धमाधम सफथ ग्रहण

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

यो वर्षमा कतिपय घटनाव्रmम निरन्तर बनी रहे । चुनाव वर्षका रुपमा चिनिएको र पहिचान बनाएको साथै सपथ ग्रहण पनि धमाधम भइरहेका समाचार संचार माध्यमहरुमा
आईरहेका छन् । नेपाल नामको देशभित्र सैकडौ अधिकार सम्पन्न सरकार पदाधिकारीहरु भत्ता, गाडी, सुविधा सुरक्षाकर्मीका लावालस्कर देख्दा दन्त्यकथाका पात्र जस्तै अहिलेका शामन्त शासक कुलीन वंशीयहरुको झल्को दिएको प्रतित हुन्छ ।
नाम, रुप फेरिए पनि पात्रका अनुहार आकृति भिन्न जस्तै हुदा प्रकृति नियत र गन्तब्यमा तात्विक भिन्नता देखिएन । कस्को सुविधा भत्ता, सान शौकत, मर्यादा, गाट कति हुनेमा बहस भई रहेको सुनिन्छ, यस्तै रही
रहने हो भने सुरक्षाकर्मी र भत्ताका लागि ठूलो बजेटको अनिवार्यता अवश्यम भावी छ । पूर्व
राष्ट्रपति रामवरण यादवका लागि थप ४० लाखको गाडी आवश्यक पर्ने रे, त्यसका लागि दिवंगत सरकारले व्यवस्था मिलाई गएको पनि सुनियो । विश्वेन्द्र पासवानको औषधि उपचार खर्च ७३ लाख भन्दा पनि बढी त्यसमध्ये
पाउरोटी, नास्ताका विल भउचरमै अठार लाख भन्दा बढीका भनि समाचार पत्रहरुले लेखे । प्रत्येक दिनजसो सफथ ग्रहण भएका खवरहरुले आम सर्वसाधारणलाई गद–गद पारेको हुनै
पर्छ । नेपाल रङ्ग, तमाशका रुपमा पनि त चिनिने गरेको छ । काठमाण्डौं भित्र नै अनेक जात्रा चाँडवाड भारी खानपिन दिनहु जसो भइरहन्छन् निश्चित पनि सपथ ग्रहण पछिका खानपीन मामुली छैनन् होला । कमाई जमाईको त के कुरा कसैको नियुक्ति, सरुवा बढुवा भयो कि कतिको रकम गयो होला भनि अनिवार्य चर्चाको हिस्सा हुने गरेको छ । पदवीका लागि हानथाप रक्तरंजित भएको नेपाली ईतिहास यथार्थ नै
हो । यस्ता भारी रकम पदवी, भत्ता, सत्ता गाठका लागि भागबण्डा मिलाउन जे पनि गर्न हुन,े अव त न्यायालयतर्फका समेत अनेक अचम्भित पार्ने समाचार आउदै गरेका छन् । वरिष्ट अधिबक्ता टिकाराम भट्टराईको लेख पढ्दा विश्वास गर्न मुस्किल परे पनि वास्तविकता त त्यही हो । करोड अरव भएका सभ्रान्त बाहेक अरुले कुनै अपेक्षा नै गर्न नसकिने भयो । एकातर्फ
सरकारको आयु सकिनु अर्को तर्फ कानून मन्त्रीलाई समेत सहभागी गराई न्यायाधीस नियुक्तिका सड्यन्त्र विफल भए भन्ने समाचार सुनेर न्यायिक जगतको हिस्सा भएकोले लज्जित र दुःखीत हुनु पर्ने रणनीति बन्नु मुलुकका कुनै पनि संस्थामा पवित्रता, निष्पक्षता, पात्रता, योग्यता र दक्षताको मुल्य मान्यता केही शेष
