महाकाली सिचाई जल उपभोक्ता संघ केन्द्रीय समिति कञ्चनपुरको अध्यक्षमा जोशी

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

महेन्द्रनगर, ५ फागुन
वर्तमानको विश्व परिवेशमा
राष्ट्रिय वन जंगल, राष्ट्रिय संरचनाहरु
संरक्षणको लागि जनताको जिम्मा लगाएको देखिन्छ । यस कुरालाई मनन् गरेर जनताले पनि व्यक्तिगत स्वार्थ भन्दा सामुहिक स्वार्थतिर ध्यान दिनुपर्छ ।
महाकाली सिँचाई जल उपभोक्ता संघ केन्द्रीय समिति कञ्चनपुरको अध्यक्षमा रमेशचन्द्र जोशी निर्वाचिन भएका छन् । शनिबार सम्पन्न भएको निर्वाचनमा जोशीले आफ्ना निकटतम प्रतिद्वन्दी टेक बहादुर कठायतलाई हराउदै जोशी अध्यक्षमा निर्वाचित भएका हुन् । जोशीले ७१ र कठायतले ५७ मत ल्याएका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपाध्यक्षमा जयराज भट्ट निर्वाचित भएका छन् । भट्टले आफ्ना निकतम प्रतिस्पर्धी सुरेन्द्र बहादुर चन्दले २६ मतले हराउदै उपाध्यक्षमा निर्वाचित भए । भट्टले ७७ र चन्दले ५१ म्त ल्याएका थिए । महासचिवमा दशरथ भण्डारी निर्वाचित भएका छन् । भण्डारीले निर्वारोध निर्वाचित भएका हुन् । सचिवमा मदनराज जोशी निर्वाचित भएकाछन् । जोशीले आफ्ना निकटतम प्रतिस्पर्धी शिव नारायण चौधरीलाई १७ मतको अन्तरले हराउदै सचिवमा निर्वाचित भए । जोशीले ७० र चौधरीले ५३ मत ल्याएका थिए । कोषाध्यक्षमा पदम सिह साउँद निर्वाचित भएका छन् । साउदले आफ्ना निकटतम रत्ना सुनारलाई २५ मत हराउदै कोषाध्यक्षमा निर्वाचित भएका छन् । साउदले ७५ र सुनारले ५० मत ल्याएका थिए । शनिबारनिर्वाचित पदाधिकारीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित भएको प्रमाण पत्र
वितरण गरेको छ । ९ वटै ब्लकबाट २ जनाका दरले केन्द्रीय समिति सदस्य हुने व्यवस्था छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *