चुनौती कायमै प्रतिसेयर आम्दानी घट्दै, आपूर्ति भने बढ्दै

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

काठमाडौं– १३ सय ८० मा पुगेर फर्केको नेप्से आगामी दिनमा सयदेखि डेढ सय अंकसम्म पुग्ने अनुमान लगानीकर्ताहरुमा देखिएको छ ।
‘नयाँ सरकार गठनपछि बजार डेढ सय अंकसम्म वृद्धि हुने अपेक्षा लगानीकर्तामा छ, यही मनोविज्ञानको प्रभाव हो,’ नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेल भन्छन् ।
कतिपय कम्पनीको मूल्य वर्ष्दिनयताकै न्यून विन्दुतिर आइरहेकाले पनि बजार बढ्न थालेको विश्लेषण गरिएको छ । ‘कतिपय लघुवित्त र जीवन बीमा कम्पनीको मूल्य नजानिँदोसँग उच्च
दरले घटेको थियो, अहिले तिनमा आकर्षण बढेको छ,’ सेयर लगानीकर्ता तथा विश्लेषक प्रकाश तिवारी भन्छन् । नेपाल सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल भने बजारप्रति नयाँ बनेको
सरकारको आधिकारिक धारणा आउनुपर्ने तथा सरकारले पुँजी बजार विकासका लागि सहजीकरण गर्नुपर्ने बताउँछन । यस्तो हुन नसकेमा बढ्दो बजारको लाभ ठूलाले मात्र लिन पाउने अर्यालको भनाइ छ ।
नौती कायमै
बजारको चुनौती कायमै
रहेको सरोकारवालाहरु बताउँछन् । उनीहरुका अनुसार बजारको आधारभूत अवस्थामा सुधार भएको छैन । बैंकहरुमा कर्जायोग्य पुँजी अभाव कायमै छ । सोही कारण बैंकहरुले सामान्य बचतमा दिने व्याजदरसमेत नौ प्रतिशत पुर्याइसकेका छन् । यस्तै, राम्रा कम्पनीहरुको प्रतिसेयर आम्दानीमा उच्च गिरावट आएकाले पनि बजारमा ठूलो वृद्धिको अपेक्षा कमजोर
रहेको विश्लेषक तिवारी बताउँछन् ।
‘आधारभूत पक्षमा सुधार भएको छैन । राम्रा संस्थाहरुको प्रतिसेयर आम्दानी घट्दो छ भने सेयर आपूर्ति बढ्दो छ,’ तिवारी भन्छन् । सेयर आपूर्ति बढ्ने क्रम कायम रहेको तथा राष्ट्र बैंकले हालै ओभर ड्राफ्ट कर्जामा सीमा तोकेकाले पनि बजारमा प्रभाव देखिएको उनको विश्लेषण छ ।
साताका गतिविधि
सातामा नेप्से परिसूचक भने ४२ अंकले वृद्धि भयो । अन्तिम कारोबार भएको बिहीबार मात्रै ३६ अंकले नेप्से बढ्यो । नयाँ सरकार गठनको खबरसँगै बजारमा तरंग देखिएको हो । र, अहिले परिसूचक १४ सय २४ विन्दुमा आइपुगेको छ ।
अन्तिम दिनबाहेक अन्य दिन कारोबार रकम घटिरहेकाले सातागत
कारोबार रकममा सुधार हुन सकेन । एक दिन सार्वजनिक बिदा परेको कारणले पनि कारोबार रकममा सुधार हुन नसकेको
हो । उक्त रकम शून्य दशमलव ६२ प्रतिशतले घट्यो । गत साता एक अर्ब ५४ करोडको सेयर कारोबार भयो । राम्रा कम्पनीको प्रतिसेयर आम्दानीमा उच्च
गिरावट आएकाले बजारमा ठूलो वृद्धिको अपेक्षा कमजोर प्रभु बैंकको कारोबार सातामा उच्चले बढ्यो, जसको ६ करोड ७१ लाखको सेयर किनबेच भयो । प्रभु बैंकले हकप्रद जारी गरिरहेको भए पनि दोस्रो बजारमा पनि कारोबारमा आकर्षण बढेको देखिएको छ ।
१३ फागुनसम्म खुला रहेको उक्त बैंकको हकप्रद बिक्रीपछि पुँजी आठ अर्ब रुपैयाँ पुग्नेछ । यस साता करिब ६९ लाख नयाँ सेयर बजारमा थपिएका छन् ।
प्राविधिक विश्लेषण
नेप्से परिसूचकका आधारमा निकालिएको पिभट विश्लेषणले नेप्सेले आगामी महिनाभित्रमा १४ सय ३९ को पहिलो लक्ष्य (प्रतिरोध) पाउने संकेत गरिरहेको छ । नेप्सेको आरएसआई विश्लेषणले बजार सन्तुलनमा आएको देखाउँछ ।
आरएसआई स्केलको ५९ दशमलव ८३ अंकमा आइपुगेको छ, नेप्से । सातदिने र २१ दिने सिम्पल मुभिङ एभरेज रेखा एकअर्कासँग अझै केही दूरीमा छन् । नेप्सेको रेखाचित्रले डब्लु आकृती निर्माण गरेको छ । यसबाट बजार थप बढ्ने संकेत मिल्छ । (अनलाईन खबरबाट)

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *