नयाँ सरकारको सपथ








पुरानो नेपाल नया“ नेपाल बन्न पुगेको छ । आज देश र प्रदेशका प्रधानमन्त्रि तथा प्रमुख मन्त्रिहरुले नेपाल आमाको नाममा सपथ लिने क्रम चलिरहेको भएपनि केन्द्रिय सभासदकाो सपथ ग्रहण नहुदै राष्ट्रवादीको नामले चिनिने प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ ग्रहण फागुन ३ गते सम्पन्न भई सकेको छ भने प्रदेशहरुका मुख्य मन्त्रिहरुको सपथ ग्रहण जारी छ । सपथ लिई सकेका तथा नवनियुक्त सबै खम्बाहरुलाई बधाई दिन चाहन्छौं र सबैलाई बधाई
छ । फर्केर हेर्दा २०५२ सालमा सुरु भएको शसस्त्र आन्दोलनले नेपाल आमाको सत्ता सतप्रतिशत बदल्न नसकेपनि देशका संरचना, राजनीतिक सिमा तथा गाउठाउमा नाम वदलिएका छन्, तै पनि
पुरानो नेपालको सम्झना गर्नेहरुको संख्या पनि कम छैन । जे भएपनि नया“ नेपालका विशेषता केवल राष्ट्र राजनीतिक सिमा
परिवर्तन नाम फेरवदल राष्ट्र निर्माताका शालिकहरु तोडी एकलाई सत्ताबाट हटाई अर्को व्यक्तिलाई सत्तामा पुर्याउन मदत गर्दा मरेका योद्धाहरुका शालिक त्यो ठाउमा राख्ने काम भएको छ । देशका केही संरचनाहरु भुकम्पले लगेर गयो भने केही ऐतिहासिक निसानीहरु आन्दोलनको बाढीले बगायो र आज नया“ नामको नेपालमा रहेका धर्म संस्कृति रितिरिवाज सनातन धर्म बचाउन एक स्वाभिमानी
राष्ट्रभक्तहरुलाई धौ धौ परिरहको छ । नया“ नेपालबाट प्रजातन्त्र
हराएको लोकतन्त्रको नाममा प्रजातन्त्र नामसारी भएको छ र लोकतन्त्रले लिएको प्रजातन्त्र कसलाई दिने हो थाहा छैन । हाम्रा युवा मात्र होइन आधा उमेर कटी सकेका नागरिकहरु नेपालमा आफ्नो नाममा भएको स्थिर सम्पत्ति विक्रि गरी विदेशमा खरिद गर्दै नेपालको नागरिकता त्याग गरी रहेका छन्, वर्तमानको नया“ नेपालमा सबै भन्दा दुःखको कुरा के छ भने जव बालक हुदा सुखदुख
गरी हुर्काएका बालक जवान हु“दा घर मात्र हैन देशछोडी गए, सायद सम्पत्ति विक्रि गरी गएका र विदेशी नागरिकता प्राप्त गरी नेपालको नागरिकता त्यागेकाहरु फर्कने छन् भन्न सकिदैन । यी सबै कमी कमजोरी सत्ता पक्ष र जनता सबैको छ । जव हामी बसबाट यात्रा गर्छौ र आरक्ष क्षेत्रमा (सिन्चुरी) पुग्छौ बसहरु चेकजा“च हुन्छन् त्यसबेला बस चालक भन्छ वाहिर नथुक्नु कुनै चीज बाहिर नफाल्नु भन्छ हामी सबैले मान्दछौं । यदि कसैले बाहिर थुक्यो भने पानी ल्याई पखाल्न लगाइन्छ र त्यति बेलाको लिला हेर्दा जो कोहीलाई अचम्म लाग्छ तर आज यो नया“ नेपालका गाउ“हरु दिशामुक्ति क्षेत्र भएका छन र बजार क्षेत्रमा आई फोहर गरी रहेका छन् । कस्तो अनुशासन छ वर्षभरी दोहन गरेका गौमातालाई मध्यरातमा घर निकाला गरी अर्काको बारी खेतमा पुर्याई आइरहेका छन् धन्य आमाहरु हो नेपाल आमाको शीर निहुराउन किन खोज्यौ रोज्यौ, के यस्तै लक्षण हुन न नया“ नेपालका ?
नया“ नेपाल निर्माणको नाममा सशस्त्र आन्दोलन चलेको ५२ सालदेखि गणना गर्दा आज २३ वर्ष पुग्दैछ । हेरौ कति विकास विनाश भयो जाखौं । राम्रो नराम्रो कामको आखा भारततर्फ नै
छ । नियुक्तिको लगत्तै ७ नम्बर प्रदेशका मुख्य मन्त्रि त्रिलोचन भट्टको सपथ ग्रहण ५ गते शनिबार भए पनि उहा“ले भने ७ नम्बर प्रदेशको कुनै पनि नागरिक रोजगारीको लागि भारत जाने छैन तर नेपालमा ७७ जिल्ला मध्ये सबै भन्दा बढी भारतमा जाने कामदार ७ नम्बर प्रदेशका छन् । यदि नेपालमा पनि रोजगार दिएन भारतमा पनि गर्न नपाउने भए बाधा मजदुरको रुपमा नेपालीले खाडी मुलुकका महाजनहरुको घरेलु काम गर्न कही बाध्य नहोउन ।