नरहेको देख्दा आश्चर्य मान्नु नपर्ने भएको छ यो हुनै पर्ने थियो, किन भने मुलुक धराशाही बन्न असफल राष्ट्रमा परिणत हुन कलाईमेक्समा पुग्नै पर्ने हुन्छ । अब आजको ज्वलन्त सान्दर्भिक विषय शपथ ग्रहणमा नै केद्रित रहनु पर्दा, नियम कानून, कार्य संचालन नियमावली, वजेट विनियोजनको गम्भिरता छदै थियो । क“हा
राजधानी रहने, कस्को पदवी कायम रहने वा समाप्त हुने केही गरी कतैबाट हस्तक्षेप हुने आशंका मात्र भएमा महाभियोगको खतरनाक शस्त्र सहजै प्रयोग हुन सक्ने यथेष्ट सम्भावना सन्निकट छन् । वास्तममा सर्वसत्तावादको सार्थकता ब्यवहारमा नै लागु हुने पनि पक्का छ ।
अब त अधिकार सम्पन्न सरकार
धेरै भए । सैकडौ सिंहदरवार गाउँ–गाउँमा पस्ने छन् । सकारात्मक नकारात्मक खानपीन भागबण्डा त हुने प्रचलन नै छ । त्यो भन्दा पनि ब्युरोकेसीका टे«ड युनियनहरुबाट सरकारहरु माथि निर्मम् प्रहार प्रारम्भ भईसके र आउदा दिनमा पनि क्रम बढोत्तरी हुने नै छ । कर्मचारी समायोजन हुन तयार देखिएका छैनन् । सौदावाजी गर्न पाउने टे«ड युनियन खोल्न पाउने रोक नियम लागु नै नहुने केही गरी कर्मचारी गईहालेछन् भने पनि कार्यालय निवास नै नभई यसमा टेगेर कसरी राज्यहरु संचालन होलान् भन्ने यक्ष प्रश्न खडा भएका छन् । न्यायाधीश हुने योग्यता नै नचाहिने भन्ने स्पष्ट उदाहरण स्थानीय सरकारका उच्च न्यायिक
अधिकारीहरुलाई प्राप्त निर्णय गर्ने अधिकारबाट प्रष्ट भएको छ । त्यस्तै चिकित्सक दरवन्दीका लागि डाक्टर हुनै पर्ने जरुरत पनि रहने छैन । यसबाट अराजक स्थिति सहजै अन्दाज गर्न सकिन्छ । काँग्रेस नामको दल कोमामा जस्तै भएको छ । तर यसबाट अन्य दल खुसी हुनु पर्ने अवस्था पनि छैन किनभने जताततै पदवी पैसा खर्चको मान गाटको हानथाप कसै भन्दा कोही कम छैन । अब भयानक लूटका दृष्य दृष्टिगोचर रहने छन् । बिना कामका प्रोफेसरहरुका माझ त्रि.वि.मा भरिएका छन् त्यही क्रम जताततै देखिन्छन् भने हामी आम सर्वसाधारण जसका नाममा यो सव भएको दावा गरिन्छ उसलाई केही हस्तक्षेप गर्न सक्ने, जान्न पाउने ब्यवहारिक बाटो छैन । हाम्रो नियति खाडीका मुलुकहरुमा दासत्वको जीवन बिताई बाच्नु पर्ने बाध्यता यथावत छ । बाहूबली धूर्तहरुले खुलेआम लूट मच्चाएको छिपाउन पनि नपर्ने भएको छ । जनताको चिन्ता भन्दा पनि तलव भत्ता, सुविधा गाडी पदवी कसले कति भाग पाउने कति लुट्न पाउने भन्ने विषय प्रधान देखिएपछि यी सपथ ग्रहण, भाग वण्डा, चिल्ला गाला, सुकिला लुगा, गाडी गाट देख्दा काटेकोमा नून,चूक छर्केको अनुभुति हामी उत्पिडितहरुले कति दिन ब्यहोर्न पर्ने होला ? वर्षौ त लाग्दैनन् तर कति महिना भित्र भयानक परिस्थिति आउँछ त्यसैको प्रतिक्षा अब निकट भविष्यबाट देखिने छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *