अनिरुद्र माविको २१ औं वार्षिकोत्सव सम्पन्न

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

महेन्द्रनगर ५ फागुन
अनिरुद्र माध्यमिक विद्यालयको २१ औं वार्षिकोत्सव भव्यताका साथा सम्पन्न भएको छ । अनिरुद्र मावि २१ वर्ष पार गरी २२ औं वर्षमा प्रवेश गरेको छ । शुक्लाफाँटा नगरपालिका वडा नं. ५ वन समितिमा रहेको अनिरुद्र माविले आफ्नो २१ औं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ ।
शनिबार भएको वार्षिकोत्सव समारोह शंकर संस्कृत मावि शंकरपुर बैतडीका पुर्व प्राचार्य केशव दत्त अवस्थीको सभापतित्व तथा एन–प्याब्सनका वरिष्ठ केन्द्रिय सल्लाहकार शिक्षा विद् डा.
भोजराज पन्त को प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । समारोहमा एन–प्याब्सन केन्द्रिय उपाध्यक्ष श्याम सिंह मौनी विशिष्ट अतिथि रहेका थिए । त्यस्तै अतिथिहरुमा एन–प्याब्सन केन्द्रिय सदस्य सत्येश बहादुर चन्द, एन–प्याब्सन कञ्चनपुरका वरिष्ठ उपाध्यक्ष भीम बहादुर चन्द, सचिव वीर बहादुर चन्द, कोषाध्यक्ष दीपक चन्द, सह सचिव बलदेव भट्ट लगायत एन–प्याब्सनका पदाधिकारीहरु, जनप्रतिनिधिहरु लगायत विभिन्न विद्यालय संघ संस्थाका प्रमुखहरु रहेका थिए ।
विद्यालयको वार्षिक प्रतिवेदन प्रधानाध्यापक डीडी अवस्थीले प्रस्तुत
गरेका थिए भने स्वागत मन्तव्य शिक्षक नवराज जोशीले राखेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक द्वय पिपि भट्ट र नरेन्द्र भण्डारीले गरेका थिए । वार्षिकोत्सव समारोहमा बोल्ने अधिकांश वक्ताहरुले विद्यालयले गरेको प्रगतिको प्रसंशा गर्दै गुणस्तरीय शिक्षाका लागि सबैले लाग्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि डा. भोजराज पन्तले निजी विद्यालय र सरकारी विद्यालयलाई सरकारले विभेद गरेको बताउदै निजी विद्यालयमा पढेका विद्यार्थीलाई नेपाल सरकारबाट दिइने छात्रवृत्तिमा सहभागी नगराएको प्रति गुनासो प्रकट गरे । उनले विद्यार्थीलाई अनुशासित र समाज र गाउँका लागि योगदान दिन सक्ने नागरिक बनाउन सम्पूर्ण शिक्षकहरुलाई आग्रह गरे । त्यस्तै एन–प्याब्सन जिल्ला अध्यक्ष दीपक भट्टले निजी विद्यालयले गुणस्तरीय शिक्षा दिदा दिदै पनि सरकारी पक्षबाट कुनै किसिमको सहयोग हुनुको साटो पटक पटक
अपठ्यारोमा पार्ने काम मात्रै भएको बताए । कार्यक्रममा शुक्लाफाँटा नगर उद्योग वाणिज्य संघका पदाधिकारी, स्थानीय जनप्रतिनिधि विभिन्न विद्यालयका शिक्षक, प्रिन्सिपलहरुले शुभकामना मन्तव्य
राखेका थिए । वार्षिकोत्सव समारोहमा विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत हुनुका साथै विद्यालयका शैक्षिक तथा विभिन्न विधामा उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । त्यस्तै विद्यालयमा लामो समयदेखि योगदान पुर्याई रहेका अभिभावकहरु, विद्यालयमा राम्रो नतिजा ल्याउन सफल शिक्षकहरुलाई सम्मान गरिएको थियो भने अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । अनिरुद्र माविले सफलतापुर्वक २१ वर्ष सम्पन्न गरेको छ । स्थापनाकालदेखि नै प्रगति गरिरहेको विद्यालयले जिल्लामै उत्कृष्ठ स्थान ल्याउन सफल भएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *