेरी
रहेका छन् कि बाम युगमा र शासन यथार्थ
हो वा पदीय भागबण्डा ? अव २ विषय प्रष्ट छन् शसक्त साम्यवादी सरकार सत्तामा छ र उसका लक्ष्य अग्रगामी पार्न कुनै अवरोध
पनि देखिदैन । व्यापक सन्तोष दिने परिवर्तन हुन सकेन, लुट खसोट गुण्डा पालन बाहुवलीहरुको दवदवा, मरुभूमीमा नेपालीका सन्ततिको दासत्व जीवनमा कुनै परिवर्तन
आएन भने यथाशिघ्र देश अर्को नयाँ युगमा प्रवेश गर्ने निश्चित छ र त्यो छदमभेणीका लागि सुखद हुने छैन । विश्वको सर्वाधिक भयंकर
राज्य क्रान्ति फ्रान्समा भएको थियो, त्यसमा तत्कालिन सम्राट लुई सोह्रौ रानी एन्टोईनेट गिलोटिन अश्रद्वारा काटिएका थिए । गिलोटिन आविष्कारक गिलोटिन पनि मारिए त्यति मात्र होइन क्रान्तिका महानायक मध्येका एक
रोवेस्पायर पनि मारिए, विडम्बनाको विषय के देखियो भने व्यापक परिवर्तन भएको ८ वर्षमा नै नेपोलियन बोनापार्टको उदय भयो, हालै भएको इरानी क्रान्तिका नायक अयातुल्ला रोहेल्ला खुमैनीका उत्तराधिकारी भनिएका घोर कुतुबजादे खुवैनी कै आदेशमा मृत्यु दण्ड पाए, राजा पहलवीको शासन त्यहाँ पनि समाप्त भएको थियो ।
अहिले निश्चित बन्ने परिस्थिति देखिदैन् । एकातर्फ मधेशवादी दल, अर्कोतर्फ प्रचण्डको तिव्र असीम महत्वाकांक्षा एमाले भित्रकै अहिले निर्धा देखिए पनि ओलीको पतन चाहने नेताहरुका कुण्ठा लगायत कर्मचारीतन्त्रको असहयोग सुव्यवस्था स्थित तिनै तहका सरकार सञ्चालनमा ठूलो बाधा आई नै सकेको छ, अन्तराष्ट्रिय जगत पनि शसंकित छ ।
भारतका विरुद्ध चीन, पाकिस्तानका उत्तेजनात्मक कार्वाहीको प्रतिफल नेपालका शासकहरुका हितमा नरहने निश्चित छ । कांग्रेस शिध्याएर पछि कही पालो एमालेको त
आउने होइन, त्यस दल भित्रका वा बाहिरका शिखण्डीहरु खडा गरेर धराशायी पार्ने
व्यापक श्रृङ्खलाको हिस्सा पनि हुन
सक्छ । सुझ बुझ निष्पक्ष भएर सञ्चालन गर्न सकिएन भने नयाँ युगको आरम्भ चाणै
अन्त पनि हुन धेरै कुर्नु पर्ने छैन, निरीह देखिएका प्रचण्डको महत्वाकांक्षा कुन रुपमा अभिव्यक्त होला त्यसले पनि धेरै संकेत देखिने निश्चित
छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *